- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
लायन्स क्लब अफ सिद्दार्थनगर प्रोगेसिभको आयोजनामा भैरहवामा सिटि साइक्लिङ (लायन्स साइक्लिङ र्याली)हुने भएको छ । लायन्स अन्तरास्ट्रिय का सस्थापक मेल्बिन जोन्सको १४४ औ जन्मजयन्तिको अवसरमा पुस २३ गते सनिश्चवार सिटि साइक्लिङ हुने भएको क्लबका अध्यक्ष सुनिल सेन्चुरिले बताए ।
भैरहवा लुम्बिनी गेट बाट सुरु हुने साइक्लिङ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, गल्लामण्डी,पिप्रहिया, दुर्गाकोलोनी हुँदै मेडिकल कलेज, आँखा अस्पताल , देवकोटा चोक, बुद्ध चोक, नारायण स्थान, उज्यालो चोक, मिलन चोक हुँदै बेन्क रोड मा गएर समाप्त हुनेछ।
साइक्लिङ को शुभारम्भ लायन्स इन्टरनेसनल डिस्टृक ३२५ पि का गभर्नर नवराज न्यौपानेले गर्नेछ्न।
साइक्लिङ प्रतियोगितात्मक नभई ‘स्वास्थ्य र पर्यावरण का लागि ‘ भन्ने नारा सहित सचेतनात्मक मुलक रहेको अध्यक्ष सेन्चुरिले श्रीन्यूज ओके लाई बताए ।
साइक्लिङमा जुनसुकै प्रकारको साइकिल सहित जो सुकै सहभागी हुन सक्ने कार्यक्रम सम्योजक कन्चन श्रेष्ठले बताए । सनिश्चवार बिहान ७ बजे लुम्बिनी गेट्मा साइकल सहित उपस्थित हुन म सबैमा आग्रह गर्दछु, श्रेष्ठले भने।
Get real time update about this post categories directly on your device, subscribe now.