सुनसरी, धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । सुनसरी जिल्लाको धरान –२ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । मृत्यु भएका पुरुषमा दीर्घ रोग भएको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.