• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

नेपालमै क्यान्सरको उपचार सम्भव छ : डा.रोशन प्रजापति, क्यान्सर रोग विशेषज्ञ

Shree News Ok by Shree News Ok
२६ माघ २०८०, शुक्रबार १२:४८
1 min read
52 1
51
SHARES
100
VIEWS

प्रत्येक वर्ष नेपालमा क्यान्सर रोगका बिरामी बढिरहेका छन् । सुरुमै पहिचान भए यो रोग सन्चो हुन्छ । पहिला जस्तो आतिनुपर्ने अवस्था छैन् । अहिले यो रोग लागिहाल्यो भने आतिहाल्नु पर्ने अवस्था छैन् । यस्को औषधि सहज रुपमा पाईन्छ । पहिला नेपालमा उपचार अलि कठिन भएर भारत अथवा अन्यत्र बिरामी लैजाने गरेकोमा अहिले नेपालमै यो रोगको उपचार संभव छ र निको पनि हुन्छ ।क्यान्सर रोगका बिषयमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.रोशन प्रजापतिसँग न्यूज ओकेले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ ?                                                                                                                               नेपालमा क्यान्सर रोगको कुरा गर्नु पर्दा यसै भन्न सकिने अवस्था छैन । तपाईंले अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप देखिहाल्नु भयो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचारका लागि आउने गर्नु भएको छ । दिनहुँ यो रोगका बिरामी बढिरहेका छन् । बालबच्चादेखि वृद्धवृद्धासम्मका बिरामीमा यो रोग देखापर्ने गरेको छ । अब पनि समयमै सतर्कता अपनाइएन भने क्यान्सरले भयावह स्थिति आउन सक्छ ।

नेपालका अन्य कुन कुन अस्पतालमा क्यान्सरको उपचार हुन्छ?                                                                                                  नेपालमा अहिले विशुद्ध क्यान्सरको उपचार हुने सरकारी अस्पतालमा भक्तपुर क्यान्सर अस्पताल भइहाल्यो । त्यसका साथै वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर तथा निजी अस्पतालहरूमा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर, काठमाडौं क्यान्सर अस्पताल र झापामा समेत क्यान्सर अस्पताल सञ्चालनमा छ । काठमाडौं उपत्यकाका अन्य सरकारी अस्पताल, सामुदायिक अस्पताल र निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुने गरेको छ । तर क्यान्सरको उपचारमात्र हुने दुई सरकारी र तीन निजी अस्पताल छन् ।

नेपालमा अहिले कस्ता प्रकृतिका क्यान्सर बिरामी बढी छन् ?                                                                                                      खासगरी महिलातर्फ भन्ने हो भने स्तन क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर बढी भएको पाइएको छ । भक्तपुर अस्पतालमा पनि यो यही दुई भागमा क्यान्सर भएका महिला पुरुष उपचारका लागि बढी आउने गर्नु भएको छ ।

नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्छन् नि ?                                                                                                              क्यान्सरका बिरामी र अभिभावकले विश्वास मान्नु हुन्न होला । पहिला पहिला नेपालमा उपचार सम्भव थिएन । देशमै क्यान्सर रोगको उपचार सम्भव छ । यो रोग देखिएपछि बिरामी आतिएर धेरै भारत जाने गर्नु हुन्छ । तर म भन्छु स्वदेशमै क्यान्सरको उपचार सम्भव छ र निको पनि हुन्छ ।क्यान्सरको मुख्य उपचार विधि भनेको किमोथेरापी, रेडियोथेरापी तथा सर्जरी (शल्यक्रिया) हो, यो सबै विधि हाम्रै देशमा छ, हाम्रो अस्पतालमा पनि सर्जरीसहित किमो, रेडियोथेरापीको सेवा उपलब्ध छ । विदेशमा गए पनि उपचारको मुख्य विधि भनेकै यिनै हुन् । अन्य थेरापी पनि प्रयोगमा छन् तर बढी प्रयोग हुने यही नै हुन् । यो हाम्रो देशमा उपलब्ध छ । अहिले क्यान्सर रोगमा विज्ञता हासिल गरेका चिकित्सक, सर्जन हुनुहुन्छ त्यसैले म फेरि पनि भन्छु हाम्रो देशमा क्यान्सर रोगको उपचार सम्भव छ ।

