• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

‘‘मृगौला फेरेका हामी’’

Shree News Ok by Shree News Ok
२६ फाल्गुन २०७८, बिहीबार ०९:०९
2 min read
46 1
45
SHARES
88
VIEWS

पछिल्लो समय बिभिन्न कारणले गर्दा मृगौला बिरामीहरुको संख्या बढ्दो छ । हामीहरु थाहै नपाई मृगौला रोगको शिकार बन्न सकिन्छ । मृगौलाले काम गर्न छाडेपछि मात्रै यो रोग लागेको थाहा हुन्छ । मृर्गौला जोगाउन व्यक्ति आफै सचेत हुनुपर्छ । मृगौलाका विषयमा धेरै भ्रम हरु पनि रहेका छन् । प्रत्यारोपण गरे पनि धेरै बाच्दैनन्, विवाह गरे राम्रो हुन्न, काम गर्न सकिन्न, छोराछोरी हुदैनन् भन्ने भ्रम छ । यस्ता भ्रमलाई चिर्न मृर्गौला प्रत्यारोपण गरेर सामान्य नागरिक सरह दैनिकी सञ्चालन गर्दै आएका रुपन्देहीका केही पात्रहरुसँग न्यूज ओकेका सम्पादक मनोरञ्जन शर्माले विश्व मृगौला दिवसको सन्दर्भ पारी गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौः

  • आयुषा पाण्डे
    कम्प्युटर अपरेटर
    सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देही


मेरो आमा (तिल कुमारी गैरे पाण्डे)ले मलाई मृगौला दिएर दोश्रो जिवन दिनु भएको हो । गत असार २९ गते मेरो प्रत्यारोपण भएको हो । अहिले ८ महिना पुगिसकेको छ मेरो प्रत्यारोपणको । म अहिले सामान्य अवस्थामा आईसकेकीछु । सङ्घीय आयोजना कार्यान्वयन इकाई रुपन्देही भैरहवामा कम्प्युटर अपरेटर पद (करार)मा कार्यरत छु । प्रत्यारोपणको २ महिनामा कार्यालयमा पुगेर काम गर्ने भइसकेकी थिए, मेरो सामान्य जिवन भइसकेको छ । अझै पनि प्रत्यारोपण गरेकाहरुलाई बिरामीकै रुपमा हेर्ने गलत धारणा छ समाजमा यो परिवर्तन हुनु जरुरी छ । ‘‘प्रत्यारोपण पछि म सामान्य अवस्थामा आइसके । म नियमित काम मज्जाले गर्छु ।’’ नियमित हिडडुल गर्छु । मास्टर्समा भर्ना हुदाहुदै बिरामी परे पछि अपुरो रहेको पढाईमा ध्यान दिएकी छु । लोकसेवा दिने सोच बनाएकी छु । प्रत्यारोपण पछि जीवन लामो हुदैन, स्वास्थ्य अवस्था राम्रो हुदैन, काम गर्न सक्दैनन भन्ने सबै भ्रम मात्रै हो। प्रत्यारोपण गरे पछि सफल जीवन जिएकाहरु म जस्तै यही वरपर कति हुनुहुन्छ उदाहरणका लागी । हो त्यति मात्र हो की प्रत्यारोपण पछि नियमित औषधि जिवन भर सेवन गर्नु पर्छ र नियमित रुपमा चिकित्सकको परामर्शमा रहनु पर्छ । अरु सबै सामान्य जस्तै हो ।

