रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिनु सर्वोत्तम उपाय हो । त्यसैले अहिले आफ्नो स्वास्थय प्रति आफुनै सबैभन्दा बढी सचेत रहनु पर्छ । सचेतना अपनाए जुन सुकै रोग बाट बच्न सकिन्छ । सचेत नहँुदा रोग मध्ये मृगौला रोग पनि थाहै नभई लाग्ने गरेको देखिएको छ । त्यसैले चिकित्सकहरुले पनि मृर्गौला जोगाउन व्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिन्छन् । मृगौलाका विषयमा धेरै भ्रम हरु पनि रहेका छन् । प्रत्यारोपण गरे पनि उमेर धेरै बाच्दैनन्, विवाह गरे राम्रो हुन्न, काम गर्न सकिन्न, छोराछोरी हुदैनन् भन्ने भ्रम छ । यस्ता भ्रमलाई चिर्न मृर्गौला प्रत्यारोपण गरेर सामान्य नागरिक सरह दैनिकी सञ्चालन गर्दै आएका भैरहवाका केही पात्रहरुसँग न्यूजओकेका सम्पादक मनोरञ्जन शर्माले गरेको कुराकानी उहाँहरुकै भनाइका आधारमा यहा“ प्रस्तुत गरेका छौंः
‘वार्षिक रुपमा मृगौला परीक्षण गरौं’
- उज्जवल जोशी
आज भन्दा करिब १२ वर्ष अघि सन् २००९ मा मृगौलाको सामान्य परिक्षण गरेको थिए । त्यति बेला केही कैफियत देखिएको थियो । त्यस पछि थप परिक्षण गर्दा मृगौलामा खराबी हुन लागेको भनेर चिकित्सकहरुले भन्नु भयो । सुरुको अवस्था भएकोले नआतिन सुझाव दिनु हुन्थ्यो । तर जति भने पनि मन न हो, मृगौला खराब भनेको सुनेपछि आत्तिने कुरै भएन् । सुरुको अवस्था भएकाले केही हुँदैन भन्ने धेरै थिए । त्यही अनुसार औषधी र अन्य परीक्षण भैरहेको थियो । अहिले ३५ वर्षको भए । मृगौलाको समस्या देखिनु अघिनै विवाह भइसकेको थियो । छोरीको जन्म पनि भएको थियो । जसले जे भने पनि परिवारको चिन्ता भै हाल्छ नी । विस्तारै डर बढ्दै जान लायो । केही पो हुने होकी भन्ने डर बढ्दै गयो । तर हतास भने भइन् ।म आफै ल्याब टेक्नििसियन भएका कारण नियमित परिक्षण गर्थे र यो सुरु मै थाहा भयो ६ वर्षसम्म नियमित औषधी सेवन गरे । तर डाइलासिस भने गरिनँ ।
५ वर्ष अघि उमेर ३० वर्षको हँुदा भक्तपुर मानवअंग प्रत्यारोपण अस्पतालमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो । त्यसपछि छोरा पनि जन्मियो । राम्रै छ । कुनै समस्या छैन् । नियमित व्यायाम गर्छु । खानपानमा ध्यान दिन्छु । जोशी प्याथोलोजी सञ्चालन गरेको छ ु। नियमित रुपमा त्यहाँ पनि जान्छु । केही समस्या छैन् ।
मृगौला रोग लाग्यो भनेर आत्तिनु, तनाव लिनु भनेको आफ्नो बिरामी आफै बढाउनु हो । अहिले त निःशुल्क डाइलासिस हुन्छ । सरकारले उपचारका लागि पैसा अनुदानमा दिन्छ । त्यसैले आतिनु हुँदैन् । सहयोगी मन हरु हुन्छन् । बरु नियमित रुपमा स्वास्थ्य परीक्षण सकिन्छ भने वर्षको २ पटक नसके १ पटक नियमित रुपमा गर्दा धेरै राम्रो हुन्छ । जसरी मैले नियमित परीक्षण गर्दा सुरुमै थाहा भयो त्यसरी सुरुमै मृगौला मात्र होइन कुनै पनि रोगको बारेमा जानकारी प्राप्त भए उपचारमा धेरै सजिलो हुन्छ । त्यसैले हामी आफ्नो स्वास्थय प्रति आफै सचेत बनौं । नियमित व्यायाम गरौ, प्रशस्त सुतौ, खानपानमा ध्यान दिऔ । त्यति गरे जीवन आफै रफ्तारमा चल्छ ।
