मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
न्यायको क्षेत्र र काममा सफलता प्राप्त हुनेछ । आँटेको र तोकिएको काम योजना पुरा होला । आफन्तको प्रगति हुदा मन खुसी हुनेछ । । वस्त्र एवं अलंकार एवं धन प्राप्ति हुनेछ ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धन प्राप्तिका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्राको संभावना छ ।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज श्रमदान गर्ने अवसर मिल्नेछ । केही कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलताको बाटो छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा समस्या र यात्रामा झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकामको चर्चा पनि चल्नेछ ।
कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमणीय स्थानको सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव मानेर काम गर्दा अवसर पहिल्याउन सकिनेछ ।
तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा पाहुना आउन सक्छन। । बोलेकै भरमा काम बन्ने छ । आफन्तको प्रगतिको खवर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दुबिधा, शंकाउत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विशिष्ट व्यक्तिसंगको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधन खरिद बिक्री हुने योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभ समाचार सुन्न पाइएला । मनमा प्रसन्नता र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर आज सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
राशिफल जे जस्तो भएपनि कर्ममा बिश्वास गर्नु होला । तपाईंको दिन शुभ एवं मङ्गलमय रहोस् ।
Get real time update about this post categories directly on your device, subscribe now.