तुलसा भुषाल पाण्डेय जेसीआई सिद्धार्थ लेडी की वर्ष २०२० की अध्यक्ष हुन् । २०१४ सालमा जेसीज सदस्य भएकी भुषाल थिम डाइरेक्टर सन् २०१६ मा उपाध्यक्ष, २०१७ मा कार्य कारिणी उपाध्यक्ष, २०१८ मा महासचिव, २०१९ मा कोषाध्यक्ष हुँदै शाखा अध्यक्षसम्मको यात्रा तय गरिसकेकी छिन् ।
कृषि विकास बैंकमा सेवारत भुषाल नेपाल जेसीजको आगामी महाधिवेशनबाट हुने निर्वाचनमा राष्ट्रिय उपाध्यक्ष पदकी उम्मेदवार हुन् । भलवारी जेसीजको आयोजनामा पुस १ देखि ४ गतेसम्म ४७ औं महाधिवेशन हुँदैछ । महाधिवेशनमा १५६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित हुनेछन् । भुषालसँग उनको उम्मेद्वारी लगायतका विषयमा केन्द्रीत रही गरिएको कुराकानीको अंशः
- नेपाल जेसीजको उपाध्यक्ष पदमा उठ्दै हुनुहुन्छ तयारी कस्तो छ ?
राष्ट्रिय उपाध्यक्ष पदमा सिद्धार्थ लेडी जेसीजको तर्फबाट उम्मेद्वार दिएकी छु, तयारी राम्रै छ । हरेक पक्षलाई सुक्ष्म तरिकाले विश्लेषण गर्दै निर्वाचनको तयारीमा रहेकी छु ।
- महिला त्यस माथि पनि उम्मेद्वार कति को सहज छ ?
पक्कै पनि पुरुषलाई जतिको सहज महिलालाई हुदैन, पारिवारिक सहयोग त्यसमा पनि समाजसेवामा लागेको परिवारै भएकोले त्यती अप्ठ्यारो भएको छैन । सहज नै छ मलाई, यसमा भाग्यमानी ठान्छु आफुलाई ।
- तपाईंको एजेन्डा के के छ ?
जेसीजको एजेन्डा नै मेरो मुख्य एजेन्डा हो, तर मेरो विशेष पहल सशक्त महिला नेतृत्व र महिला सशक्तिकरण साथै महिला अभिमुखीकरणमा जोड हो ।
- लुम्बिनी प्रदेशको एक मात्र महिला उम्मेद्वार हो तपाईं ?
म एक्लो उम्मेद्वार होइन, लुम्बिनी प्रदेशबाट म सहित २ जना उपाध्यक्षमा उम्मेद्वार छौं ।
- मतदाता कति छन्, को को मतदाता हुन्छन् जेसीजमा ?
जेसीजमा अध्यक्ष, निर्वतमान, कार्यकारिणी उपाध्यक्ष, २ जना कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र उपाध्यक्ष ४ जना गरी एउटा शाखाबाट ११ जना मतदाता हुन्छन् ।
- जीत प्रति निश्चिन्त हुनुहुन्छ ?
हरेक उम्मेद्वारको लक्ष्य जितनै हुन्छ, तर म मेरो कारण भन्दा पनि मेरा अग्रजहरु र सम्पूर्ण जेसीज मनको सहयोगले जीत हासिल गर्छु भन्ने म निश्चिन्त छु ।
- आफ्नो कार्यकालमा शाखामा के के कार्य गर्नु भयो ?
यस वर्ष कोरोना भाइरस संक्रमणको कारणले गर्दा त्यति उल्लेखनिय काम गर्न सकिएन, तर पनि कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि कामहरु ग¥यो । अग्रपङ्तीमा रहेर समाचार संकलन गर्ने भैरहवा क्षेत्रका कोरोना पिसिआर परिक्षण, विभिन्न संघसंस्थालाइई पिपिई वितरण, भैरहवा स्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा त्यहाँ भर्ना भएका विरामीहरुलाई खाना खुवाउने कार्यक्रम साथै जेसीज लगायत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको भर्चुवल तालिममा सहभागी भयौं र तालिमको आयोजना पनि ग¥यो । भर्चुवल माध्यमबाटै हाम्रो शाखाको आतिथ्यतामा एरिया डी सम्मेलन ग¥यो जसमा ४९ शाखाको सहभागिता थियो ।
मातृ शाखाको असहयोग देखिन्छ के भन्नु हुन्छ ?
असहयोग भन्ने कुरा सुनेकी छैन, मातृ शाखाको आन्तरिक कुरा मात्र हुन सक्छ । मलाई मातृ शाखाबाट केही असहयोग छैन र यो निर्वाचनमा पनि म मातृ शाखाकै सल्लाह सुझावले अगाडी बढेकी छु । र मातृ शाखाले ब्याक हुन लगाउँदाको बखत त्यसमा पनि सहमत हुनुपर्ने हुन सक्छ, र मैले सदैव मातृ शाखाबाट सहयोग पाइरहेकी छु र भविष्यमा पनि निरन्तर सहयोग पाइरहने छु भन्ने म पूर्ण विश्वस्त छु ।
- कोरोनाको संक्रमण कायमै छ, कसरी हुँदैछ नेपाल जेसीजको अधिवेशन ?
हो, अझै पनि कोरोनाको संक्रमण कायमै छ, तर विगतमा भन्दा कोरोना संक्रमित विरामीहरु कम हुँदैछन्, तर विरामी कम भए भन्दैमा जे मन लाग्यो त्यही गर्नु हुदैन । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ, दुरी कायम राख्दै कम भन्दा कम उपस्थितिमा अधिवेशन गर्ने तयारी छ । विगतमा जस्तो शाखाका पदाधिकारी बाहेक अन्य सदस्यहरु साथै पर्यवेक्षकहरु अधिवेशनमा उपस्थित हुनु हुदैन होला ।
जेसीज सदस्य जो मतदाता हुनुहुन्छ वहाँहरुलाई के भन्नु हुन्छ ?
यस महाधिवेशनमा मलाई जेसीज मनहरुबाट पूर्ण रुपमा मत दिएर सहयोग गर्नुहुनेछ भन्ने म विश्वस्त छु । आफ्नो अमूल्य मत दिएर मलाई राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित गराई सहयोग गर्नु हुन म सम्पूर्ण साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
Get real time update about this post categories directly on your device, subscribe now.