‘खानपिन आनीबानी सुधारौं’
- मनिष भट्टराई
म सामान्य अवस्थामा नै थिए । शरीरमा त्यस्तो रोग व्याधिको समस्या केही थिएन् । मलाई अहिले पनि याद छ २०५६ सालमा भैरहवाको सुलभ बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । म त्यस संस्थाको उपाध्यक्ष पनि थिए । सो कार्यक्रममा मैले आफै पनि रक्तदान गरेका थिए । त्यति बेलासम्म केही भएकै थिएन् । हट्टाकट्टा जवान थिए । उमेर २६ वर्षको थियो । तर अचानक ३ महिनापछि खुट्टा केही सुन्नियो । पिसाब परीक्षण गर्दा एल्गोविन क्लवस देखियो । काठमाडौं गएर रगत परीक्षण गरेपछि केही कैफियत भेटियो । भर्खरको उमेर, घर परिवार, प्रतिको जिम्मेवार अनि त्यसमाथि देखिएका मृगौला रोगको संकास्पद समस्या । के गर्नु के नगर्नु । मृगौला त्यसैमा आफै महत्वपूर्ण अंग हो र यो बिना जीवन असम्भव छ भन्ने कुरा पढ्दै बुभ्mदै आएको । भारतको मद्रासमा गएर बायोप्सी गरे । त्यहाँ मृगौला खराब भएको प्रमाणित भयो । डाक्टरले भनेको सुन्दा चारैतिर अँध्यारै अँध्यारो छाए जस्तै भयो । अब जिन्दगी यतिकै रहेछ भन्न थाले । साथीभाइ घरपरिवार आफन्त सबैलाई सम्झिए । रोग लागेपनि चिन्ता गरे । आफैलाई खान्छ भन्ने थाहा थियो । आफैले आफुलाई सम्हाले । डाक्टरले मृगौला फेर्न मिल्छ, अरूले दान दिएर बाँच्न सकिन्छ भनेपछि केही आशा पलायो । आफूप्रति भरोसा पनि जाग्न थाल्यो ।
नेपालमा मृगौला प्रत्यारोपण हँुदैन थियो । मृगौला केन्द्रमा ५ पटक डाइलासिस गराए । भारत मद्रासमै गएर पनि ४ पटक डाइलासिस भएपछि २०५६ सालमा आवश्यक खर्च जुटाएर भारतमै मृगौला प्रत्यारोपण (ट्रान्स प्लान्ट) सफल भयो । मृगौला प्रत्यारोपणपछि अहिले करिब १७ वर्ष भएको छ । सामान्य आम मानिस जस्तै बाँचिरहेको छु । नियमित कामहरू गरिरहेको छु । मैले के महसुस गरे भने मृगौला रोगको सिकार जो सुकै पनि हुन सक्ने रहेछन् । जस्तोकी यो रोग देखा पर्नु अघि ३ महिनासम्म त मलाई केही समस्या नै थिएन ्। त्यसैले म सबै जनालाई सकिन्छ भने प्रत्येक तीन महिनामा सकिँदैन भने ६।६ महिनामा पिसाब परीक्षण गरेर बस्दा धेरै राम्रो हुन्छ । सामान्य मान्छेले पनि आफ्नो खानपानमा ध्यान दिँदा राम्रो हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानी सफा हुनु पर्छ । सकिन्छ भने तातो पानी पिउँदा धेरै राम्रो हुन्छ ।
