- भैरहवा ।
कोरोना भाइरस संक्रमणको महामारी फैलिएसँगै बन्द रहेका सिनेमा घरहरु सञ्चालनमा आउन थालेका छन् । यसै क्रममा भैरहवामा रहेको पश्चिम काठमाण्डाैं उपत्यका बाहिरकै पहिलो हाई टेक सिनेमा घर काशी सिने प्लेक्स स्वास्थ्य सतर्कता अपनाउँदै सञ्चालनमा आएको छ । गत फागुन महिनादेखिनै बन्द रहेको सिनेमाघरहरुलाई माघ पहिलो साताबाट सञ्चालन गर्न दिइने सरकारी जानकारी थियो र त्यही अनुसार हामीले सिनेमा घर सञ्चालनमा ल्याएका छांै, काशी सिनेप्लिक्सका सञ्चालक तथा प्रवन्ध निर्देशक ओम जैशीले भने । १० महिना पूर्ण रुपमा बन्द भयो सिनेमा घरहरु अहिले सतर्कता अपनाएर सञ्चालनमा ल्याएका छाै ।
सिनेमाघरमा प्रवेश गर्दा मास्क अनिवार्य छ, त्यसै गरी स्यानिटाइजर प्रयोग गर्नु पर्छ । मास्क नलगाई आउनेले ५ रुपैयाँमा टिकेटघरमै मास्क खरिद गर्न सक्नेछन्, प्रवन्ध निर्देशक जैशीले भने । त्यसै गरी प्रत्येक शो समाप्तीसँगै सिनेमाघरका सिटहरु पूर्ण रुपमा सेनीटाईज गरेपछि मात्रै दर्शकले प्रवेश गर्न पाउने व्यवस्था मिलाएका छौं र अहिलेलाई सिनेमाघरको आधा मात्र सिट बिक्री गरेका छाैं, अर्थात एक सिट छाडेर बस्न पाइने छ, जैशीले भने । केही समयका लागि सिनेमाहलमा टिकटमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएका छौं । पहिला २ सय र ३ सय टिकट मूल्य थियो, अहिले ५० प्रतिशत सहुलियत गराई १२५ रुपैयाँ कायम गरी टिकट दर एकै बनाएका छाैं, यो हामीहरुले केही समयलाई दिएको छुट हो, जैशीले भने । बिस्तारै सिनेमाघरमा पहिला जस्तै दर्शकहरु पुरानै लयमा आउने हाम्रो अपेक्षा छ, १० महिना बन्द भए पनि हामी निराशावादी होइन आशाबादी छौं, एक दिन अवश्य लयमा आउनेछाैं,जैशीले वुधवार पत्रकार सम्मेलनमा भने ।
सरकारी स्तरबाट दिइनु पर्ने राहतका प्याकेजहरु केही पनि नपाएको बन्दहुदाको बिद्युतको डिमान्ड चार्ज समेत तिर्नु परेको जैशीले बताए । बन्द हुँदा पनि बिद्युत प्रयोग नगरे पनि डिमाण्ड चार्ज, सरसफाई, लगायतको मासिक कम्तिमा २० देखि २५ हजार खर्च थियो, कर्मचारीको पारीश्रमिक अलग थियो, उनले भने । अहिले हामीले सिनेमा घर सञ्चालनमा ल्याएका छौ, तर दर्शक खासै हुनुहुन्न, दर्शक तान्न टिकटदरमा ५० प्रतिशत छुट गरेका छौ, अब सरकारले हामीलाई सहुलियत दिनु पर्छ, प्रत्येक टिकटमा लिने १३ प्रतिशत चलचित्र बिकाश दस्तुर बापतको रकम कम्तिमा एक वर्षलाई छुट दिनु पर्छ, अहिले १० महिनामा कम्तिमा पनि एक सिनेमाघर बन्द हुदा एकहलले १ करोड रुपैया नोक्सानी व्यहोरेका छन्, जैशीले भने ।
एउटा यस्तो प्रेम कहानी र मास्टर काशीमा
अहिले नेपाली सिनेमा एउटा यस्तो प्रेम कथा र हिन्दि सिनेमा मास्टर प्रदर्शन भइरहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.