जनकपुरधाम, सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउदा कोरोना संक्रमण देखिएको छ’ पौडेलले भनेका छन्, ‘मरो नजिकको सम्पर्कमा रहेका महानुभावलाइ सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गर्दछु ।’अनलाईनखबर
Get real time update about this post categories directly on your device, subscribe now.