२०७५ साल कार्तिक तिर २४ बर्षको हुदा स्वास्थ्यमा सामान्य समस्या आउँदा परिक्षण गर्न चिकित्सक कहाँ पुगेकी थिए । चिकित्सकले भिडीओ एक्सरे गर्न भने । त्यही क्रममा रिपोर्टमा मृगौला बिग्रेको छ भने । विश्वास नै लागेन मलाई । पछि मंसिरमा काठमाडांै शिक्षण अस्पतालमा गएर परिक्षण गर्दा पनि त्यही रिपोर्ट आयो । औषधि सेवनले सञ्चो हुन सक्छ भनेर चिकित्सकले नआतिन सुझाब दिनु हुन्थ्यो । सुरु सुरुमा एकदम निरास थिए । अब के होला । घर परिवार, जागिर, साथी संगीबाट टाढा हुने त होइन भन्ने निराशावादी सोच आउथ्यो । सुरुमा त एकदम अतालिएकी थिए । यस्तै रहेछ जीवन, भगवान्ले पनि के गर्दा रहेछन्, भाग्यमा यही लेखेको भनेर चित्त बुझाउँदै बस्थे । तर पछि विस्तारै उपचार, परीक्षणका क्रममा रहँदा मृगौलाको बिरामी भई उपचार पछि नयाँ जिवन पाउनु भएकाहरु धेरै भेटेपछि धेरै आत्मविश्वास बलियो बनाउदै लगे मनलाई ।क्रिटिनिन बढे पछि डाईलासिस वा प्रत्यारोपणको बिकल्प भएन् । बिचमा कोरोनाका कारण उपचारमा धेरै समस्या रह्यो भने आर्थिक समस्या छदै थियो । तर म कतिपनि हिम्मत हारीन । सहयोगी सस्थाहरुले सहयोग गर्न थालेपछि हिम्मत अझ बढेर गयो । उच्च हौशला भयो । तपार्इंहरुको सहयोग र माया प्रेमले मलाई धेरै हिम्मत दिएको छ । जस्तो सुकै भए पनि आत्मविश्वास गुमाउँनु हुँदैन,भन्छु म । आत्मविश्वासनै ठूलो कुरा हो ।

मृगौला का बिरामी जो पनि हुन सक्छन् । त्यसैले यो वर्ग, त्यो वर्ग, यो उमेर त्यो उमेर भनेर नबसौं कम्तिमा वर्षको १ पटक मृगौला परीक्षण गरौ, जनचेतना फैलाऔं । आफ्नो मृगौलाको सुरक्षा आफै गरांै । बाचांै र बचाऔं । मृगौला बिरामीका लागी सरकारले निशुल्क डाईलासिस साथै सरकारी अस्पतालमा प्रत्यारोपण गरे ५ लाख रुपैया उपचारमा सहयोग गर्ने व्यवस्था गरेको छ । यो निकै राम्रो कुरा हो । खास गरी काठमाण्डौ बाहिर बस्ने हरुलाई उपचारका क्रममा बारम्बार काठमाण्डौ गैरहन पर्ने र गैरजिल्लाको डाईलासिस काठमाण्डौमा निशुल्क नहुने हुदा आर्थिक भार बढी छ । त्यसैले जहा गरे पनि निशुल्क डाईलासिस गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छ । साथै सरकारले बिभिन्न नीति ल्याई सहयोग गर्ने भन्छ । गत वर्ष पनि बजेटमा प्रत्यारोपण गरेकाहरुका लागी औषधीका लागी मासिक ५ हजार प्रदान गर्ने भनियो । तर अहिले सम्म कार्यान्वयन भएको छैन् । म जस्तो प्रत्यारोपण गरेका सामान्य आर्थिक अवस्था भएकाहरु धेरै हुनुहुन्छ जस्ले मासिक २० हजार रुपैया भन्दा बढी औषधिमा खर्चनु हुन्छ । हामीलाई मासिक पैसा होईन निशुल्क औषधि व्यवस्था होस सरकार अरु केही चाहिदैन ।