मृगौला बिरामीले डाइलासिस नियमित अथवा ट्रान्सप्लान्ट (प्रत्यारोपण गरेपछि अन्य आम मानिस जस्तै जीवन व्यतित गर्न सक्छन् । यसको उदाहरण म आफै छु । मृगौला प्रत्यारोपण गरेको ६ वर्षपछि मैले विवाह गरे । मेरो वैवाहिक जीवन सफलता पूर्वक अघि बढेको छ । मेरो एउटा छोरा छ । श्रीमती पनि मेरो स्वास्थ्य प्रति सचेत छिन् । त्यसो त म नियमित व्यायाम गर्छु । १५ देखि २० किलोमिटरसम्म दैनिक साइक्लिङ्ग गर्छु । त्यसपछि आफ्नै व्यवसायमा दैनिक ८ देखि १० घन्टासम्म व्यस्त रहन्छु । त्यसैले म सबै दाजुभाइ दिदीबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने आफ्नो शरीरको नियमित परीक्षण गरिराख्नु पर्छ । मलाई केही रोग अहिलेसम्म छैन भनेर नबस्नु होस् । रोग लाग्नु भन्दा पनि रोगलाग्न नदिनु नै राम्रो कुरा हो । त्यसैले मृगौला रोगबाट बच्न खानपानमा ध्यान अहिलेबाट नै दिआँै । बढी चिल्लो खानेकुरा नखाऔं । हाइप्रोटिनयुक्त खाना नखाऔं । पानी प्रशस्त पिऔं ।
‘मृगौला बचाउने काम हाम्रै’
- कृष्ण पाण्डे
एउटा मृगौला प्रत्यारोपण गरेको व्यक्ति हो र यो मेरो जीवन दोश्रो जीवन हो भन्दा पनि हुन्छ । म भर्खर ३२ वर्षमा प्रवेश गरेको थिए । मलाई सोही वर्ष एपेन्डिक्सले ठूलो दुःख दियो । मेरो एपेन्डिक्स बिग्रेर जीवनको अन्तिम समयमा डक्टरको प्रयास र समयमै भएको शल्यक्रियाले बच्न त सफल भए तर जीवनभर पिडा दिने रोगको सिकार हुन पुगे । एपेन्डिक्स बिग्रेकै कारण म मृगौला रोगको शिकार हुन पुगे । मृगौला रोगका कारण थियो एपेन्डिक्स बिग्रिएर फैलिएको विष जस्तै पदार्थ । पहिलो पटक यो रोग लागेको मैले थाहा पाउँदा म आफुलाई संसारको सबैभन्दा दुखी व्यक्ति ठान्न पुगे । जब मैले मृगौला खराब भएको जानकारी पाए । निकै निरास भइसकेको थिए त्यतिबेला ।
मृगौलाको बिरामी हुँदा मेरो उमेर जम्मा ३४ वर्ष थियो । अगाडी सिङ्गो जीवन र पारिवारिक जिम्मेवारी, भर्खर १ वर्षको छोरी र सरल स्वभाविक श्रीमती, बाबु–आमाको आशा सम्पूर्ण कुराले मलाई नराम्ररी पिरोल्ने गर्दथ्यो । तर पनि आफूलाई कहिल्यै कमजोर हुन दिइन् । मैले यो रोगको दुई वटा मात्र विकल्प देखे । त्यो भनेको नियमित डाइलासिस या मृगौला प्रत्यारोपण । मैले सोंचे नियमित डाइलासिस त्यति राम्रो होइन, प्रत्यारोपण भनेको जीवन जिउन सकिने उत्तम विकल्प मैले ठाने । प्रत्यारोपण त गर्ने तर मृगौला दान गर्ने को भन्ने प्रश्नले मलाई पटक पटक विचलित बनायो । दिदीबहिनी बुवाआमा, भाइको म प्रिय दाजु भाइ हूँ भन्ने प्रमाणित त्यतिबेला भयो जब मेरो ठूलो दिदीले (उमेर ३८ वर्षमै) मलाई आफ्नो मृगौला दिन तयार हुनुभयो र यसमा भिनाजु र भान्जाहरूको अपार माया, स्नेह र उहाँहरूको त्याग नै मेरो जीवनको दोश्रो अध्याय बन्न पुग्यो । भनिन्छ आमा संसारकै सबैभन्दा महान हुन्छन् र यो सत्य पनि हो र