काठमाडौं,‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ को मुलनाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाइने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र समाजिक संस्था कृषिको लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि नेपालमा पनि विश्व खाद्य दिवस साताव्यापी मनाइने भएको हो ।
कृषि विभाग र अभियानले आज गरेको संयुक्त पत्रकार सम्मेलनमा खाद्य दिवस मनाउने बारेमा जानकारी गराएको छ । यस सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि संचार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ संचार प्रविधिको प्रयोग, कृषिमा आमसंचार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारिता लगायत खाद्य र खेतीका तत्कालिन सवालहरुमा प्रस्तुति र अन्तक्रिया हुनेछ । त्यसैगरी दोश्रो दिन कोभिड–१९, खाना र खेतीपाती विषयमा प्रस्तुति र अन्र्तक्रियाया सञ्चालन गरिनेछ भने तेश्रो दिन भूमि किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्धा बारे छलफल गरिनेछ । त्यसैगरि पाचौँ दिन खाना र खेतीपातीः ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।
यसैबीच देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने, कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी गराए । कार्यक्रमको सफलताको लागि सातै प्रदेशमा प्रचार प्रसार गरिएको पनि उहाँले बताए । यसबीच अक्टोबर १६ मा रोजगार गुमाएका एवम् विपन्न परिवारहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले आगामी दिनहरुमा यस किसिमको कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने धारण व्यक्त गरे ।
Get real time update about this post categories directly on your device, subscribe now.