भनीन्छ जीबन एउटा यस्तो किताब हो जुन किताब पल्टाएर हेरियो भने माया प्रेम सुख दुख अनि बेदनाले भरिएको पानाहरु नियाल्न र देख्न् सक्छौ । त्यहिँ जीबन भन्ने किताब बाट लिइएका केहि हिस्सा मलाइ अझै याद छ मेरो बालापन जहाँ म मेरी आमाको सारिको फेरलाइ समाएर साझ बिहानी त्यो मेरो प्रीय गाउँका पाखा, पखेरिमा घाँस, दाउरा गर्थे ।सारै खुशि हुन्थे त्यती बेला जब आमाले सानो डोकोमा घाँसको भारि लगाई दिनु हुन्थो अनि मैले रमाएर बोकेको ।
साचै नै आन्नद आउँछ त्यो बिगतलाई सम्झदा अनि फेरि त्यहि बालापनमा आफुलाइ र्फकाएर ति साथीहरु जुन साथीहरुसँग गोठाला जादा गट्टी ,चुङगी, खेलेर बस्तु हाउदा पनि थाँहा नपएको अनि छिमेकीको बाली खाएर गालि खाको । अहा कति रमाइला थिए ती पल जहाँ त्यो सेतो बुकीको फुल कपालमा सजाउदै खेतको आली आली नाच्दै गाउदै हिडेको । त्यो दिनलाई सम्झेर फेरि बाला पनमा र्फकन मन लाग्छ । तर बिडम्बना त यो छ कि जहाँ म चाहेर पनी र्फकन सक्दिन । सक्छु त केबल सम्झनामा आफुलाई डुबाउन ।
सुस्मिता सुनार
पत्रकार
मात्रिभुमी न्युज
Get real time update about this post categories directly on your device, subscribe now.