श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको आयोजनामा बेलहियामा खुल्ला रक्तदान कार्यक्रम आयोजना भएको छ । ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ को कार्यालयको सहकार्यमा वेलहियामा अवस्थित विशाल बजार प्राङ्गणमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा कुल ४३ प्वाइण्ट रगत संकलन भएको कार्यक्रम संयोजक पंकज उदासले बताए ।
रेडक्रस बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रमको उदघाटन गर्दै प्रमुख आतिथी नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले सदैव मानविय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण र पवित्र कार्य गरेको बताए ।
कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष डा.शान्त कुमार शर्मा, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा लगायतले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आफनो धारणा राखेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.