श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- सिद्धार्थनगर नगर पालिका क्षेत्रमा रहेका निजी बिद्यालयहरुको सस्था प्याब्सन सिद्धार्थनगरले ३४ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।
भैरहवाको एसियन बुद्ध होटलमा आयोजित एक भब्य कार्यक्रममा इस्थापना दिवस समारोहमा प्याब्सन सिद्धार्थनगर अन्तर्गतका विद्यालयहरुमा लामो समय सम्म अविछिन्न रुपमा काम गरेका ३ जना सन्स्थापक प्राचार्य, २ जना शिक्षक एवम १ जना कर्मचारीलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्याब्सन केन्द्रिय समितीका अध्यक्ष डि ढुङ्गाना, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय मल्लिक लगायतले सन्स्थापक प्राचार्यहरु भास्करानन्द उपाध्याय शर्मा( बि.एन. शर्मा, मूनलाईट सेकेण्डरी स्कुल),विष्णु प्रसाद पन्थी (आदर्श विद्या मन्दिर ), जीवन बहादुर बस्नेत ( मनकामना ईंग्लिश हाइ स्कुल ) लाई सम्मानित गरेका हुन।
त्यसै गरि लामो समय सम्म शिक्षिकाको रुपमा कार्यरत कार्यरत सनसाईन आवासिय मा.वि.कि कुन्ता थापा ( बि.स.२०४२ देखि हालसम्म कार्यरत ) र बुद्ध ज्योति मा.वि.कि सुमिता सिंह सिग्देल ( वि.स.२०४३ देखि हालसम्म कार्यरत) साथै कर्मचारी तर्फ जेसिज हाई स्कुलकि शान्ति थापा ( बि.स २०३७ देखि हाल सम्म कार्यरत) लाई पनि सो समारोहमा सम्मानित गरिएको थियो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकको सभापतित्वमा सम्पन्न कार्यक्रममस प्याब्सन केन्द्रिय अध्यक्ष डि.के.ढुङ्गाना, विशिष्ट अतिथी टिकाराम पुरि, ( नि.वर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहकार) आर.वि. कटुवाल( महासचिव, प्याब्सन केन्द्रिय समिती लगायतको उपस्थिती थियो।
कार्यक्रमको सन्चालन प्याब्सन सिद्धार्थनगरका उपाध्यक्ष राजेन्द्र घिमिरेले गरेका थिए भने स्वागत मन्तब्य सस्थाका प्रमुख सल्लाहकार गोकुल पोखरेलको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.