श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – २०८१ सालको एसईई परीक्षाको समय तालिका ( टाइम टेवल) सार्वजनिक भएको छ ।
आज सार्वजनिक भएको परीक्षा तालिका अनुसार चैत्र ७ गते बाट परीक्षा सुरु भइ चैत्र १५ गते सकिनेछ ।
पहिलो दिन चैत्र ७ गते अङ्ग्रेजी बिषयको परीक्षा हुनेछ । त्यसै गरि चैत्र ८ गते नेपाली , चैत्र ९ गते बिदा, चैत्र १० गते अनिवार्य गणित , चैत्र ११ गते बिदा, चैत्र १२ गते बिज्ञान , चैत्र १३ गते सामाजिक शिक्षा , चैत्र १४ गते अतिरिक्त प्रथम बिषय र चैत्र १५ गते अतिरिक्त दोश्रो बिषयको परीक्षा हुनेछ । यश पटक गणित र बिज्ञान बिषयलाई एक एक दिन बिदा परेको छ । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म सन्चालन हुनेछ।
Get real time update about this post categories directly on your device, subscribe now.