• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भ्वाइस अफ भैरहवाको उपाधि आभाषलाई

Shree News Ok by Shree News Ok
५ पुष २०७९, मंगलवार १०:३८
1 min read
125 2
121
SHARES
237
VIEWS

मनोरञ्जन शर्मा
भैरहवा।


१५ वर्षिय आभाष काफ्लेले भ्वाइस अफ भैरहवाको उपाधि जितेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भ्वाइस अफ भैरहवामा अन्तिम २१ प्रतिष्पर्धिलाई पछि पार्दै काफ्लेले गायन प्रतिभा कार्यक्रमको सिजन फोरको उपाधि जितेका हुन् ।

साई ग्लोबल एकेडमी भैरहवामा कक्षा १० मा अध्ययन गर्दै आएका काफ्लेको गायन तथा सङ्गीत क्षेत्रमा लगाव भएको ४ वर्ष पुगेको छ । छोटो समयमै उनले गायनमा निखार ल्याउँदै पहिलो प्रयासमा भ्वाइस अफ भैरहवाको उपाधि जित्न सके ।

यस अघि मैले न त यस्ता कार्यक्रममा भाग लिएका थिए, न त कतै अन्य बाहिर साङ्गीतिक कार्यक्रममा सहभागी भए, तर घरमै गित गुनगुनाउँथे, गाउँथे नियमित रियाज गर्थे । उपाधि जितेपछि प्रतिकृया दिँदै श्रीन्यूज ओकेलाई काफ्लेले भने ।

गायन क्षेत्रमा आकर्षण र लगाव बढ्दै जाँदा भैरहवा कला केन्द्रमा भर्ना भई गुरु किशोर बिके (इन्द्र) सँग सङ्गीत नियमित रुपमा सिक्दै आए । इन्द्र गुरुको कला केन्द्रमा विद्यार्थीको रुपमा गए पछि धेरै मद्दत भयो, गित सङ्गीत बुझ्ने, पढ्ने, अभ्यास गर्ने अवसर पाए, उपाधि जिते पछि इन्द्र गुरुलाई गुरु दक्षिणा नै यो उपाधि दिए जस्तो भयो, हर्षित मुद्रामा गायक काफ्लेले भने ।


छोराले सानै उमेरमा भ्वाइस अफ भैरहवाको उपाधि जितेपछि घरपरिवारका सबै सदस्यहरु खुशी छन् । पढाईसंगै गायन क्षेत्रमा पनि रुचि रहेको देखे पछि उनका बुवा राकेश काफ्ले (खडानन्द) ले जहिले पनि प्रोत्साहन गरे । ‘‘छोराको रुचि देखे पछि मैले कहिल्यै अवरोध गरिँन, पढाईसंगै आफ्नो रुचि भएको क्षेत्रलाई अघि बढाउनु पर्छ भन्दै हौश्याई रहे ।’’ काफ्लेका बुवा राकेशले भने ।

छोराको रुचि संगित तर्फ ढल्केको देखेपछि आमा सरस्वती काफ्ले भने निराश भएकी थिइन् । ‘‘भैरहवा आइडलमा सहभागी हुनु अघि गित सङ्गीतमा लागेर कतै पढाई बिगार्ने त होइन छोराले जस्तो लाग्थ्यो र गाली गर्थे, अब एसईई परीक्षा आउँदैछ, परीक्षा बिग्रन्छ, गित सङ्गीतमा भन्दा पढाईमा ध्यान दिनु पर्छ भनेर गालि गरिरहन्थे ।’’ आमा सरस्वतीले भनिन् । गालि गर्दा पनि भागेर जान्थ्यो संगित सिक्न । अहिले खुसी लागेको छ, हर्षित छौ हामी, उन्ले भनिन् ।

