काठमाडौं, सरकारले तोकेको धानको समर्थन मूल्यअनुसार किसानले व्यपारीबाट मूल्य पाएका छैनन् । उत्पादनमा किसानलाई प्रोत्साहित गर्नका लागि सरकारले धान बाली लगाउनु पूर्व नै धानको समर्थन मूल्य तोको थियो । गतअसार २ गते तोकिएको मूल्यअनुसार मोटा धानको प्रतिकेजी २७.३५ र मसिनो धानको प्रतिकेजी २८.८५ का दरले समर्थन मूल्य तोकेको थियो । तर अहिले धान खरिद गर्ने व्यपारीले प्रतिकेजी २२ रुपियाँको दरले किसानबाट धान खरिद गरिरहेको छ ।आ.व.२०७७/७८ को बजेट व्यक्तव्यमार्फत कृषि उपजको बजारीकरणका लागि सबै स्थानीय तहमा बजारको पूर्वाधार र राष्ट्रिय बजारसँगको सम्बन्ध विकासका साथै ७८ वटा कृषि थोक बजारको निर्माण गरिने भनिएको थियो तर त्यो अझै निर्माण भएको छैन ।
यतिखेर तराई मधेशका जिल्लाहरुमा धान भित्र्याउने काम धमाधम भइरहेको छ । व्यापारीहरु किसानका घरघर तथा खेतखेतमा पुगेर धान खरिद गरिरहेका छन् । सरकारले तोकेको समर्थन मूल्य अनुसार धान बेच्ने भनेपछि किसानले त्यसो भए यो भन्दा सस्तोमा भारतबाट खरिद गरेर ल्याउने किसानलाई चेतावनी दिएपछि किसानले धान बिक्री नहुने हो कि भन्ने डरले सस्तोमा धान बेच्न बाध्य भएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले बताए । किसानलाई न्यूनतम बचत हुने ग्यारेन्टी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको छ । समर्थन मूल्यअनुसार धान वा अन्य बाली बिक्री नभए त्यसलाई सरकारले खरिद गर्ने ग्यारेन्टी पनि मन्त्रालयले गरेको छ तर किसान विश्वस्त हुन नसकेको अध्यक्ष वस्नेतले बताए । किसानका उत्पादनलाई सरकारले खरिद गरिदिने अवस्थाको ग्यारेन्टी नगरेसम्म समर्थन मूल्य तोकिएका बालीहरुको समेत बिक्रीको सुनिश्चित नहुने देखिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.