- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
युवा गजलकार नरेश ज्ञवालीको “पत्थर जस्तो दिल” सार्वजनिक भएको छ । ज्ञवालीको धेरै कृतिहरु बिभिन्न पत्रपत्रिका तथा पुस्तकहरुमा प्रकाशित भए पनि अडियो भिडियो माध्यमबाट पहिलो पटक यो कृति सार्वजनिक भएको हो ।
पत्थर जस्तो दिल गजल शैलीको गित हो । ज्ञवालीको रचनालाई अहिलेका चर्चित गजल गायक थानेश्वर गौतमको संंगीत संयोजन गरेका छन भने उनकैै स्वर रहेकोे छ ।
कुशल निर्देशक रामजी लामिछानेको निर्देशनमा बनेको पत्थरकोे दिल कोरिओग्रपिÞm तथा निर्देशनमा बनेको गजल पत्थर जस्तो दिल लक्ष्मी पूजाको दिन भैरहवामा गायक थानेश्वर गौतमको अपिÞmसियल युटुब च्यानल मार्फत रिलिज गरिएको छ। रचनाकार ज्ञवालीकी माता हेम कुमारी ज्ञवालीले भैरहवामा आयोजित कार्यक्रममा म्युजिक भिडियोको लिन्क क्लिक गरी सार्वजनिक एवं बिमोचन गरेकी थिईन् ।
गजलको म्यूजिक भिडियोमा अहिलेका चर्चित मोडल हरु सुधिर श्रेष्ठ तथा उषा उप्रेतीले अभिनय गरेका छन् । गजलमा माया प्रेमका शब्द चयन बढी छन् ।
झट्ट हेर्दा तिमीलाई माया गरम गरम भो पत्थर जस्तो दिल मेरो नरम नरम भो
यो गजल एउटा बिशुद्ध पे्रमाकर्षणको मनोरञ्जनात्मक गित हो । एक युवाले युवतीलाई पहिलोपटक देख्दा उस्को रुपको बयान गरेको र आफू नजिक हुदै मायाको सम्बन्ध स्थापित गर्न आफु पत्थर जस्तो दिल भए पनि हेर्ने वित्तिकै आफनो दिल नरम नरम नरम भएको, लगायतमा केन्द्रित भई रचना गरीएको र अहिलेको युवा पुस्ताले मनपराउने रचनाकार ज्ञवालीले बताए ।
पछिल्लो समयको चर्चित गजल गायकको कर्ण प्रिय स्वरले सबैको मन जित्ने उनको भनाई छ । पहिलो पटक सुन्दानै गजलका प्रत्येक शब्द शब्दले श्रोता एवं दर्शकको मन छुने र शब्दहरु गुनगुनाउन मन लाग्ने खालको रहेको र सार्बजनिक भएको छोटो अवधिमै राम्रो प्रतिकृया प्राप्त भएको म्यूजिक भिडियोको निर्माता समिक्षा ज्ञवालीले जानकारी दिईन् ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ स्थायी घर भएका युवा साहित्यकार नरेश ज्ञवाली बिगत १२ वर्ष देखि स परिवार क्यानाडा बस्दै आएका छन् ।
२०३६ सालमा पाल्पाका झडेवामा जन्म भएका ज्ञवाली आफनो पेशा संगै साहित्य संगितमा पनि रुचि राख्ने युवा हुन । अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययन गरेका ज्ञवालीको बिशेष गरी लेख, रचना, गित, कविता र गजलमा लगाव छ ।
ज्ञवाली बिदेशमा बसेर पनि नेपाली कला साहित्य लाई असाध्यै माया गर्ने एक युवा साहित्यकार हुन् । दर्जनौ गजल कविता हरु लेखी सकेका उनको योे गजल नै पहिलो प्रकाशित तथा स्वर बद्ध कृति हो।
विदेश मै गीत रेकर्ड गर्ने तथा छायांकन गर्ने धेरै अवसर हरु प्राप्त भए पनि नेपाल मै आएर नेपाली माटोमा नेपाल कै गायक,निर्देशक तथा मोडल हरु र धेरै जना को टिम लाई सहभागी गराई दशै तिहारमा नेपाल आएको मौका पारेर यो गजलको छायांकन गरी लक्ष्मी पूजाको दिन सार्बजनिक गरीएको हो । तिहारमा यो गजल नँया कोशलीका रुपमा आएको र सबैले एक पटक हेरी प्रतिकृया दिन रचनाकार ज्ञवालीको आग्रह छ । नेपाली गित संगित लाई सधै माया गर्न उनको आग्रह समेत छ । पत्थर जस्तो दिल यो लिंकमा हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=cUpj2b2_c50
Get real time update about this post categories directly on your device, subscribe now.