  • मनिष भट्टराई
    निर्देशक, बिबिएन(म्याक्स)
    रुपन्देही ।


मेरो मृगौला प्रत्यारोपण गरेको २१ वर्ष पुरा भएको छ । चिकित्सा बिज्ञानले पनि प्रत्यारोपण गरेको व्यक्तीको आयु सरदर १० देखि १५ वर्ष मात्र हुन्छ भन्छ । तर त्यसो होईन। मेरो २०५६ सालमा भारतमा मृगौला प्रत्यारोपण भएको हो । अहिले सामान्य मानिस जस्तै जिवन बिताएको छु । ५० वर्ष बाचेको पाएका छौ । त्यसैले मृगौला प्रत्यारोपण पछि धेरै आयु हुदैन भन्नु सरासर गलत हो । मृगौला दिने र लिने दुबैको आयु लामो हुन्छ । आम मानिस जस्तै स्वस्थ्य हुन्छन् । उदाहरण म आफै छु । मृगौला प्रत्यारोपण गरेकाहरुले बिबाह गरे पनि सफल हुदैन भन्ने भ्रम छ अझै पनि । मैले प्रत्यारोपण पछि बिबाह गरे । छोरा जन्मियो । त्यति हो हामीले औषधी नियमित खानु पर्छ, स्वास्थ्य सतर्कता अपनाउन पर्छ । अहिले म सामान्य आम मानिस जस्तै बाँचिरहेको छु । नियमित कामहरू गरिरहेको छु । मैले के महसुस गरे भने मृगौला रोगको सिकार जो सुकै पनि हुन सक्ने रहेछन् । जस्तोकी यो रोग देखा पर्नु अघि ३ महिनासम्म त मलाई केही समस्या नै थिएन । त्यसैले म सबै जनालाई सकिन्छ भने प्रत्येक तीन महिनामा सकिँदैन भने ६।६ महिनामा पिसाब परीक्षण गरेर बस्न आग्रह गर्छु । सामान्य मान्छेले पनि आफ्नो खानपानमा ध्यान दिँदा राम्रो हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानी सफा हुनु पर्छ । सकिन्छ भने तातो पानी पिउँदा धेरै राम्रो हुन्छ ।
मृगौला बिरामीले डाइलासिस नियमित अथवा ट्रान्सप्लान्ट (प्रत्यारोपण गरेपछि अन्य आम मानिस जस्तै जीवन व्यतित गर्न सक्छन् । यसको उदाहरण म आफै छु । मृगौला प्रत्यारोपण गरेको ६ वर्षपछि मैले विवाह गरे । मेरो वैवाहिक जीवन सफलता पूर्वक अघि बढेको छ । मेरो एउटा छोरा छ । श्रीमती पनि मेरो स्वास्थ्य प्रति सचेत छिन् । त्यसो त म नियमित व्यायाम गर्छु । १५ देखि २० किलोमिटरसम्म दैनिक साइक्लिङ्ग गर्छु । त्यसपछि आफ्नै व्यवसायमा दैनिक ८ देखि १० घन्टासम्म व्यस्त रहन्छु । त्यसैले म सबै दाजुभाइ दिदीबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने आफ्नो शरीरको नियमित परीक्षण गरिराख्नु पर्छ । मलाई केही रोग अहिलेसम्म छैन भनेर नबस्नु होस् । रोग लाग्नु भन्दा पनि रोगलाग्न नदिनु नै राम्रो कुरा हो ।
मृगौला प्रत्यारोपणपछि अहिले करिब २१ वर्ष पुरा भएको छ । त्यही हो प्रत्यारोपण पछि जिवनभरी नियमित औषधी सेवन गर्नु पर्छ । जुन खर्चिलो छ । राज्यले प्रत्यारोपण गरेका बिरामीहरुलाई मद्धत गर्नु पर्छ । सहयोग गर्ने भनेर नीति ल्याउछ तर कार्यान्वयन भएको पाइदैन । जसरी अहिले प्रत्यारोपण गर्न आर्थिक सहयोग उपलब्ध गराउँछ त्यसै गरी औषधीका लागि पनि मद्धत गर्न जरुरी छ ।

