- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आजबाट भैरहवामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा सुरु भएको प्रतियोगिता फागुन ७ गते समापन हुनेछ । प्रतियोगितामा सिद्धार्थनगर भित्रका सामुदायिक, निजी र धार्मिक गरी २७ विद्यालयका करिब एक हजार बिद्यार्थी सहभागी रहेको सिद्धार्थनगरका नगर प्रमख ईश्तियाक अहमद खानले बताए ।
प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुनेछन् । ‘नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विद्यालय छन् ।
प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीनहजार, चार हजार एक सय, चार हजार चार सय मिटर र छात्र तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीनहजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुने उपप्रमुख उमा अधिकारीले बताईन् ।
त्यस्तै छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ९८ सय ग्राम, सटफुट ९८ पाउन्ड र छात्र तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ९८ सयग्राम, सटफुट ९१२ पाउण्ड पनि खेल हुने बताइएको छ ।
यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ अन्डर ४२ के.जी, ४४ के.जी, ४६ के.जी र छात्र तर्फ अन्डर ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूहका खेलाडी सहभागीहुने छन् ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरु राष्ट्रिय स्तर खेलमा सहभागी हुनका लागि जिल्ला स्तर हुदै लुम्बिनी प्रदेशमा हुने खेलमा सहभागी भई छनौट हुने अबसर खेलाडी बिद्यार्थीले प्राप्त गर्नेछन् ।प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाण पत्र, द्वितीय र तितृय विजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खानले राष्ट्र निर्माणमा युवावर्गको महत्वपूर्ण भुमिका हुने भन्दै युवावर्ग स्वस्थ्य हुन जरुरी रहेको र स्वस्थ्यका लागि खेलकुद आवश्यक रहेको बताए । उनले नगरपालिकाले हरेक उमेर समूहलाई लक्षित गरि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको र अहिलेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यसैको कडी रहेको बताए ।
यो प्रतियोगिता मार्फत नगर भित्र रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रष्फुटन हुने नगर प्रमुख खानले उल्लेख गरे ।
नगरपालिकाको उपप्रमुख उमा अधिकारीले तीन दिने प्रतियोगिताले नगरबाट उत्कृष्ट खेलाडीहरु छनौट हुने र उनीहरु नगरको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय हुदै प्रदेशमा र राष्ट्रिय स्तरको प्रतियोगतामा सहभागी हुने बताइन् । उनले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको समेत जनाइन् । उनले राज्य स्तरबाट खेलकुद क्षेत्रमा जति लगानी भयो त्यसको प्रतिफल प्राप्तीका लागि विद्यालय स्तरमै खेलकुदका गतिविधीहरु निरन्तर हुनुपर्ने बताउँदै विद्यालयहरुमा खेलकुद प्रशिक्षकको व्यवस्थापनका लागि विद्यालयहरुले ध्यान दिनुपर्ने जनाइन् ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिमित स्रोत र साधनका वावजुद विकास निर्माण, शिक्षा, स्वास्थ्य सँगै खेलकुद क्षेत्रमा पनि पालिकाले नियमित कार्यक्रमहरु गदै आएको बताए । पालिकाको वडा नम्बर ३ स्थित खेलकुद मैदान समेत रहेको र त्यसलाई व्यवस्थित गर्ने काम भइरहेकोले भविष्यमा नगरका खेलकुद गतिविधीहरु सोही मैदानमा आयोजना हुने बताए ।
उद्घाटन सत्रमा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले नगरपालिकासँगै वडा समितीहरुले पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।प्रतियोगिताको उद्घाटन सत्रमा नगरपालिकाको शिक्षा शाखाको अधिकृत जानह्वी पाण्डेले नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदको बारेमा प्रकाश पारेकी थिइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.