मेरो जीवनमा त दुई वटा महान् आमा हुनुभयो । पहिलो जन्म दिने आमा र दोश्रो जीवनलाई जीउन आफ्नोे शरीरको मृगौला दान दिने आमा अर्थात् मेरो दिदी साक्षात भगवान्का रूप हुन् । त्यतिबेलाको समय मलाई अहिले पनि याद छ ,जसो तसो मृगौला प्रत्यारोपणको लागि हामी मानसिक रूपमा तयारी त भयाैं तर अगाडि आर्थिक समस्याको विकराल रूपमा आयो । परिवार, साथीभाइ , इष्टमित्र, काम गर्ने संस्था लगायतको सहयोगमा भारत दिल्लीको गंगाराम अस्पतालमा मृगौला प्रत्यारोपण भयो । त्यसमा ठूलो धनराशी २५ देखि ३० लाख नेपाली रूपैयाँ खर्च भयो । तर पनि यसमा परिवार नातागोता सरसापटी सहयोग रह्यो । र महत्वपूर्ण योगदान म कार्यरत संस्थाका (अर्घाखाँची सिमेन्ट प्रा.लि.) प्रबन्ध निर्देशक राजेश अग्रवालज्यूको ठूलो सहयोग रह्यो । तसर्थ म उहाँलाई कर्म दिने बाबुको रूपमा लिने गरेको छु । ४ महिनाको लामो समय पछि काममा फर्किए ।
धेरै डर त्रास थियो । जीवनमा के हुने हो जस्ता कुराहरू जहिले पनि मनमा खेलिरहन्थ्यो तर मैले कहिल्यै हिम्मत हारिन् । श्रीमतीको अथाह माया , स्याहार र दैनिक खानपान साथै उसले गर्ने आमा जस्तो व्यवहारको कारणलेनै नै मेरो जीवनको यो बेलासम्म म एउटा आम मानिस जस्तै तन्दुरूस्त र हट्टाकट्टा छु । नियमित औषधी सेवन र परीक्षण गराई रहनु मेरो जीवनको बाँकी उमेरको प्रकृया हुनेछ । तर पनि मलाई अहिले कुनै समस्या छैन । आम मानिसले जस्तै जिन्दगी मैले अहिले जि रहेको छु ।
अहिले मृगौला प्रत्यारोपण गरेको ७ वर्ष भयो । ३४ वर्षको हँुदा प्रत्यारोपण भयो । अहिले ४१ वर्ष भएको छु । त्यस्तो कुनै समस्या छैन् । मृगौला फेरेको मान्छेको बालबच्चा हुँदैनन् भनेर हल्ला गर्छन् । मृगौला फेरेको ३ वर्षमा हाम्रो परिवारमा छोराको जन्म भयो । यो भन्दा ठूलो उदाहरण के हुन सक्छ ।
वास्तवमा मृगौला प्रत्यारोपण गरेको मानिस आम मानिसले जस्तै जीवन जिउन सक्छ भन्ने उदाहरण म आफैलाई देखाउँन चाहन्छु । बिहान ५ बजेदेखि मेरो दिन सुरू हुन्छ । लगभग ८ देखि ९ किलोमिटर मर्निङ्गवाक (बिहानी हिडाई) त्यसमा पाँच÷छ किलोमिटर दौड (रनिङ्ग) समेत हुन्छ । बिहान ९ बजे अफिस जानु र बेलुका ६ देखि ७ बजेसम्म घर पुग्नु मेरो दिनचर्या हो ।
म भन्छु रोग लाग्न नदिनु बेस हो । तर रोग लागेर जीवन समाप्त भयो भन्नु भन्दा जीवनलाई सहज बनाउनु पर्दछ । मृगौला प्रत्यारोपण गरिसकेपछि सावधानी धेरै अपनाउनु पर्दछ । जस्तै साझा ताजा खानेकुरा खाने, सागपात बढी खाने, मदिरा सेवन नगर्ने, शरीररको तौल नियन्त्रण गर्ने, सरूवा रोग लागेका मानिसबाट टाढै रहने । चिसो कुराबाट बच्ने, प्रशस्त पानि पिउने, नियमित रक्त परीक्षण गराउने, व्यायाम गर्ने, बासी खाने कुरा खाँदै नखाने र सकारात्मक सोच राख्ने, प्रशस्त निद्रा पु¥याउने साथै नियमित औषधी सेवन गर्ने हो भने आम मानिस जस्तै जीवन बिताउन सकिन्छ ।
