मनोरञ्जन शर्मा
भैरहवा ।
नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेशको आफ्नै पहिचान रहेको छ । विश्वमाझ नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी र विश्व चर्चित बर्दिया टाइगर लुम्बिनी प्रदेशमा छन् । लुम्बिनी प्रदेश नेपालको पर्यटन क्षेत्रका लागि एक अब्बल तारा भन्दा फरक नपर्ला ।
विश्व शान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, बुद्ध जीवनीसँग सम्बन्धित धरोहरहरु, बुद्धको मावली घर, अहिलेसम्म उत्खनन् नभएको बुद्धको अस्तिधातु रहेको रामग्राम क्षेत्र, बर्दिया निकुञ्ज, सिस्ने हिमाल, रुरुक्षेत्र (रिडी), बाँके निकुञ्ज, स्वर्गद्वारी, रानीमहल, गण्डकी क्षेत्र, लगायतका दर्जनौ स्थल लुम्बिनी प्रदेशका पर्यटन क्षेत्रका सम्पत्ति हुन्, तर पनि धेरै क्षेत्रहरु ओझेलमा छन् ।
बर्दिया जिल्लाको कृष्णसार संरक्षित क्षेत्र, कोठियाघाट (गेरुवा पुल नेपालको सबैभन्दा लामो पुल, डल्ला गाउँ होमस्टे, बबई नदीको पुल गोही अवोलोकन क्षेत्र कर्णाली पुल, ठाकुरबाबा मन्दिर, माता बगेछोरी मन्दिर, भुवर भवानीदेवीको मन्दिर, गावर भ्याली होमस्टे, दाङ जिल्लाको बारकुने दह, जखेरा ताल, चौघेरा रतनना मन्दिर, पुरन्धारा झरना, धारपानी मन्दिर (पाण्डवेश्वर मन्दिर), बगरबाबा मन्दिर, रिहार, चखौरा थारु मिउजियम रुकुम पूर्व जिल्लाको सिस्ने हिमाल, कमल दह, तकसेरा बस्ति, सिस्ने हिमालको फेदीमा पर्ने गुप्त दह, सम्पेदह, पुषालदह, सुनदह, ढोरपाटन बन्यजन्तु आरक्षण, ठुलीभेरी नदिको विभिन्न बिन्दुहरुमा, र्याफ्टिङ्ग सिमेन्री झरनारोल्पा जिल्लाको बजुबराह जलजला जजता हिमाल (वराह क्षेत्र), सुनछहरी झरना, सहिदमार्ग पदयात्रा, बाग जनयुद्धको एतिहासिक गाउँ स्वोरी प्रभुको जन्मस्थल टि (ख) गुफा, जुँगार र जिनासँग प्युठान जिल्लाको स्वर्गद्वारी, गौमुखी मन्दिर मुल झरना, खानेक पूजाको मान, इस्नायान, बोसरकोटमा होमस्टे, सरुमारानी लेकमा, ऐरावती विदरबारात नौमुरे जलविद्युत परियोजना, सुंगको लेक, दिल्हाना दहको बगर, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर नरपानी पाणिनी तपोभूमि फोना, निगे देउराली सिद्धेश्वर गुफा धातिवाङ, ७ तले गुफामा दुर्गाफाँटमा, मालारानीको मन्दिर, शिवगढीमाई, रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्र, गजेडी ताल गैडहवा ताल, नन्द भाउजु ताल, मणिमुकुन्दसेन दरबार, फुलवारी उद्यान, देवदह, जितगढी किल्ला, मर्चावारी मन्दिर बोगडी, बन बाटिका, बोलबम धाम सैनामैना, मानवपुर्खाको इतिहास भेटिएको वुटवलको रामापिथेकस, ओमसतिया माई बसडिलवा शिवालय, गुल्मी जिल्लाको रिडी , नेपालका चरामध्येको एक विशेष धाम, रेसुङ्गा ऋषिको तपोभूमि अर्जुन, रुद्रवेणी पूर्तिघाट धुर्कोट विचित्र गुफा दरवार देविस्थान, कालीगण्डकी, मुसिकोट, पाल्पा जिल्लाको काली गण्डकीमा ¥याफ्टिङ्ग, सत्यवती