श्रीन्यूज ओके रिपोर्टर। काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५मा रहेको विद्यासागर ईङलिस बोर्डिंग स्कुल मा विन्टर फेस्ट कार्यक्रम(२०८०) कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पोखरेलको सभातित्वमा भएको कार्यक्रमको वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले उदघाटन गर्दै यो कार्यक्रमलृे बिद्यार्थीको प्रतिभा प्रष्फुटन हुन मद्धत पुग्ने बताए ।
कार्यक्रममा नाम्सका पुर्व उपकुलपति वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा विद्यालय सञ्चालक गणेश बहादुर गुरुङ्ग लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थित थियो । कार्यक्रममा बिद्यार्थीले बनाएका बिभिन्न बिषय संग सम्बन्धित बस्तुहरु, बिज्ञान प्रदर्शनि, उपकरण चित्रकला लगायत प्रदर्शन गरीएको बिद्यालयका प्राचार्य पोष्टहरि बरालले बताए । विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जोशीले बिद्यार्थीले निर्माण गरेका बस्तुहरु प्रदर्शनीमा राखीएको र उनिहरुमा रहेको प्रतिभाबाहिर आएको बताए । कार्यक्रम सञ्चालन विद्यालयकी कोअर्डिनेटर श्री विद्या गुरागाईले गरेकी थिईन्।
विद्यार्थीहरुले यस वर्ष क्यानभास चित्रकला, मिथिला पेन्टिङ् लगायत, विभिन्न खेल, विज्ञान सँग सम्बन्धित बस्तुहरु, विद्यार्थीद्वारा बनाइएका वाकिङ् राेवाेट, विन्डमिल, वासिङ् मेसिन, अटाेमेटिक वाटर सिस्टम, खानाका परिकारहरु, स्काउटका विद्यार्थीले निर्माण गरेकाे पुतली गेट लगायत अन्य कलाहरु प्रदर्शन गरेका थिए।
Get real time update about this post categories directly on your device, subscribe now.