कोकिला भण्डारी – धनकुटा, टेलिकमका कार्यालय प्रमुख, लेखापाल, हिलेका प्राविधिक, घरेलुका कार्यलय प्रमुख, दुई शिक्षक सहित बिहिवार धनकुटामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जस्ले गर्दा संक्रमणकाे दर अति उच्च रहेकाे देखिन्छ ।धनकुटा नगरपालिकाबाट १७ जनाकाे स्वाव परिक्षणका लागि विराटनगर पठाईएकाेमा उक्त परिक्षणबाट ६ जना संक्रमित पुष्टि भएकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ ।परिक्षणकालागि पठाईएका ११ जनाकाे स्वावकाे नतिजा नेगेटिभ आएकाे छ । यसैगरि साँगुरिगढिकाे १७ जनाकाे नतिजा आउन नै बाँकी रहेकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुरागाईले जानकारी दिनुभयाे । उहाँका अनुसार आज पत्ता लागेका ६ जना सवैलाई शुक्रवार विहान सम्ममा धनकुटा अस्पतालकाे आईसाेलेसनमा राखिने छ ।
हालसम्म जिल्लामा २ हजार २२५ जनाकाे पिसिअार परिक्षण गरिएकाेमा ५७ जनाकाे रिपोर्ट पाेजेटिभ र २१५१जनाकाे रिपोर्ट नेगेटिभ अाएकाे छ । जसमध्ये १७ जनाकाे रिपोर्टआउन बाँकि रहेकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ । ४५ जना निकाे भएर घर फर्किएका छन् भने बाँकि २ जना सुनसरिमा र ४ जना धनकुटाकाे आईसाेलेसनमा उपचाररत रहेमा छन् । जिल्ला बाहिर पत्ता लागेका थप दुईजना समेत साेहि आईसाेलेसनमा रहेका छन् । ६ जनाकाे उपचार हुदैछ भने १२ जना आईसाेलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
Get real time update about this post categories directly on your device, subscribe now.