क्यान्सर अर्थात अर्वुद रोगको प्रकोपले आज विश्वलाई अत्यन्त चिन्तित र विचलित तुल्याएको छ । न सर्ने रोगहरू मध्ये सर्वाधिक मानिषको मृत्यु हुनेमा हिजो सम्म मुटु रोग रहेता पनि सन् २०२५ पछि क्यान्सर नै प्रमुख रोग हुने विशेषज्ञहरूको धारणा रहेको छ ।
सयौं वर्षदेखि क्यान्सर रोग निको पार्ने औषधिको खोजिमा लागेका अनुषन्धानकर्ताहरूले एक्काइसांै शताब्दीमा आइपुग्दा धेरै हदसम्म क्यान्सर निको पार्ने अथवा विरामीको जीवन लम्ब्याउने विभिन्न प्रकारका औषधि र उपचार पद्धतिको विकास गर्न सफल भएका छन् ।
प्रारम्भिक अथवा प्राथमिक तहमा पत्ता लगाउन सकेको खण्डमा धेरै जसो क्यान्सर रोग निको पार्न सकिन्छ भन्ने क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ । दोश्रो, तेश्रो र केही हदसम्म चौथो तहको क्यान्सर सम्मलाई पूर्णतः निको पार्न नसकिए पनि आधुनिक चिकित्सा पद्धतिले विरामीको आयु लम्ब्याउन सकिन्छ भन्ने कुरामा विशेषज्ञहरू एकमत रहेको छन् ।
विश्वमा क्यान्सरः
आजको विश्वमा विभिन्न कारणले क्यान्सर एउटा महामारीको रूप लिई सकेको छ । विगतमा क्यान्सर वृद्ध अवस्थाको रोगको रूपमा जानिन्थ्यो तर अहिले सवै उमेरकार भरखरै जन्मेका शिशुबाट अस्सी वर्ष नाघि सकेका वृद्ध–वृद्धामा समेत क्यान्सर रोग लाग्ने गरेको भेटिन्छ । एक सर्वेक्षणले भियतनामका अस्पतालहरूमा अत्यान्धिक संख्यामा बाल बालिकामा क्यान्सर रोगी रहेको पत्ता लगाएको छ । रक्त क्यान्सर Leukemia बाल बालिकामा बढी हुने पाइएको छ ।
क्यान्सर रोगीहरूको तिव्र गतीमा वृद्धि हुने दरलाई हेर्दा सन् २०३० सम्ममा विश्वमा २ करोड ४० लाख क्यान्सर रोगी हुने अनुमान गरिएको छ । दुईसय भन्दा बढी प्रकारको क्यान्सर रोग मध्ये विश्व व्यापी नै फोक्सोको क्यान्सरको बिरामीको संख्या सर्वाधिक अर्थात कुल क्यान्सर बिरामीको १३ प्रतिशत रहेको पाइएको छ । यो प्रतिशत महिला र पुरूष दुबै थरीका बिरामीको रहेको छ । फोक्सोको क्यान्सर पछि दोश्रो स्थानमा महिलाको स्तन क्यान्सर रहेको छ ।
विकसित राष्ट्रहरूमा क्यान्सर जन्य रोगको कारणले मृत्यु हुने महिलाहरूमा स्तन क्यान्सर नै प्रमुख रहेको छ । नेपाल जस्तो अल्प विकसित अथवा विकाशशील राष्ट्रहरूमा पाठेघरको मुखको क्यान्सर (Cervical Cancer or Cancer of the Cervix) रोगीहरूको संख्या अत्याधिक रहेको पाइएको छ । तेश्रो सर्वधिक हुने क्यान्सरमा (Colo-rectal Cancer) स्त्री एवम् पुरूष दुबैमा रहेको छ ।
के हो क्यान्सर ?