  • सुदर्शन पन्त
    कर्मचारी, हिमालयन बैंक
    भैरहवा शाखा ।


म अहिले ४५ वर्षको भए । भैरहवा बैंक कलोनीमा बस्छु । हिमालयन बैंक भैरहवा शाखामा जागिरे छु । हेर्नुस् आज १७ वर्ष भयो मृगौला प्रत्यारोपण गरेको । कसले भन्छ म मृगौला फेरेको मान्छे भनेर । विहान व्यायाम गर्छु, साइकल चलाउछु, दिनभरी अफिसमा हुन्छु, साथिभाईसँग घुम्छु, आफूलाई व्यस्त राख्छु । मृगौला फेरेपछि (प्रत्यारोपण) मान्छे धेरै बाँच्दैनन्, विवाह गर्न हँुदैन, विवाह गरे पनि बच्चा हुँदैन, काम गर्न सकिदैन भन्छन्, यो सब हावादारी कुरा र भ्रम मात्र हो, उदाहरण मै छु । १८ वर्ष भयो, मृगौला फेरेको । विश्वास गराैं आफूलाई । सकारात्मक सोच राखौं । आफ्नो बानी, खानपानमा सुधार गरौं । सब ठिक हुन्छ । एउटा कुरा के छ भने रोग लाग्यो भने जरो आएर पनि मान्छेको ज्यान जान्छ नि, हो हामी सचेत भने पक्कै हुन पर्छ । हामी सचेत रह्यांै र आत्मविश्वास बलियो भयो भने जस्तो सुकै रोग लागे पनि लड्न सक्छौं ।

मृगौला प्रत्यारोपण गरीसकेपछि खानपानमा ध्यान दिनु प¥यो, नियमित व्यायाम हामीले मात्र होइन सबैले गर्दा राम्रो हुन्छ, समयमा सुत्ने समयमा उठ्ने कम्तिमा ८ घण्टा सुत्ने, धुम्रपान, मध्यपान, मदिरापान नगर्ने, मानसिक तनावमा नरहने, ६।६ महिनामा स्वास्थ्य परीक्षण गर्नु प¥यो र नियमित औषधी टुटाउन भएन । सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो, मलाई केही भएकै छैन भनेर सकारात्मक सोच लिएर हिड्नु पर्छ । हामी हाम्रो मृगौला सुरक्षित आफै गर्न सक्छांै । रोग लागेपछि औषधी गर्नु भन्दा पनि रोगलाग्न नदिनुनै सर्वोत्तम उपाय हो । त्यसैले कम्तिमा वर्षको एक पटक मेरो मृगौला कस्तो छ भनेर परीक्षण भने अवश्य गर्नु पर्छ । सरकारले पनि मृगौला प्रत्यारोपण गरेकाहरुलाई डाइलासिस र प्रत्यारोपण गर्दा आर्थिक सहयोग गर्छ त्यसै गरी प्रत्यारोपण पछि नियमित औषधी सेवन आजन्म गर्नु पर्ने भएकाले पनि यस्को बारेमा केही सोचोस भन्ने मेरो धारणा छ ।

आज भन्दा करिब १८ वर्ष अघि मेरो स्वास्थ्यमा अचानक समस्या देखिदा मृगौला बिग्रेको थाहा लाग्यो ।। डाइलासिस निरन्तर वा प्रत्यारोपण गर्नु पर्ने भनि चिकित्सकहरुले सल्लाह दिए । ढिला गरे जे पनि हुन सक्छ भन्दा त जिन्दगी यतीकै रहेछ भन्ने हुन्थीयो र नेपालमा मृगौला प्रत्यारोपण हुन्थ्यो हुन्नथ्यो थाहा थिएन्, डाइलासिस काठमाडौंमा हुन्थ्यो । चिकित्सकको सल्लाह संगै मृगौला प्रत्यारोपण गर्ने निधो भयो । दाता खोजेर भारतमा प्रत्यारोपण गर्ने सल्लाह भयो । भारतमा उपचार त्यसमा पनि मृगौला प्रत्यारोपण झन् महँगो । मध्यमवर्गका हामीलाई निकै समस्या घरपरिवार लगायतकोे सहयोगले सन् २००५ मा भारतमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो ।

