- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा।
रूपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ४ स्थित अधारभूत स्वास्थ्य सेवा केन्द्र गुण्डीमा स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले विहीवार प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिकाको जनताहरुको लागि स्वास्थ्य सेवा प्रयोगशाला सुरु भएपछि थप सजिलो भएको बताए ।
यस आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट दिइने सेवामा ल्याब सेवा पनि सुरु भएपछि सामान्य परीक्षणको लागि शहर धाउनु पर्ने बाध्यता अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । सो क्रममा स्वास्थ्य शाखा प्रमुख प्रभु चौधरी, स्वास्थ्य शाखा उपप्रमुख शर्मिला शर्मा, वडा नं. ४ का अध्यक्ष अरुणकुमार तिवारी, आधारभूत स्वास्थ्य सेवा केन्द्र २ नं. पिपरहवाका सुरेश चौधरी, धमौली स्वास्थ्य शाखा प्रमुख नन्दराम पौडेल, गोनहा स्वास्थ्य शाखा प्रमुख बसन्त चौधरी लगायतले स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सबै किसिमका स्वास्थ्य सेवाहरु उपयोग गर्न सर्वसाधारलाई आग्रह गरे ।
वडा नं. ४ स्थित अधारभूत स्वास्थ्य सेवा केन्द्र गुण्डीबाट दैनिक ओपीडी सेवा, निःशुल्क औषधी प्रदान साथै प्रयोगशालाबाट रक्त समूह परीक्षण, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, पिसाब, यूरिक एसिड, क्रिटीनिन, एचआइभी, लेप्रोसी, एएनसी प्याकेज लगायतका विभिन्न परीक्षण हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रकी सिअनमी अनुराधा चौधरीले बताइन् । प्रयोगशाला शुभारम्भ कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख देबीदिन चौधरीले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.