चिकित्सा विज्ञानले क्यान्सरलाई यसरी परिभाषित गरेको छ “Cancer is a class of diseases characterized by out of control cell growth”। “अर्थात क्यान्सर यस्तो श्रेणीको रोग हो जसमा मानव शरीरको कोषिकाहरूमा अस्वाभाविक रूपमा वृद्धि हुन शुरू हुन्छ ।” मानव शरीरमा कोषिकाहरूको वृद्धि स्वाभाविक रूपमा हुने गर्छ र लाखांै लाख कोषिकाहरूको जन्मिने र मर्ने प्रकृया जारी रहन्छ तर कोषको अस्वाभाविक वृद्धि हुनु असामान्य मानिन्छ र त्यस्ता कोषिकाहरू अनियन्त्रित तवरले विभाजित हुँदै गिर्खा अथवा गाठा गुठिको स्वरूप धारणा गर्छ त्यसलाई ट्युमर भनिन्छ । क्यान्सर सम्बन्धी चिकित्सा प्रविधिलाई अन्कोलोजि अथवा ट्युमोरोलोजी पनि भनिन्छ ।
मानव शरीरमा यस्ता गिर्खा अथवा ट्युमर सबै क्यान्सर नभएको पनि हुन सक्छ । क्यान्सर भएको गिर्खालाई Malignant नभएको गिर्खालाई Beg nine भनिन्छ । समयमा नै उपचार भएमा अथवा प्रारम्भिक अवस्थामा क्यान्सर पत्ता लागेर उपचारमा गएमा क्यान्सर निको हुन्छ । ढिलो गरी उपाचारमा गएमा क्यान्सर शरीरको अरू मात्रमा फैलियो भने रोग निको पार्न निकै कठिन हुन्छ । यो अवस्थालाई Metastasized भनिन्छ ।
साधारणत क्यान्सरको उपाचार निकै लामो र अत्यन्त खर्चिलो हुन्छ । क्यान्सरको उपचार विधिमा शल्यकृया, किमो थेरापी, विकिरण थेरापी र हर्माेन थेरापी रोगको अवस्था र गम्भिरतालाई ध्यानमा राखेर गर्ने गरिन्छ । शल्यकृयामा साधारण अवस्थामा क्यान्सर ग्रस्त गिर्खा अथवा Tumor लाई काटेर फाल्ने तरिकालाई शल्यकृया अथवा Surgery भनिन्छ । गिर्खा सानो भएमा शुरूमानै शल्यकृया गरिन्छ तर गिर्खा निकै ठूलो भएर शल्यकृया गर्न नमिले किमो थेरापि (शरीरको मोटो नशाबाट औषधि हालेर) गिर्खालाई सानो पारिन्छ र शल्यकृया गरिन्छ । शल्यकृया पछि काटेर फालेको गिर्खाको आकार र प्रकारलाई ध्यानमा राखेर ६ अथवा अझै धेरै पटक केमोथेरापी गरिन्छ । केमोथेरापीको मुख्य काम शरीरको अन्य भागमा क्यान्सर फैलिनबाट रोक्नु नै हो ।
केमोथेरापी विरामीको शरीरमा विभिन्न प्रकारका असरहरू देखाउन सक्छन् । जसमध्ये बिरामीहरूको कपाल झर्ने, शरीरको क्यान्सर ग्रस्त कोषिकाहरू मर्ने क्रममा रगतको कोषिकाहरूलाई समेत क्षति पु¥याएर बिरामीलाई कमजोर बनाउने, उल्टी हुने, खानमा अरूची हुने, बिरामीको मनमा एक प्रकारको भय अथवा हतासा उत्पन्न हुने, मुख भित्र स–साना बिबिराहरू आउने हुन सक्छन । केमोथेरापी चलेको अवस्थामा बिरामीको खान–पानमा विशेष ध्यान दिन पर्छ । विशेष गरेर राम्रोसंग पकाएको पौष्टिक खाने कुराहरू खुवाउनु पर्दछ । साथै विरामीमा रोगसँग लड्ने प्रतिरोध शक्ति कमजोर हुनाले विरामीलाई संक्रमणबाट जोगाउन विशेष ध्यान पु¥याउनु पर्छ । केही अवस्थामा बिरामीलाई रेडियशन अथवा विकिरणको सेकाई गर्नु पर्ने अवस्था समेत हुन सक्छ । यी सबै चिकित्सा पद्धति क्यान्सरको आकार प्रकार एवम् अवस्थामा भर पर्दछ । कहिले काँहि कुनै कुनै प्रकारका क्यान्सर बिरामीहरूलाई हार्मोन थेरापी पनि चलाइएको पाइएको छ ।
