काठमाडौं, सरकार र अनसनरत डा। गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । डा। केसी २७ दिनदेखि आमरण अनसनमा बसेका थिए । केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति राति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् ।सहमतिअनुसार डा।केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.