ताल, प्रभास ताल (कमल पोखरी) सीता, कुण्ड दर्छा, तानसेन दरबार प्याराग्लाईडिङ्ग, रानीघाट दरबार, अर्गली दरबार, भैरवस्थानको ऐतिहासिक मन्दिर, श्रीनगर डाँडा, ऋषिकेश मन्दिर, सिद्धबाबा धाम, मगर राज्यको ऐतिहासिक उद्गम थलो बल्ढेंगगढी, सुकेताल, कपिलवस्तु जिल्लाको जगदीशपुर ताल, जगदिशपुर थारु होमस्टे, तिलौराकोट, क्रकुछन्द बुद्धको जन्मभुमी गोटिहवा, कनकमुनि बुद्धको जन्मभूमी निगलिहवा, कपिलमुनि ऋषिको महत्व र तपस्यास्थल, शिवगढी किल्ला, स्युराज किल्ला, नवलपरासी जिल्लाको विश्व प्रसिद्ध रामग्राम स्तुप, इष्टदेवी पाल्ही भगवतिको प्रसिद्ध मन्दिर, नन्दन ताल, बुद्धमंगल ताल, धर्मपोखरी ताल, गैडाताल पण्डितपुर, देवदह ताल तरगौली, महलपोखरी, लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हिल स्टेशन भिलेज टुर साइकल यात्रा प्याराग्लाईडिङ्ग रोल्पाको युद्ध संग्राहलय जस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि रहेको लुम्बिनी पर्यटन परिषद्का अध्यक्ष राम जोशी बताउछन् ।
अबको बाटो भनेको कोरोनाले सतहमा आएको पर्यटन व्यवसायलाई अघि बढाउने हो । पर्यटन व्यवसाय तबसम्म अघि बढ्न सक्दैन जबसम्म आन्तरिक या बाह्य पर्यटकहरुको चहलपहल हुँदैन वा आवागमन हुँदैन । त्यसैले पर्यटन क्षेत्र चलायमान बनाउने आर्थिक क्षेत्र चलायमान बनाउने नीति आउनु पर्छ । नीजि क्षेत्रले पनि पर्यटन व्यवसायलाई अघि बढाउन सहकार्य गर्नु पर्छ । हाम्रो लुम्बिनी प्रदेश प्रकृतिको अनुपम उपहार हो । हिमाल, पहाड, तराई सबै यसै प्रदेशमा पर्दछन् । प्रकृती, साँस्कृति, जल, जमिन, वन्यजन्तु सबै कुराले यो प्रदेश अब्बल छ, र नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो लुम्बिनी प्रदेश जोशी भन्छन् । कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्वीक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यही अनुसारले अघि बढ्नु पर्दछ । यसको व्यापक प्रवद्र्धन गर्दै बढी भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई पर्यटक गन्तव्यमा पुराउने सके पर्यटनबाट यो प्रदेशले राम्रो फड्को मार्न सक्छ ।
कोरोना संक्रमणको विश्वव्यापी प्रभावले नेपालको पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन् । २०७६ चैत्रदेखि अढाई वर्ष भन्दा बढी समयसम्म नेपालका पर्यटकीय गन्तव्यहरु सुनसान रहन पुगे । आन्तरिक बाह्य पर्यटकले चहलपहल हुने काठमाडौं, पोखरा, लुम्बिनी, सौराहा लगायतका धेरै पर्यटकीय गन्तव्य सुनसान भए ।
कोरोना संक्रमणको असर नेपालका अन्यत्र झै लुम्बिनी प्रदेशमा पनि बेस्सरी देखियो । अब अहिले समय फेरिएको छ । कोरोना संक्रमणको जोखिम धेरै न्यून भएको छ । खासै छैन भन्दा पनि हुन्छ, तर पर्यटन मात्र होइन हरेक बजार अर्थक्षेत्र चलायमान हुन सकेको छैन ।
