काठमाडौँ , ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेका छन् । ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका साहलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साहले बा४२ प ६२६८ नम्बरको मोटरसाइकल गलत साइडबाट ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र २०० रुपैयाँ हालेर प्रहरीलाई घुस दिन खोजेका थिए । घुस रकमसहित साहलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.