भद्रपुर, समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिका तीन दिनका लागि बन्द भएको छ ।
समुदायमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सेवाग्राहीको भीड हुने नगरपालिकाको प्रशासनिक काम तीन दिनका लागि रोकेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
नगरपालिका बोर्डले आजदेखि २३ गते शुक्रबारसम्म प्रशासनिक काम–कारवाही, फिल्डका कामलगायत राष्ट्रिय परिचयपत्रका लागि भइरहेको फोटो खिचाउने कार्य रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.