‘आफैले आफैलाई माया गर्नुस्’
- गौतम रौनियार
मलाई त्यस्तो केहि भएको थिएन् । घर गल्लामण्डी, भैरहवा । जागिर बुटवल उपमहानगर पालिकामा थियो । पेशाल सिभिल इन्जिनियर हूँ । दैनिक आवत जावत हुन्थ्यो । फिल्डको काममा साइटहरुमा गइन्थ्यो । जिन्दगी आफ्नै रफतारमा दौडिरहेको थियो । खानापान, विलासिता जिवन त्यस्तो खासै केहि थिएन् । परिवारमा सबै खुसी थियौं, भाई प्रितम, आमाबुवा, श्रीमती पुनम, छोराछोरीसंग रमाएका थियांै । जिन्दगी चलिरहेथ्यो चलिरहेथ्यो हासीखुसी । २०७२ सालमा दौडिरहेको मेरो जिन्दगीको गाडीमा अचानक ब्रेक लाग्यो । देशमा भुकम्प आयो । मेरो जिन्दगीमा पनि त्यही भुकम्पको धक्का लाग्यो । अचानक स्वास्थ्यमा समस्या देखियो । परिक्षण गर्दा मृगौला खराब छ भन्ने कुरा आयो । मलाई त बिश्वासनै लागेन् । न कुनै सिन्ट्रोम, न कुनै त्यस्तो समस्या केही थियो । चिनेजानेको आफन्ति मार्फत सिधै दिल्लीको सर गंगाराम अस्पताल पुगे ।
अस्पताल पुग्ने बित्तिकै सामान्य चेकजाच र रिपोर्टका आधारमा चिकित्सकले भन्यो ‘अरे तुम्हारा गुर्दा तो छोटे गुच्चा बन चुका है’, इसे लेजाओ डाइलासिस रुममे और कराओ, चिकित्सकको यो भनाईले धेरै रिस उठ्यो र भने, म नेपालबाट आएको हूँ, टाढाबाट आएको छु, राम्रोसित परीक्षणनै नगरी यसो भन्नु हुन्छ, सिधै डाइलासिस भन्दिनुहुन्छ । चिकित्सकले सही कुरा हो भन्यो, मलाई विश्वास लागेन् । मलाई त्यहाँ मन लागेन र अन्यत्र जान्छु भनेर चिकित्सकलाई भने ।
चिकित्सकले जहा गए पनि यही हो, मरजाओगे समय कम है भने । त्यसपछि म भेल्लोर, मुम्बई, लखनउ सब ठाउँमा गए । जहा पनि समस्या छ भन्थे , अब अलि अलि विश्वास लाग्न थाल्यो र उपचार सुरु गर्नु पर्छ भन्ने लाग्यो । आफैले आफैलाई माया गर्नु पर्छ भन्ने धारणा म मा आयो । आत्म विश्वास बलियो बनाए । हौशला उच्च राखे ।
फेरी दिल्ली सर गंगाराम अस्पताल फर्किए । त्यहि पुराना चिकित्सकले आगए वापस, मुझे पता था, कहाँकहाँ गए, भेल्लोर, मुम्बई, लखनउ, नेपाल सब भनेर जिस्क्याए । म अलि घमण्डी पनि थिए । विस्तारै सबै घमण्डता तोडिदंै गयो । त्यही अस्पतालमा उपचार सुरु भयो । डाइलासिस पनि सुरु गरे । कम्तिमा ६ महिना । हप्ताको ३ पटक ४ पटकसम्म गरे । डाइलासिसकै क्रममा मैले बाच्न सिके । कतिपय बिरामी डाइलासिसकै क्रममा मरेको पनि देखे । त्यो देखेर परिवारका सबै डराउथे ।
