- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
ओमसतियामा प्रधान कार्यालय रहेको टुगा आस्था बिकास बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा गर्भवती एवम् शिशु आमा महिला सदस्य केन्द्रित एक दिवसीय शिशु स्याहार, पौष्टिक आहार बिषयक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको महिला तथा बालबालिका उपसमितिको संयोजनमा सम्पन्न कार्यक्रममा सि अनमी द्धय ज्ञान कुमारी कार्की तथा इश्वरी सिंह थारुले गर्भवती एवम् शिशु आमा महिलाले गर्भवती भएको ९ महिना र सुत्केरी भैसकेपछि ध्यान दिनु पर्ने कुराहरुका बिषयमा जानकारी दिएका थिए । उनिहरुले गर्भवती भएका समयमा र सुत्केरी भैसकेपछि पौष्टीक आहार, स्वास्थय,सरसफाई लगायतका बिषयमा गंभिरतापुर्बक ध्यान दिनु पर्ने बताए ।
७१ जना लक्षित महिलाहरुको सहभागी भएको कार्यक्रमको अध्यक्षता संयोजन उपसमिति संयोजक एवम् संचालक लक्ष्मीदेवी के.सी. र सल्लाहकार धनमाया गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथी गुरुङले आफ्नो बालबालिकाहरुलाई आमाहरुले संस्थाको खुत्रुके बाकस मार्फत सानै देखि बचत गर्ने बानि सिकाउनु पर्नेमा जोड दिदै उनिहरुको शारीरिक र मानसिक बिकासको लागी स्याहारसुसारमा ध्यान दिन जरुरी रहेकोले यो कार्यक्रमले थप मद्दत दिने बताईन् । कार्यक्रममा संचालकहरु शशीकला गुरुङ, अर्चना सुबेदी र उपसमिति सदस्य रुद्रकली रजालीले समेत गर्भवति एवं सुत्केरी महिलाले खानपान, स्वास्थ्य लगायतका बिषयमा ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा सहकारीमा प्रमुख प्रबन्धक लक्ष्मण कुमार थापाले स्वागत मन्तब्य राख्दै महिला तथा बालबालिकाहरुका लागि पनि सहकारीमा बिभिन्न कार्यक्रम रहेको बताउदै त्यसको लाभ लिन पर्ने बताए । कार्यक्रम संचालन उपसमिति सदस्य रेखा खनालरे गरेकी थिईन् ।
उपसमितिद्वारा आगामी महिनाहरुमा सफल महिला उद्धमी सम्मान कार्यक्रम र बाल बचतकर्ता वार्षिक भेला आयोजना गरिने योजना रहेको जानकारी समेत कार्यक्रममा अवगत गराइएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.