  • कृष्ण पाण्डे
    नायब महाप्रबन्धक
    अर्घाखाँची सिमेन्ट प्रा.लि. ।


म मृगौला प्रत्यारोपण गरेको व्यक्ति हो र यो मेरो जीवन दोश्रो जीवन हो । म ३४ वर्षको हुँदा मृगौलाले काम गर्न छाडेको थियो । अहिले मृगौला प्रत्यारोपण गरेको ८ वर्ष भयो । अहिले ४२ वर्ष भएको छु । त्यस्तो कुनै समस्या छैन् । मृगौला फेरेको मान्छेको बालबच्चा हुँदैनन् भनेर हल्ला गर्छन् । मृगौला फेरेको ३ वर्षमा हाम्रो परिवारमा छोराको जन्म भयो । यो भन्दा ठूलो उदाहरण के हुन सक्छ । वास्तवमा मृगौला प्रत्यारोपण गरेको मानिस आम मानिसले जस्तै जीवन जिउन सक्छ भन्ने उदाहरण म आफैलाई देखाउँन चाहन्छु  । बिहान ५ बजेदेखि मेरो दिन सुरू हुन्छ । लगभग ८ देखि ९ किलोमिटर मर्निङ्गवाक (बिहानी हिडाई) त्यसमा पाँच÷छ किलोमिटर दौड (रनिङ्ग) समेत हुन्छ । बिहान ९ बजे अफिस जानु र बेलुका ६ देखि ७ बजेसम्म घर पुग्नु मेरो दिनचर्या हो । म भन्छु रोग लाग्न नदिनु उत्तम हो । त्यसैले आफनो स्वास्थय प्रति सचेत आफै हुनु पर्छ । मृगौला प्रत्यारोपण गरिसकेपछि सावधानी धेरै अपनाउनु पर्दछ ।

मृगौला बिरामी भैयो भनेर आतिनु पर्दैन् । अहिले नेपालमा सरकारले निशुल्क डाईलासिसको व्यवस्था गरेको छ भने प्रत्यारोपण हुने सरकारी अस्पतालमा प्रत्यारोपण गरे ५ लाख रुपैया प्रत्यारोपणका लागी अनुदान आउदो रहेछ । त्यसैले आतिनु पर्दैन । उपचारमा सहयोगी हातहरु पनि भेटिन्छन् । तर प्रत्यारोपण पछि जिनव भरी औषधी सेवन गर्नु पर्छ, आर्थिक भार बढी छ । खर्च जुटाउन गाह्रो हुन्छ औषधीका लागी । मासिक ५ हजार देखि २५ हजार रुपैया सम्म औषधिमा खर्च हुन्छ । त्यसैले सरकारले प्रत्यारोपण गरी नियमित औषधि सेवन गरीरहेका बिरामीहरु प्रति ध्यान दिओस। आर्थिक सहयोग होईन, औषधीको उपलब्धता निशुल्क हुनु परयो । निशुल्क औषधी उपलब्ध भयो भने आर्थिक अवस्था कमजोर भएकाहरुलाई धेरै राहत हुन्छ, हुनेखानेले त जसरी पनि व्यवस्था गर्छन् । ३२ वर्षमा प्रवेश गर्दा मलाई सोही वर्ष एपेन्डिक्सले ठूलो दुःख दियो । मेरो एपेन्डिक्स बिग्रेर जीवनको अन्तिम समयमा डक्टरको प्रयास र समयमै भएको शल्यक्रियाले बच्न त सफल भए तर जीवनभर पिडा दिने रोगको सिकार हुन पुगे । एपेन्डिक्स बिग्रेकै कारण म मृगौला रोगको शिकार हुन पुगे । मृगौला रोगका कारण थियो एपेन्डिक्स बिग्रिएर फैलिएको विष जस्तै पदार्थ । पहिलो पटक यो रोग लागेको मैले थाहा पाउँदा म आफुलाई संसारको सबैभन्दा दुखी व्यक्ति ठान्न पुगे । जब मैले मृगौला खराब भएको जानकारी पाए । निकै निरास भइसकेको थिए त्यतिबेला ।