म घमण्डी मान्छे, पेशाले इन्जिनियर, कमाई राम्रो थियो । त्यसैले म कहिले पनि कसैको अगाडी झुकीन । म मा अलि घमण्डापन बढी थियो । आफुलाई अलि मै हुम भन्थे । यही घमण्डापनका कारण सासु ससुरासंग पनि सम्वन्ध राम्रो थिएन् । तर यही मृगौलाको बिरामी हुँदा मेरो जीवनमा यस्तो यु टर्न आयो जिन्दगीनै बदलियो । मलाई मृगौला दान मेरो सासुले गर्नु भयो । यही घटनाले मेरो जीवनमा यु टर्न ल्यायो । त्यसैले म भन्छु २ दिनको जिन्दगीमा हामीले कहिल्यै पनि घमण्ड गर्नु हँुदैन् । अहिले मृगौला प्रत्यारोपण गरेको ५ वर्ष भइसकेको छ । मेरो जिन्दगी, प्यासन पुरानै रफ्तारमा फर्किएको छ । काम गरेकै छु । त्यस्तो केही समस्या छैन, ४४ वर्ष भए । अर्को कुरा रोग लाग्यो भनेर आतिनु हँुदैन् । आत्मविश्वास बलियो बनाउनु प¥यो । मुख्य कुरा बाच्न सिक्नु पर्छ, आटीलो हुनु पर्छ, हिम्मतिलो हुनु पर्छ, केही हँुदैन् ।
‘मृगौला बिरामी भनेर नतर्सिऔ’
- सुदर्शन पन्त
म अहिले ४४ वर्षको भए । भैरहवा बैंक कलोनीमा बस्छु । हिमालयन बैंक भैरहवा शाखामा जागिरे छु। आज भन्दा करिब १७ वर्ष अघि मेरो स्वास्थ्यमा अचानक समस्या देखियो । पछि परीक्षण गर्दा मृगौलामा खराबी भन्ने आयो ।त्यतिबेला भर्खर २७ वर्षको लक्का जवान । विवाह गरेको त्यस्तै साढे २ वर्ष जति भएको थियो । बाबु भर्खर १६ महिनाका थियो । एक्कासी अप्रत्यासित खबरले होस नै गुम्यो । के गर्ने के नगर्ने । घर परिवार, जागिर, फुल्दै गरेको सानो परिवार । म माथि दैबले एक्कै चोटी किन प्रहार गरे । मैले के गल्ती गरे जस्तो भयो । धेरै ठाउमा गएर परीक्षण गरे । कतै मृगौलामा कुनै खराबी छैन भन्ने रिपोर्ट आउछ की भन्ने आशमा । तर सबै ठाउँको परीक्षण त्यहि थियो । मृगौला खराब भइसकेको थियो । डाइलासिस निरन्तर वा प्रत्यारोपण गर्नु पर्ने भनि चिकित्सकहरुले सल्लाह दिए । ढिला गरे जे पनि हुन सक्छ भन्दा त जिन्दगी सोचे झै रहेछन भन्ने लाग्न थाल्यो । नेपालमा मृगौला प्रत्यारोपण हुन्थ्यो हुन्नथ्यो थाहा थिएन्, डाइलासिस काठमाडौंमा हुन्थ्यो । चिकित्सकको सुझावसँगै मृगौला प्रत्यारोपण गर्ने निधो भयो । दाता खोजेर भारतमा प्रत्यारोपण गर्ने सल्लाह भयो । भारतमा उपचार त्यसमा पनि मृगौला प्रत्यारोपण झन् महँगो । मध्यमवर्गका हामीलाई निकै समस्या घरपरिवार लगायतकोे सहयोगले सन् २००५ मा भारतमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो । त्यसपछि अहिले सम्म कुनै समस्या आएको छैन् ।
हेर्नुस आज १६ वर्ष भयो मृगौला प्रत्यारोपण गरेको । कसले भन्छ म मृगौला फेरेको मान्छे भनेर । विहान व्यायाम गर्छु, साइकल चलाउछु, दिनभरी अफिसमा हुन्छु, साथिभाईसँग घुम्छु, व्यस्त राख्छु आफूलाई । मृगौला फेरेपछि (प्रत्यारोपण) मान्छे धेरै बाँच्दैनन्, विवाह गर्न हँुदैन, विवाह गरे पनि बच्चा हुँदैन, काम गर्न सकिदैन भन्छन्, यो सब हावादारी कुरा र भ्रम मात्र हो, उदाहरण मै छु । १६ वर्ष भयो, मृगौला फेरेको । विश्वास गरांै आफूलाई । सकारात्मक सोच राखौं । आफ्नो बानी, खानपानमा सुधार गरौं । सब ठिक हुन्छ । एउटा कुरा के छ भने रोग लाग्यो भने जरो आएर पनि मान्छेको ज्यान जान्छ नि, हो हामी सचेत भने पक्कै हुन पर्छ । हामी सचेत रह्यांै र आत्मविश्वास बलियो भयो भने जस्तो सुकै रोग लागे पनि लड्न सक्छौं ।