विश्व पर्यटन राम्ररी फस्टाउन सकेको छैन । अझै पनि चिन लगायत कति देशले आफ्ना नागरिकलाई बाह्य देश भ्रमण गर्न निषेध नै गरेका छन् । त्यसको असरले गर्दा पनि पर्यटकहरु घुम्न खासै आएका छैनन् नेपाल । आन्तरिक पर्यटकहरु पनि बिस्तारै भ्रमणका लागि निस्कने क्रम नेपालमा बढेको छ ।
पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको भान भए पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने पर्यटकहरु चाहे त्यो बाह्य मुलुकका हुन वा स्वदेशका पर्यटकीय स्थलमा राम्ररी आउन सकेको छैन् । मुख्य कुरा आम सर्बसाधारणको क्रय शक्तिमा कोरोनाका कारणले ह्रास आएको छ । साँझ विहान खर्च कसरी जुटाउने र सामान्य जिवन कसरी धान्ने भन्ने समय अहिले देखिएको अवस्थामा पर्यटन क्षेत्रलाई पुरानै रुपमा लैजान र चलायमान बनाउन अबको बाटो भनेको सरकारको उत्कृष्ट पर्यटन नीति आउनु पर्ने सिद्धार्थ होटल संघ नेपाल(सान) का अध्यक्ष एवं हानका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठ बताउछन् ।
अबको बाटो भनेको कोरोना पछि ब्युतिएको पर्यटन क्षेत्रलाई अघि बढाउने हो, यो पर्यटन व्यवसायीले मात्र गरेर हुँदैन सरकारको साथ अनिवार्य चाहिन्छ, श्रेष्ठ भन्छन् , अहिले पर्यटन क्षेत्रमा समस्या छ, कोरोना पछि धेरै आक्रान्त भएका छाैं, बैंकको किस्ताको कुरा होइन ब्याज तिर्न सकेका छैनौं, बैंकहरुले धमाधम लिलामी निकाली रहेको छ । त्यसैले सरकारले अब यो सबै विषयहरुमा सम्बोधन गर्नु पर्छ, पर्यटन व्यवसायीनै रहेनन् भने पर्यटन क्षेत्र कसरी चलायमान हुन्छ, पर्यटन क्षेत्र सुनसान रहँदा आर्थिक क्षेत्र कसरी चलायमान हुन्छ, अबको बाटो भनेको पनि त्यही हो पर्यटन क्षेत्र, आर्थिक क्षेत्रलाई चलायमान बनाउन अब सरकारले कस्तो नीति ल्याउने नीजि क्षेत्रले कसरी अघि बढ्ने भन्ने विषय प्रमुख हो ।
अब पर्यटन क्षेत्रको पुनरुत्थानको लागि एकजुट हुनु पर्ने समय आएको छ । पर्यटनलाई पुरानै रुपमा फर्काउन सबैको सहकार्य जरुरी रहेको सिद्धार्थ नगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान बताउछन् । हामी स्थानीयतहले भएका पर्यटकीय क्षेत्र, गन्तव्य, मठमन्दिरको संरक्षण, प्रवद्र्धन गर्ने हो, पर्यटकीय गन्तव्य नभए पनि संघसंग सहकार्य गरी कृतिम पर्यटकीय गन्तव्य पूर्वाधार बनाउन सकिन्छ । अब कसरी हुन्छ पर्यटकलाई आकर्षित गराउने खालका कार्यक्रमहरु ल्याउन सकिन्छ त्यस तर्फ सोच्नु पर्छ । ‘‘हामी सिद्धार्थनगरले त स्थलमार्ग हुँदै आउने प्रत्येक पर्यटकलाई सिमानाकामै गुलाफको फुलले स्वागत गर्ने योजना बनाएका छौं, डण्डा नदि करीडोरको योजना पनि छ । सबै मिलेर पर्यटकीय गतिविधिलाई अघि बढाउनु पर्छ ।’’ मेयर खानले भने ।
अब मास टुरिष्ट भन्दा पनि गुणस्तरीय टुरिष्ट आवागमन गराउँदै उनिहरुको बसाई अवधि बढाउने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिन्छन् लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरी राई । लुम्बिनीमा पनि विगतमा आध्यात्मिक कार्यक्रम गतिविधि हुँदै आएका थिए तर कोरोना पछि शुन्य भएकोमा अब फेरी बिस्तारै सुरु हुँदैछ, डा. राई भन्छन्, बिस्तारै लुम्बिनीको लय फर्कदैछ ।
पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेशले पर्यटन विकासलाई प्राथमिकतामा राखि गत वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । १२ जिल्लामा संस्कृतिक ग्राम (Cultural Village) कार्यक्रम अन्तर्गत मगर, गुरुङ, थारु, खस आर्य, मुस्लिम, यादवको संस्कृति संरक्षण र प्रवर्धनका निम्ति विस्तृत अध्ययन भएको छ र यो वर्षदेखि निर्माणका कार्य सुरु भएको मन्त्रालयका अधिकृत मुक्ति पाण्डेले बताए ।
त्यस्तै गरि परम्परागतरुपमा थारू, गुरुङ तथा मगर समुदायले उत्पादन गरिराखेका स्थानीय मदिरा–रक्सीलाई सामुदायिक रुपमा परीक्षण उत्पादन गर्ने र व्यवसायिक उत्पादनको सम्भावना पहिचान गर्नका लागि दाङ, बाँके, रुकुम र पाल्पा जिल्लामा कार्य थालनी भएको, लुम्बिनीको माटो र पनि प्रयोग गरी विभिन्न हस्तकलाका सामाग्री उत्पादन तालिम सञ्चालन भएको र यसले लुम्बिनी प्रदेशमा बिभिन्न हस्तकलाका सामान पनि बन्ने र रोजगारीको श्रृजना पनि हुने देखिएको छ ।
लुम्बिनी प्रदेशका गौरव लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल
बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश र देशले मात्र नभई शान्ति प्रति विश्वास राख्ने सबैको लागि गौरवको थलो हो । भगवान् गौतमबुद्धले पनि एक पटक जानै पर्ने बुद्धस्थलका रुपमा यो स्थानमा पुग्नै पर्ने भन्नु भएकाले पनि बुद्धधर्मावलम्बीहरु एकपटक लुम्बिनी आउन चाहन्छन् । त्यसैले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिए समृद्धीको बाटो कोरिन सक्छ ।
त्यसै गरी भैरहवामा हालै मात्र सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रदेशका लागि गौरवको विषय हो । अहिले दैनिक रुपमा हिमालयन एअरलाइन्सले मलेशिया र हप्ताको तिन दिन जजिरा एअरवेजले कुबेत उडान गरिरहेका छन् । विमानस्थलबाट कम्तिमा बौद्ध मुलुकहरुमा उडान सुचारु गर्न सके भारतको कुनै एक गन्तव्यमा उडान गराउन सके विमानस्थलले फड्को मार्ने थियो । विमानस्थललाई चलायमान बनाउन दिनहुँ उडान अवतरण हुनु पर्छ र यसका लागि लबिङ्ग गरिरहनु पर्छ ।
पर्यटनमा संभावना देखेर अर्बौको लगानीमा होटलहरु खुलेका छन् भने लुम्बिनी प्रदेशमा केही निर्माणका क्रममा छन् । विशेष गरी भैरहवा, बुटवल, लुम्बिनी नेपालगन्ज, दाङ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढेको छ । अर्बौको लगानी सुरक्षित गर्न पनि अब सरकारले पर्यटन क्षेत्रमा ठोस नीति ल्याउन जरुरी रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने बताउँछन् ।
Get real time update about this post categories directly on your device, subscribe now.