मैले यो रोगको दुई वटा मात्र विकल्प देखे । त्यो भनेको नियमित डाइलासिस या मृगौला प्रत्यारोपण । मैले सोंचे नियमित डाइलासिस त्यति राम्रो होइन, प्रत्यारोपण भनेको जीवन जिउन सकिने उत्तम विकल्प मैले ठाने । प्रत्यारोपण त गर्ने तर मृगौला दान गर्ने को भन्ने प्रश्नले मलाई पटक पटक विचलित बनायो ।

मेरो ठूलो दिदीले (उमेर ३८ वर्षमै) मलाई आफ्नो मृगौला दिन तयार हुनुभयो । मृगौला प्रत्यारोपणको लागि हामी मानसिक रूपमा तयारी त भयांै तर अगाडि आर्थिक समस्याको विकराल रूपमा आयो । परिवार, साथीभाइ , इष्टमित्र, काम गर्ने संस्था लगायतको सहयोगमा भारत दिल्लीको गंगाराम अस्पतालमा मृगौला प्रत्यारोपण भयो । तर पनि यसमा परिवार नातागोता सरसापटी सहयोग रह्यो  र महत्वपूर्ण योगदान म कार्यरत संस्थाका (अर्घाखाँची सिमेन्ट प्रा.लि.) प्रबन्ध निर्देशक राजेश अग्रवालज्यूको ठूलो सहयोग रह्यो । तसर्थ म उहाँलाई कर्म दिने बाबुको रूपमा लिने गरेको छु । ४ महिनाको लामो समय पछि काममा फर्किए । धेरै डर त्रास थियो । जीवनमा के हुने हो जस्ता कुराहरू जहिले पनि मनमा खेलिरहन्थ्यो तर मैले कहिल्यै हिम्मत हारिन् । श्रीमतीको अथाह माया , स्याहार र दैनिक खानपान साथै उसले गर्ने आमा जस्तो व्यवहारको कारणलेनै नै मेरो जीवनको यो बेलासम्म म एउटा आम मानिस जस्तै तन्दुरूस्त र हट्टाकट्टा छु । नियमित औषधी सेवन र परीक्षण गराई रहनु मेरो जीवनको बाँकी उमेरको प्रकृया हुनेछ ।

  • उज्जवल जोशी
    निर्देशक, जोशी प्याथोलोजी
    भैरहवा ।


आज भन्दा करिब १३ वर्ष अघि मेरो मृगौलामा समस्या देखिएको थियो । त्यस पछि थप परिक्षण गर्दा मृगौला खराबी हुन लागेको भनेर चिकित्सकहरुले भन्नु भयो । सुरुको अवस्था भएकोले नआतिन सुझाव दिनु हुन्थ्यो । तर जति भने पनि मन न हो, मृगौला खराब भनेको सुनेपछि आत्तिने कुरै भएन् । सुरुको अवस्था भएकाले केही हुँदैन भन्ने धेरै थिए । त्यही अनुसार औषधी र अन्य परीक्षण भैरहेको थियो । अहिले ३५ वर्षको भए । मृगौलाको समस्या देखिनु अघिनै विवाह भइसकेको थियो । छोरीको जन्म पनि भएको थियो । जसले जे भने पनि परिवारको चिन्ता भै हाल्छ नी । विस्तारै डर बढ्दै जान लायो । केही पो हुने होकी भन्ने डर बढ्दै गयो । तर हतास भने भइन् । म आफै ल्याब टेक्नििसियन भएका कारण नियमित परिक्षण गर्थे र यो सुरु मै थाहा भयो ६ वर्षसम्म नियमित औषधी सेवन गरे । तर डाइलासिस भने गरिनँ । एकै पटक प्रत्यारोपण गरे ।