मृगौला प्रत्यारोपण गरीसकेपछि खानपानमा ध्यान दिनु प¥यो, नियमित व्यायाम हामीले मात्र होइन सबैले गर्दा राम्रो हुन्छ, समयमा सुत्ने समयमा उठ्ने कम्तिमा ८ घण्टा सुत्ने, धुम्रपान, मध्यपान, मदिरापान नगर्ने, मानसिक तनावमा नरहने, ६।६ महिनामा परीक्षण गर्नु प¥यो र नियमित औषधी टुटाउन भएन । सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो, मलाई केही भएकै छैन भनेर सकारात्मक सोच लिएर हिड्नु पर्छ । हामी हाम्रो मृगौला सुरक्षित आफै गर्न सक्छांै । रोग लागेपछि औषधी गर्नु भन्दा पनि रोगलाग्न नदिनुनै सर्वोत्तम उपाय हो । त्यसैले कम्तिमा वर्षको एक पटक मेरो मृगौला कस्तो छ भनेर परीक्षण भने अवश्य गर्नु पर्छ ।
‘‘म आतिएकी छैन्’’
- आयुषा पाण्डे
मलाई मृगौलामा खराबी छ भनेर थाहा भएको २८ महिना पुगिसकेको छ । तर म आतिएको छैन् । सुरु सुरुमा एकदम निरास थिए । अब के होला । घर परिवार, जागिर, साथी संगीबाट टाढा हुने त होईन भन्ने निराशावादी सोच पहिला आउथ्यो । तर अहिले केहि जस्तो पनि लाग्दैन् । सुरुमा त एकदम अतालिएकी थिए । यस्तै रहेछ जीवन, भगवान्ले पनि के गर्दा रहेछन्, भाग्यमा यही लेखेको भनेर चित्त बुझाउँदै बस्थे । तर पछि विस्तारै उपचार, परीक्षणका क्रममा रहँदा मृगौलाको बिरामी भई उपचार पछि नयाँ जिवन पाउनु भएकाहरु धेरै भेटेपछि धेरै आत्मविश्वास बलियो भएको छ । अहिले पनि म नियमित डाइलासिसको क्रममा छु । प्रत्यारोपणको तयारीमा छु । आमाले मृगौला दिँदै हुनुहुन्छ । अहिले हामी दुबैको परीक्षण भइरहेको छ । आशा छ २ महिनामा प्रत्यारोपण हुनेछ । उपचारका लागि अहिले मेरो परिवारसंगै धेरै परोपकारी संस्थाहरुले सहयोग गर्नु भएको छ । सहयोग चाहे त्यो सानो होस्, चाहे ठूलो त्यो सबै मेरो लागि अमुल्य छन् । तपार्इंहरुको सहयोग र माया प्रेमले मलाई धेरै हिम्मत दिएको छ । ‘जस्तो सुकै भए पनि आत्मविश्वास गुमाउँनु हुँदैन’ भन्छु म । आत्मविश्वासनै ठूलो कुरा हो ।
मेरोे घर परिवारमा मृगौलाको समस्या खासै कोहीमा रहेको अहिले सम्म सुनेकी छैन् । तर मलाई २३ वर्ष हुदा देखियो । त्यसैले यो वर्ग, त्यो वर्ग, यो उमेर त्यो उमेर भनेर नबसौं कम्तिमा वर्षको १ पटक मृगौला परीक्षण गरौ, जनचेतना फैलाऔं । आफ्नो मृगौलाको सुरक्षा आफै गराैं । बाचाैं र बचाऔं ।
Get real time update about this post categories directly on your device, subscribe now.