मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मान सम्मान बढनेछ ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ । रोकिएको काम बन्नेछ ।
मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दुरीको फलदायक यात्रा हुनेछ । धन प्राप्त हुने नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।प्रेम मिलन हुनेछ।
तुला(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ ।परिवारका लागि धेरै समय दिन पाइने छैन, बजार घुम्ने अवसर भने मिल्नेछ ।
धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ ।
कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।
मीन(दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ ।
राशिफल जे जस्तो भएपनि कर्ममा बिश्वास गर्नु होला । तपाईंको दिन शुभ एवं मङ्गलमय रहोस् ।
Get real time update about this post categories directly on your device, subscribe now.