श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
मिस नेपाल– २०२४ को अडिसन आइतबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्रिय अडिसनको रुपमा भैरहवास्थित सिद्धार्थ भिलासा होटल अञ्चलपुरमा अडिसन भएको आयोजक सस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए । अडिसनमा मापदण्ड पुगेका ५ जना सहभागी भएका छन् । इच्छुक धेरै आएता पनि मापदण्ड अनुसार कसैको उमेर त कसैको उचाई नपुगेका पनि आएको आयोजकले जनाएका छन् ।
मिस नेपाल –२०२४ मा सहभागी हुन नेपाली नागरिक, न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवती र दश जोड २ प्लस २) उत्तीर्ण भएको हुनु पर्ने न्यूनतम मापदण्ड रहेको कंसाकारले बताए । भैरहवामा सम्पन्न पश्चिम नेपालको भैरहवा अडिसनबाट अन्तिम स्पर्धाका लागि छनौट हुनेको नाम जेठ ९ गते सार्वजनिक हुनेछ । भैरहवा अडिसन पश्चात अब अन्तिम अडिसन काठमाण्डौमा ज्येष्ठ ५ गते शनिबार हुनेछ ।फाइनल अडिसन पछि अन्तिम प्रतिस्पर्धीहरूको नामावली जेठ ९ गते सार्वजनिक हुनेछ ।
अन्तिम प्रतिस्पर्धीहरूलाई बिभिन्न विधाका शीर्षकमा २ महिना सम्म तालिम प्रशिक्षण दिएर अन्तिम प्रतिष्पर्धाका लागि तयार गराउने आयोजक संस्थाले जनाएको छ । मिस नेपालको फाइनल कार्यक्रम आँउदो श्रावण १९ गते शनिबार अगस्ट ३, २०२४) काठमाण्डौको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ, निर्देशक राजवंशीले भने। यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसल रहनेछन् ।
भैरहवा अडिसन सुरु हुनु पूर्व शनिवार इच्छुक युवती एवं उनीहरूका अभिभावकहरूको समेत सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको द हिडन ट्रेजरका अर्का निर्देशक गिरेन्द्र मान राजबंशीले बताए । यस अघि मिस नेपालको अडिसन बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, नेपालगञ्ज, पोखरा र सुर्खेतमा सम्पन्न भैसकेको छ । मिस नेपालमा सहभागि जनाउन इच्छुक भएको तर अडिसनमा सहभागि हुन छुटेका देशैभरीका युवतीहरूले जेष्ठ १ गते सम्म www.missnepal.com.np वेबसाइट वा मिस नेपालको एपमा गई नाम दर्ता गर्न सक्ने राजबंशीकोे भनाई छ । भैरहवा अडिसनमा आयोजक सँगै नेन्सी खडका मिस नेपाल अर्थ २०२३ रैना मझगैया र मिस नेपाल इन्टरनेशनल २०२२ नेन्सी खडका सहभागी थिए । यस वर्षको मिस नेपाल प्रतियोगिताको मुख्य प्रायोजक डाबर वाटिका रहेको छ भने गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सहप्रायोजक रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.