क्यान्सरका प्रकारः
क्यान्सर शरीरको कुनै पनि अङ्ग प्रत्यङ्गमा हुन सक्छ । शरीरको जुन भागमा पहिला क्यान्सर देखिन्छ । त्यहि माग अथवा अङ्गको नामबाट क्यान्सर चिनिन्छ । जस्तो कि स्तनमा हुने स्तन (Breast) , फोक्सोमा हुने फोक्सोको क्यान्सर (Lung Cancer) आदि । २०० भन्दा बढी प्रकारका क्यान्सर हुने गरेको पाइएको छ । जसमा निम्त लिखित क्यान्सरहरू प्रमुख मानिन्छन् ।
- Anal Cancer
- Bladder Cancer
- Bone Cancer
- Endometrial Cancer
- Kidney Cancer
- Leukemia (Blood) Cancer
- Prostate Cancer
- Stomach Cancer
- Breast Cancer
- Cervical Cancer
- Colon Cancer
- Colo-rectal Cancer
- Lever Cancer
- Lymphoma Cancer
- Ovarian Cancer
- Pancreatic cancer
- Thyroid Cancer
- Vaginal Cancer
- Head and Neck Cancer
- Lung
- Gal Bladder Cancer
- Skin Cancer
नेपालमा क्यान्सरको अवस्थाः
नेपालमा स्वास्थ्य मन्त्रालय अथवा स्वास्थ्य सम्बन्धी अन्य निकायहरूले क्यान्सर सम्बन्धी अभिलेख नराख्ने गरेकोले यहाँ के कति र कस्ता क्यान्सर बिरामी छन् भन्ने तथ्याङ्क छैन । क्यान्सर रोगको उपाचारमा संलग्न केही सरकारी र गैरसरकारी अस्पतालहरूमा उपाचारमा लागि आउने विरामीहरूको संख्यालाई आधार मान्दा नेपालमा एक लाखको हाराहारिमा क्यान्सर बिरामी रहेको अपुष्ट तथ्याङ्क विगत केही वर्षदेखि सार्वजनिक भएको देखिन्छ । तर काठमाण्डौं लगायत देशको अन्य अस्पतालहरूमा उपाचारको र रोग निदानको लागि आउने क्यान्सर बिरामीहरूको संख्यामा अकल्पनीय रूपमा वृद्धि हुँदै गएको र उपाचारको लागि भारत लगायत अन्य राष्ट्रहरूमा जाने विरामीहरूको संख्या आकलन गर्ने हो भने नेपाली क्यान्सर विरामीको संख्या दुई लाखमा पुगेको अड्कल गर्न सकिन्छ । अर्को तिर गरिबी र पछ्यौटेपनले गर्दा सुदुर पहाडी क्षेत्रका क्यान्सर बिरामीहरू रोग निदान र उपाचारको लागि शहर र राजधानीका ठूला अस्पतालमा न आउने गरेकोले र झार–फुक, धामी–झाँक्री र झोले डाक्टरहरूको शरणमा जाने गरेकोले क्यान्सर बिरामीको सठिक संख्या एकिन गर्न गाह्रो भएको छ ।
