टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्था ३ वटा सहकारी २०७६ असोजमा मर्ज भई बनेको एकिकृत नाम हो । ओमसतिया गाउँपालिका बडा नं. १ स्थित आस्थाश्री र देवनारी विकास तथा तिलोत्तमा न.पा. वडा नं. १५ स्थित नेपाल टुगा बचत तथा ऋण सहकारी एकिकरण भएर बनेको सहकारीको मुख्य प्रबन्धकमा लक्ष्मण कुमार थापा रहेका छन् । लामो समय देखि सहकारीमा कृयाशिल थापा संग टुगा आस्था विकास सहकारी साथसाथै बर्तमान परिस्थीतिमा सहकारीको महत्व लगायतका बिषयमा न्यूज ओकेले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरिएको छः
- टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्थाको कार्य क्षेत्र कहाँ कहाँ हो ?
बि.स.२०६२ सालमा स्थापित तिनवटा सहकारी संस्था गत २०७६ असोजमा एकिकरण भई टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. बनेको हो । सहकारीको कार्यक्षेत्र ओमसतियाँ गाउँपालिकाको वडा नं. १,२,३, सियारी गाउँपालिकाको वडा नं. १ र तिलोत्तमा न.पा.को वडा नं. ६,७,१३,१४,१५,१६,१७ रहेको छ । “टुगा आस्था विकासमा, मन पनि धन पनि” भन्ने आदर्श वाक्य बोकेको यससंस्थाले आफ्ना सदस्यलाई साहुमहाजनबाट चर्को ब्याजमा वित्तिय सेवा लिनुपर्ने बाध्यतालाई हटाउँदै सदस्यको आर्थिक उद्यमशिलता र सम्वृद्धिको लागि प्रत्यक्ष वित्तिय सहयोग गरिरहेको छ । साथै, सदस्यहरुलाई विभिन्न गैर वित्तिय सेवाहरुमा सहयोग पुर्याउँदै आइरहेको छ । यो सहकारीको मुख्य कार्यालय ओमसतियाँ गाउपालिकाको कटैया नजिकै रहेको छ ।
- सहकारीको अहिलेको वित्तिय अवस्था कस्तो छ ?
सहकारीको अहिलेको वित्तिय अवस्थाको कुरा गर्दा ५ हजार १ सय ३५ शेयर सदस्यहरु रहेका छन् । बचत निक्षेप ४४ करोड ६९ लाख रुपैया छ भने बिभिन्न क्षेत्रमा ऋण लगानी ४६ करोड ८ लाख रुपैयाँ रहेको छ । शेयर पूँजी ६ करोड २९ लाख ७७ हजार ७ सय रुपैयाँ पुगेको छ भने बिभिन्न अतिरिक्त कोषहरुमा ६ करोड ४४ लाख ३९ हजार रुपैयाँ छ ।
- हाल संस्थाले कस्तो कस्तो सेवा प्रदान गरेको छ ?
सहकारीले अहिले शेयर सदस्यहरुलाई बिभिन्न किसिमका सेवा प्रदान गरिरहेको छ । १२ वटा विभिन्न बचत खाता सञ्चालन, ९ वटा क्षेत्रमा ऋण लगानी, सदस्यलाई २ लाखको निःशुल्क दूर्घटना बीमा सुविधा, सदस्यलाई निशुल्क रगत सुविधा, सदस्यलाई निःशुल्क मोबाइल बैकिङ्ग सुविधा, सदस्य निधनमा समवेदना राहत सहयोग कार्यक्रम, ऋणी सदस्यलाई ब्याजमा ३ प्रतिशत रिबेट(छुट) सुविधा, ऋणी सदस्यलाई ऋण बिमा सेवा सुविधा, ऋणी सदस्यलाई २५ दिनको ग्रेस टाइम सुविधा, रेमिट सेवा सुविधा, ४ वटा सेवाकेन्द्रहरुबाट वित्तिय सेवा प्रदान गरेका छांै भने सामुदायिक सेवामा निरन्तर विभिन्न क्रियाकलाप गर्दै आएका छौं ।
- कोरोना भाईरस संक्रमणले कस्तो प्रभाब पारयो सहकारीलाई?
अन्य क्षेत्रमा जस्तै सहकारी पनि पूर्ण रुपमा प्रभावित भयो यो भाइरसको कारणले बचत संकलन, ऋया लगानी, असुली सबैमा प्रभावित भयो । कोरोनाका कारणले गर्दा अप्ठेरोमा परेका हाम्रो बचतकर्ता तथा ऋणीहरुलाई हामिले विभिन्न किसीमका छुट हरु प्रदान गरेका छौं भने परामर्श पनि दिँदै आएका छौं । ऋणी र बचतकर्तालाई अहिलेको महामारीबाट नआत्तिकन सहकारीसँग कारोबार गर्न आग्रह गर्दै आएका छौ ।
- भविष्यको योजना के रहेको छ ?
हाम्रो सहकारीले त्रिवर्षिय रणनितिक योजना निर्माण गरी काम सुरु गरेको छ । सस्थाको आफनै भवन, सदस्य बृद्धी साथै कार्यक्षेत्र र दायरा फराकिलो बनाउदै १ अर्ब रुपैयाँ पूँजी पु¥याउने लक्ष्य हामीले लिएका छौं । सहकारीको नीति र सिद्धान्त साथै सकारात्मक कार्यशैली बोकेर अघि बढे अवश्य सफल हुनेछौं ।
Get real time update about this post categories directly on your device, subscribe now.