गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको स्वरमा रहेको रोमान्टिक गीत ‘पावरवाला चश्मा’ को भिडियो सार्वजनीक भएको छ । नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरीका साथमा सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेतले अभिनय गरेका छन् ।
युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन । भीम बिसीको शब्द र संगीत रहेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।
भिडियोमा दुई प्रेमीजोडीको युवादेखि बृद्धाबस्थासम्मको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रलभ ढुंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोले दर्शक,स्रोताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
केही समयअघिदेखि बिभिन्न सर्ट मुभीज तथा म्युजीक भिडियो निर्माणमा सक्रिय रहेको नेफोली क्रिएसन्सको यो गीत अहिले टिकटकमा समेत क्रमशः चर्चित हुदै गइरहेको छ ।
भिडियो हेर्नुहोस्
Get real time update about this post categories directly on your device, subscribe now.