श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
शारीरिक रुपमा अशक्त नागरिकहरुको लागि भैरहवामा भएको स्वास्थ्य शिविरमा ५३ जनाले सेवा लिएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्यशिविर शनिबार भिम अस्पतालमा भएको हो ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्गअबाल अस्पताल तथा पुनस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिका सहित ५३ जना नागरिकले सेवालिएको नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिईन् ।
शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिकित्सकद्धारा परिक्षण गरिएको थियो ।
‘शारीरिक अपाङ्गता भए पनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउनन सकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले समस्या देखिएका सर्वसाधरण लाभान्वितअभएका छन् ।
’शिविरको क्रममाशारीरिक अपांगताभएकाव्यक्तिको स्वास्थ्य परीक्षणपश्चातआवश्यकताअनुसार २० जनालाई अर्थोपेडिक साम्रगी, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जनालाई वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।
‘शिविरमा सेवालिनआएकाव्यक्तिहरुको परिक्षण गर्दा दशजनाको शल्यकृया गर्नु पर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको निःशुल्क शल्यकृया समेत हुन्छ, जसकालागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’
उनकाअनुसार उक्तशिविरको परिक्षण मार्फत दुई जनाव्यक्तिहरुलाई कृत्रिमअंगको आवश्यकदेखिएकोले उनीहरुको अंगको नापलिइएको र कृत्रिमअंग निःशुल्क उपलब्ध गराइने छ ।सम्पन्नशिविर १८ वर्षसम्मकाशारीरिक अपाङ्गताभएकाबालबालिकालाई लक्षित गरिएपनिशिविरमा सेवालिनआएका सो उमेर समूहभन्दामाथीका सर्वसाधरणलाई समेत सेवादिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिकातथा समाज कल्याण शाखाप्रमुख कौशिल्या चौधरीले बताइन् ।
शिविरमा हात र खुट्टासगँसम्बन्धितशारिरीक रुपमाअशक्तभएकाव्यक्तिहरु परिक्षणका लागिबढी आएको अपाङ्गबाल अस्पताल तथापुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.