५ वर्ष अघि उमेर भक्तपुर मानवअंग प्रत्यारोपण अस्पतालमा मृगौला प्रत्यारोपण सफलतापूर्वक भयो । त्यसपछि छोरा पनि जन्मियो । राम्रै छ । कुनै समस्या छैन् । नियमित व्यायाम गर्छु । खानपानमा ध्यान दिन्छु । मृगौला रोग लाग्यो भनेर आत्तिनु, तनाव लिनु भनेको आफ्नो बिरामी आफै बढाउनु हो । अहिले त निःशुल्क डाइलासिस हुन्छ । सरकारले उपचारका लागि पैसा अनुदानमा दिन्छ । त्यसैले आतिनु हुँदैन् । सहयोगी मन हरु हुन्छन् । बरु नियमित रुपमा स्वास्थ्य परीक्षण सकिन्छ भने वर्षको २ पटक नसके १ पटक नियमित रुपमा गर्दा धेरै राम्रो हुन्छ । जसरी मैले नियमित परीक्षण गर्दा सुरुमै थाहा भयो त्यसरी सुरुमै मृगौला मात्र होइन कुनै पनि रोगको बारेमा जानकारी प्राप्त भए उपचारमा धेरै सजिलो हुन्छ । त्यसैले हामी आफ्नो स्वास्थय प्रति आफै सचेत बनौं । नियमित व्यायाम गरौ, प्रशस्त सुतौ, खानपानमा ध्यान दिऔ । त्यति गरे जीवन आफै रफ्तारमा चल्छ । त्यति हो मृगौला आफैले ध्यान दिए सुरक्षित राख्न सकिन्छ ।

  • गौतम रौनियार
    ईन्जिनियर, बुटवल उपमहानगर पालिका ।


मृगौला प्रत्यारोपण गरेपछि दैनिकी निकै असहज हुन्छ ।धेरै बाचिदैन, काम गर्न सकिदैन भन्ने सबै भ्रम हुन् । यही हाम्रो वरपर प्रत्यारोपण गरेर २० वर्ष भन्दा बढी बाँचिरहनु भएको कति हुनुहुन्छ । अझै पनि सामान्य जिवन जिइरहनु भएको छ । म पनि यस्तै एक प्रत्यारोपण गरेको उदाहरण हँु । ६ वर्ष भएको छ प्रत्यारोपणको, सब ै ठिक छ अहिले । पेशाले ईन्जिनियर हुँ । नियमित रुपमा काम गर्छु, फिल्डमा जान्छु । केही समस्या छैन । अन्य मानिस सरहनै काम गरीरहेको छु । त्यसैले मृगौला प्रत्यारोपण गरेकाहरु काम गर्न सक्दैनन, भविष्य लामो हुँदैन भन्नु सबै बकवास कुरा हुन् । अहिले मेरो दैनिकी आम मानिसको जस्तो चलिरहेको छ । त्यति हो स्वास्थ्य प्रति बढी सचेत हुनु पर्दछ ।