प्रतियोगितामा भाग लिएको पनि थाहा थिएन । छनौट कार्यक्रममा उत्कृष्ट २१ भित्र परेपछि बल्ल थाहा पाए, त्यसपछि बल्ल उसमा प्रतिभा रहेछ भन्ने लाग्यो र सबैले हौश्यायाैँ र अन्तत विजयी पनि भयो । ‘‘अब पढाई नबिगारीकन पढाई र सङ्गीत एक साथ अघि बढाओस् भन्ने चाहना हो ।’’ आमाले भनिन् । हाम्रो छोरा राष्ट्रिय कलाकार बनोस् भन्ने चाहना छ ।
काफ्ले उपाधि जितेसंगै परिवारका सदस्य, विद्यालय परिवार, शुभेच्छुक सबै खुशी भएका छन् । ‘‘हाम्रो विद्यालयले एक राम्रो प्रतिभा बाहिर ल्याएको छ, आज हामी हर्षित छाैं ।’’ साई ग्लोबल एकेडमीका प्रबन्ध निर्देशक मोति पौडेलले भने । ‘‘पढाईमा पनि ओके छ, गायनमा पनि ओके निस्कियो ।’’ पौडेलले भने । काफ्लेका दाई आकाश काफ्ले पनि भाईले उपाधि जित्दा निकै खुशी छन् । एमबीएमा अध्ययन गर्दै आएका आकाश भाईले पढाईसंगै गायन क्षेत्रलाई अघि बढाउन परिवारको पुरै सहयोग, साथ रहने बताए ।

भ्वाइस अफ भैरहवा उपाधि घोषणा हुँदा उपस्थित रहेका काफ्लेका आफन्तहरु ठूलोबाबा मोहन, ठूलीआमा बिन्दु, राधा काफ्ले, भरत काफ्ले, देव शर्मा लगायतका परिवारका सदस्यहरुमा खुशी र हर्षको सीमा थिएन ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ मन्जरीपथमा स्थायी घर भएका काफ्लेको मन पर्ने गायक राजेश पायल राई हुन् । सेमिक्लासिक, पप, सुगम सङ्गीत मनपराउने काफ्लेलाई अजित सिंहको गायन पनि औधि मन पर्छ । भ्वाइस अफ भैरहवाको अन्तिम क्षणमा उनले मन पर्ने गायक राजेश पायलको ‘नमाग म सँग’ भन्ने गित गाएका थिए । प्रतिभासँगै दर्शकको भोटिङ्गको आधार (पपुलर भोट) मा उनि उपाधि बिजेता भएका हुन् । काफ्लेले सानै उमेरमा आफ्नो लुकेको प्रतिभालाई बाहिर ल्याउन सफल भएको र उज्ज्वल भविष्य रहेको सङ्गीत गुरु किशोर बि.के. बताउँछन् ।

भ्वाइस अफ भैरहवा सिजन फोर उपाधि बिजेता काफ्लेले नगद २५ हजार रुपैयाँसंगै, एउटा गित रेकर्डसंगै सो गितको भिडियो छायांकन, कवेरा कलेक्शनबाट गिफ्ट , आगन्तुक रिसोर्टमा निःशुल्क बसाई साथै धेरै उपहार पाएका छन्  सिद्धार्थ उद्योग वाणिज्य संघले गायनमा रुचि भएकाहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्य राख्दै २०६९ सालदेखि आफूले आयोजना गर्दै आएको लुम्बिनी राष्ट्रिय महोत्सवबाट भ्वाइस अफ भैरहवा गायन प्रतियोगिता सुरु गर्दै आएको संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

मनोरञ्जन

मिस नेपालको भैरहवा अडिसन : ५ जना सहभागी

Banner News

टुगाद्वारा तीज कार्यक्रम सम्पन्न

मनोरञ्जन

भ्वाइस अफ भैरहवा आजबाट

मनोरञ्जन

नरेश ज्ञवालीको “पत्थर जस्तो दिल”

मनोरञ्जन

१० महिना पछि काशि सिनेप्लिक्स खुल्योः १२५ रुपैया“मा सिनेमा हेर्न पाइने

मनोरञ्जन

टिकटकमा भाइरल बन्दै पावरवाला चश्मा ! (भिडियो)

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?