श्रीन्यूजओके रिपोर्टर।भैरहवा
सिद्धार्थनगर नगरपालिका भैरहवामा शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने सञ्चालन हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर भीम अस्पताल परिसरमा संचालन हुने भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । प्रमुख खाँले सर्वसाधारणका हितका लागि नगरमा रहेका शारीरिक रुपमा अशक्तहरुको स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको उल्लेख गरे ।
‘शारीरिक रुपमा अशक्त भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ र ‘यस शिविरले नगरवासी लाभान्वित हुने विश्वास लिएका छौँ ।’ नगरप्रमृखले भने ।
१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर संचालन हुने भए पनि उक्त उमेर समुह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । शिविरको क्रममा शारीरिक रुपमा अशक्त भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार सहायता सामग्री समेत उपलब्ध गराउने र शिविरमा कृत्रिम अंगको आवश्यक भएका व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात कृत्रिम अंग समेत उपलब्ध गराइनेछ ।
शिविरबाट पैतला भित्र फर्केको, अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.