तिम्रै यादको तट्पाईले फलामसरी खिएको छु
थाहा हुन्न टाढा छौ कति तड्पिदै म जिएको छु
माया भन्ने शब्दै यस्तै रैछ घरी–घरी तड्पाई रहने
पटक–पटक फाटेको मन सम्झौताले सिएको छु
स्वार्थी माया सधै क्षणिक हुन्छ निःस्वार्थी सदाबहार
सबै पीडा मेरै जिम्मा भो खुशी तिम्रै लागि दिएको छु
लगाएर लाउछु भन्ने हुन्न रैछ माया पिरीम, अचानकै भो
धेरै पीर नलिनु ल दोषी प्रमाणको जिम्मा आफैले लिएको छु
आकस्मिक भो मनको मिलन पतै भएन बसेको माया
विरक्तिएर पानीसरी झरेको आँसु आफैले पिएको छु
तिम्रै यादको तट्पाईले फलामसरी खिएको छु
थाहा हुन्न टाढा छौ कति तड्पिदै म जिएको छु !!
गजल
सुजता सुनुवार
इलाम नगरपालिका–३ इलाम
Get real time update about this post categories directly on your device, subscribe now.