अस्पतालमा आउने अधिकांश क्यान्सर बिरामीहरूमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आन्द्रा र मलद्वारको क्यान्सर, मुखको क्यान्सर, पोस्टे«ट क्यान्सर, लिम्फोमा, रगत क्यान्सर रोगीको संख्या बढी पाइएको छ । छोटकरीमा भन्ने हो भने स्त्री र पुरूष गरेर फोक्सोको क्यान्सर रोगी अन्य क्यान्सर भन्दा निकै बढी पाइएको छ । महिलाहरूमा पाठेघरको मुखको र स्तन क्यान्सरका विरामीहरू अत्याधिक संख्यामा रहेको देखिन्छन् । त्यस्तै पुरूषहरूमा पोष्टे«ट क्यान्सरको बिरामी र तराई क्षेत्रमा मुखको क्यान्सरको बिरामी बढ्दो क्रममा रहेको पाइएको छ ।
क्यान्सर रोगको कारण तत्वः
धुम्रमान र सुर्तीजन्य पदार्थको सेवन, धेरै मात्रामा रक्सी सेवन, पोलेको मासु, सेकुवा, गर्भ निरोधक चक्किको अत्याधिक प्रयोग, ढुसि लागेको खाने कुरार पेय पदार्थ, बारम्बार एक्स–रे, सि.टी. स्कान, बोन स्कान जस्ता विकिरणको प्रयोग, औद्योगिक र शहरी प्रदुषण, हानीकारक किटनाशक र रोगनाशक रासायनिक पदार्थ प्रयोग भएका साग पात, हरियो तरकारी र फल फुलको नियमित सेवन, कलिलो उमेरमा विवाह र धेरै सन्तान जन्माउने, वारवार गर्भपतन, स्त्री र पुरूषको धेरैसंग असुरक्षित यौन सम्र्पक, मोटो पन, नियमित व्यायाम र शारिरीक श्रमको कमि, नकारात्मक सोच आदिलाई क्यान्सर रोगको कारक तत्व मान्न सकिन्छ । केही क्यान्सर वंशाणुगत रूपमा हुने पाइएको छ । जसमा महिलाहरूको स्तन क्यान्सर प्रमुख रहेको छ ।
क्यान्सरबाट बच्ने उपायः
क्यान्सर सम्बन्धी जनचेतना, नियमित स्वास्थ्य परीक्षण, विशेष गरेर महिलाहरूको स्तनको म्यामोग्राम र एबउक्mभबच (पाठेघरको श्राव) परीक्षण, नियमित व्यायाम र शारिरीक श्रम, जंक फुड र अलुमिनयमको कन्टनेर, केन, आदिमा संरक्षित गरिएको खाद्य र पेय पदार्थको बर्जन, ढुडी अथवा फंगास उम्रिएको खाने कुरा, अचार, पेय पदार्थ आदि प्रयोगमा न ल्याउने, प्रदुषण र धुंवा धुलो युक्त वातावरण, ताजा र हरियो अर्गेनिक तरकारी, साग पात र फलफूल बढी मात्रमा प्रयोग, योग र ध्यानको नियमित अभ्यास एवं सकारात्मक चिन्तनले धेरै हदसम्म क्यान्सरलाई टाडा राख्न सकिन्छ । नियमित व्यायाम र दुव्र्यसन मुक्त जीवनलाई रोगबाट बच्ने उत्तम उपाय मानिएको छ ।
नेपालमा क्यान्सर रोगको उपाचारः
आज भन्दा ३० वर्ष अघिसम्म कुनै पनि नेपाली चिकित्सक क्यान्सर सम्बन्धी उच्च अध्ययनको लागि देश बाहिर जान मान्दैन्थ्ये । क्यान्सर रोग निको हुन्न भन्ने एउटा गलत धारणाको कारण धेरै जसो बिरामी र आफन्तहरू चिकित्सामा जान इच्छुक हुँदैन्थ्ये र त्यस बेला नेपालमा क्यान्सर उपाचारको लागि न त चिकित्सकनै उपलब्ध थिए न त अस्पताल । नेपालमा क्यान्सर उपाचारको शुरूआत वरिष्ठ सर्जन स्व.