क्यान्सरका बिरामी बढ्नुको कारण के होला ?                                                                                                                                  मुख्य कारण हाम्रो दैनिक जीवनशैली तथा अस्वाभाविक खानपान, हरियो तरकारीमा विषादीको प्रयोग बढी हो । हाम्रो जीवनशैली र खानपानका कारण क्यान्सरका बिरामी बढ्दै गएका छन् । त्यसैले हाम्रो जीवनशैली परिवर्तन गर्न खानपिनमा ध्यान दिनु जरुरी छ । तरकारी उत्पादनमा बढ्दो विषादी प्रयोग पनि एक हो । धुम्रपान, मध्यपान, मदिरापान अर्को पाटो हो । वातावरण प्रदूषण पनि हो । अर्को कुरा वंशाणुगत कारण पनि यो रोग हुनेगर्छ ।

खानपिनकै कारण भन्नाले ?                                                                                                                                                              हामी मसालेदार, बढी चिल्लो, भुटेको, पोलेको मासु बढी प्रयोग गर्छौं । एउटै तेल कति पटक माछा मासु तार्न प्रयोग गर्छौं , मासु पोलेर, डढाएर खान्छौं, त्यो मात्रै नभई चुरोट बिँडी, अहिले हुक्काको प्रचलन अझ बढेको छ । मदिरा पनि एक अंग भएको छ । विलाशिता जीवनशैली परिवर्तन गर्न जरुरी छ । खानपिन एक कारण हो ।

क्यान्सर न्यूनीकरणका लागि के गर्नुपर्छ ?                                                                                                                                     आफैंमा सचेत हुनु पर्‍यो । समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । महिला दिदीबहिनीले रोग व्यथा लुकाउने गर्नु हुन्छ । त्यसैले शंका लागेमा वा अस्वाभाविक परिवर्तन देखिए चिकित्सकको सम्पर्कमा जानुपर्छ । अहिले विभिन्न संघसंस्थाले बेलाबेलामा निस्शुल्क शिविर सञ्चालन गर्नु हुन्छ । त्यसमा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।सबैभन्दा ठूलो कुरो आफैंमा सचेत हुनुपर्छ । अर्को कुरा रोग लागिहाले आतिनु हुँदैन, आत्मविश्वास, हिम्मत र मनोबल कायम राख्दै उपचारमा लागि आफ्नो दैनिकी अघि बढाउनुपर्छ । रोग लागिहाल्यो भनेर हिम्मत हार्नु हुँदैन, सुरुवाति अवस्थाको भए सहजै उपचार हुन्छ ।

सरकारी अस्पतालमा सरकारले के कस्तो सेवा सुविधा दिएको छ?                                 
सरकारी अस्पतालमा सरकारीस्तरबाट सुविधा बिरामीका लागि छ । विपन्न बिरामीका लागि संघीय सरकारले एक लाख रुपैयाँका साथै प्रदेश सरकारले ५० हजारदेखि दुई लाखसम्म उपचार खर्च उपलब्ध गराउने गरेका छन् । त्यसका साथै स्वास्थ्य बीमाको पनि सेवा उपलब्ध छ ।

तर बिरामी अस्पतालमा औषधि पाइँदैन भन्ने गुनासो गर्छन् नि? 
बिरामी तथा अभिभावकको गुनासो जायज हो । डाक्टर साब औषधि नै पाइएन भन्दै आउनु हुन्छ । राज्यले अस्पताललाई भुक्तान गर्नुपर्ने औषधिवापतको खर्च लामो समयदेखि रोकिँदा समस्या देखिएको हो । हाम्रो अस्पतालमा पनि ६–७ महिना भयो विपन्न कोष तथा स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचारमा आएका बिरामीले प्रयोग गरेको सेवा सुविधाको पैसा राज्यले दिएकै छैन । सरकारले नदिँदा अस्पतालले औषधि आयातकर्तालाई समयमा पैसा दिन सकेको छैन ।त्यसैले अस्पतालमा औषधि नपाइने मुख्य कारण हो । सरकार अझ बढी जिम्मेवार हुनुपर्‍यो । अस्पतालमा उपचारका लागि आएका बिरामी औषधि खरिद गर्न बाहिर जानुपर्छ, बाहिर महँगो पर्छ । त्यसैमा यो रोगको औषधि महँगो छ । अझ बाहिर जानुपर्दा बिरामीका अभिभावक पनि निराश हुने गरेका छन् । सरकारले सरकारी अस्पतालबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारी बनाउन यस्ता कुरामा बढी ध्यान दिनुपर्छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?