मलाई स्वास्थ्यमा त्यस्तो कुनै समस्या थिएन् । आफ्नो काम मजाले गरिरहेको थिए जन्दगी आफ्नै रफतारमा दौडिरहेको थियो । खानपान, विलासिता जिवन त्यस्तो खासै केहि थिएन् । परिवारमा सबै खुसी थियौं, जिन्दगी चलिरहेथ्यो चलिरहेथ्यो हासीखुसी । २०७२ सालमा दौडिरहेको मेरो जिन्दगीको गाडीमा अचानक ब्रेक लाग्यो । देशमा भुकम्प आयो । मेरो जिन्दगीमा पनि त्यही भुकम्पको धक्का लाग्यो । अचानक स्वास्थ्यमा समस्या देखियो । परिक्षण गर्दा मृगौला खराब छ भन्ने कुरा आयो । मलाई त बिश्वासनै लागेन् । न कुनै सिन्ट्रोम, न कुनै त्यस्तो समस्या केही थियो । चिनेजानेको आफन्ति मार्फत सिधै दिल्लीको सर गंगाराम अस्पताल पुगे ।

अस्पताल पुग्ने बित्तिकै सामान्य चेकजाच र रिपोर्टका आधारमा चिकित्सकले मृगौला बिग्रेको छ भन्यो । मैले , म नेपालबाट आएको हूँ, टाढाबाट आएको छु, राम्रोसित परीक्षणनै नगरी यसो भन्नु हुन्छ, सिधै डाइलासिस भन्दिनुहुन्छ । चिकित्सकले सही कुरा हो भन्यो, मलाई विश्वास लागेन् । म अन्यत्र भेल्लोर, मुम्बई, लखनउ सब ठाउँमा गए । जहा पनि मृगौलामा समस्या छ भन्थे , अब अलि अलि विश्वास लाग्न थाल्यो र उपचार सुरु गर्नु पर्छ भन्ने लाग्यो । आफैले आफैलाई माया गर्नु पर्छ भन्ने धारणा म मा आयो । आत्म विश्वास बलियो बनाए । हौशला उच्च राखे । हिम्मत कमजोर बनाइन् । फेरी दिल्ली सर गंगाराम अस्पताल फर्किए  र उपचार सुरु गरे । डाइलासिस पनि सुरु गरे  ६ महिना सम्म । हप्ताको ३ पटक ४ पटकसम्म गरे । डाइलासिसकै क्रममा मैले बाच्न सिके । कतिपय बिरामी डाइलासिसकै क्रममा मरेको पनि देखे । त्यो देखेर परिवारका सबै डराउथे । तर मैले आत्मबिश्वास कैलै डगमगाउन दिइन् । मलाई मृगौला दान मेरो सासुले गर्नु भयो । अहिले मृगौला प्रत्यारोपण गरेको ६ वर्ष भइसकेको छ । मेरो जिन्दगी, प्यासन पुरानै रफ्तारमा फर्किएको छ । काम गरेकै छु । त्यस्तो केही समस्या छैन, ४४ वर्ष भए । अर्को कुरा रोग लाग्यो भनेर आतिनु हँुदैन् । आत्मविश्वास बलियो बनाउनु प¥यो । मुख्य कुरा बाच्न सिक्नु पर्छ, आटीलो हुनु पर्छ, हिम्मतिलो हुनु पर्छ, केही हँुदैन् । मुख्य कुरा प्रत्यारोपण पछि नियमित आजन्म औषधी खानु पर्छ । म अहिले मासिक २५ हजार रुपैयाँको औषधि खान्छु । त्यसैले सरकारले औषधि निःशुल्क पाउने व्यवस्था गरोस् । प्रत्यारोपण गरेका बिरामीलाई निःशुल्क औषधि दिने व्यवस्था सरकारले गरे सामान्य आर्थिक अवस्था भएकाहरुलाई सहज हुन्छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

लेख/अन्तरवार्ता

माघी अर्थात थारुहरुको उत्सव

अर्थहवा

चलायमान भैरहवा सम्भव छः ठाकुरकुमार श्रेष्ठ

लेख/अन्तरवार्ता

लुम्बिनी प्रदेशः पर्यटनमा अब्बल

लेख/अन्तरवार्ता

श्रीकृष्ण जन्माष्टमी पर्व

लेख/अन्तरवार्ता

भैरहवा, सञ्चारमाध्यम र आर्थिक–पर्यटन

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?