डा. अञ्जनी कुमार शर्माले गरेकी थिइन् । बीर अस्पतालको पछाडी पट्टी मुर्दा घरसंगै सटेको एउटा सानो कोठामा कोवाल्ट मेसिनबाट विकिरणको सेकाईको काम शुरू गरिएको थियो । उहाँकै प्रयासबाट भक्तपुरमा प्रथम क्यान्सर अस्पताल शुरू भयो र त्यसको व्यवस्थापनको जिम्मा नेपाल अर्वुद रोग निवारण संघ भन्ने संस्थाले लिएको थियो ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि तत्कालिन प्रधानमंत्री गिरिजा प्रसाद कोइरालाको आग्रह र अनुरोधमा चिन सरकारले भरतपुरमा वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निर्माण गरेर नेपाल सरकारलाई सुम्पिएको थियो । आधुनिक सुविधा सम्पन्न सो अस्पताल शुरूका वर्षहरूका मध्यम र निम्न मध्यम वर्गीय परिवारका क्यान्सर विरामीहरूको लागि वरदान सिद्धभए पनि धेरै समयसम्म सो अस्पतालले आफ्नो सेवाको स्तर कायम राख्न सकेन । राजनीतिक हस्तक्षेप र व्यापक भ्रष्टाचार र व्यवस्थापन पक्षको लापरवाहीको कारण अस्पतालको सेवा स्तर निकै फितलो बन्न पुग्यो र हालमा वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तरीय चिकित्सा सेवा उपलब्ध छैन भने पनि हुन्छ ।
तर हालैमा काठमाण्डौंमा केही निजी क्षेत्रका क्यान्सर अस्पताल र ठूला अस्पतालहरू सञ्चालनमा आएकोले अधिकांश क्यान्सर रोगको उपचार देश भित्रै सम्भव हुन सकेको छ । क्यान्सर रोगको उपाचारमा ३÷४ जना विशेषज्ञहरूको सेवा र क्यान्सर रोगको निदान एवम् उपाचारमा विभिन्न प्रकारको अत्यन्त खर्चिलो परीक्षण गर्नु पर्ने भएकोले पनि एउटै छाना मुनि क्यान्सरको चिकित्सा हुन पर्ने बाध्यता रहेको छ । क्यान्सर रोगको निदानमा आवश्यक पर्ने प्रयोग शाला र यान्त्रिक उपकरणहरू अत्यन्त आधुनिक हुन पर्ने र दक्ष जन शक्तिको आवश्यकता पर्ने भएकोले देशमा बढ्दो क्यान्सर विरामीहरूको चाप खेप्न काठमाण्डौं बाहिरका प्रमुख शहरहरूमा क्यान्सर अस्पतालको आवश्यकता महशुस गरिएको छ ।
देश भित्र क्यान्सर रोगको उपाचारको लागि दक्ष जनशक्ति विकास हुँदै भएको र केही स्तरीय अस्पतालहरूमा क्यान्सर चिकित्सा उपलब्ध भएकोले अब क्यान्सरका विरामीहरूलाई विदेशिन पर्ने बाध्यता न रहेको बुझिन्छ ।
क्यान्सर उपाचारको लागि भारत तिर लाग्ने बिरामी र परिवारले उपाचार र अन्य कुराका लागि गर्ने गरेको ३ वर्षको खर्च जोड्ने हो भने सो खर्चले नेपालमा एउटा अत्याधुनिक क्यान्सर अस्पताल स्थापना भएर सञ्चालनमा आउन सक्ने विचार प्रसिद्ध वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरि सिद्धिका संस्थापक अध्यक्ष डा.सुदिप श्रेष्ठको रहेको छ ।
संक्षेपमा भन्ने हो भन्ने नेपालमा क्यान्सर रोगको उपचार सम्भव छ र समयमानै अर्थात प्रारम्भिक तहमा नै उपाचार गराएमा क्यान्सर रोग निको हुन्छ ।
(लेखक भट्टराई नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष हुन् ।)
Get real time update about this post categories directly on your device, subscribe now.