भिडिओ सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ। एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ।
केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरू परीक्षण गरिसकेको दी भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडिओ, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरू प्रयोग गर्न पाउने छन्।
प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ। ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडिओ हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन्।
Get real time update about this post categories directly on your device, subscribe now.