• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

चाडपर्वहरूबारे केही कुरा

Shree News Ok by Shree News Ok
२३ कार्तिक २०७७, आईतवार १२:५४
1 min read
45 1
44
SHARES
86
VIEWS
डा. भगवानचन्द्र ज्ञवाली
मानिस सामाजिक प्राणी भएका नाताले कहिलेदेखि समूहमा बस्नथाल्यो र राज्यको उदय भयो भन्न नसकिएपनि चाडपर्वहरूले सामुदायिक महत्त्व र मान्यता पाएको भने सामन्तवादको उदयदेखि नै हो भन्ने स्पष्ट छ । सामन्तवादका आधारमा ब्राह्मणवाद, धार्मिक कट्टरता र जातीय विभेदको पनि जन्म भयो जब कि वेदहरू जातीय नभएर श्रमका आधारमा वर्गविभाजन गरिएको पाइन्छ जुन क्रमशः जातिभेदमा परिणत भयो । त्यसको संरक्षक बनेर सामन्तवाद, राजतन्त्र स्थापित भयो भने ब्राह्मणवाद त्यसको पोषक बन्यो । सामन्तवाद र ब्राह्मणवादद्वारा पोषित सामाजिक ईश्वर, स्वर्गनर्क, पुनर्जन्मका मान्यताहरू क्रमशः रूढ हुँदै जन्ममृत्यु आदि संस्कारसँग आवद्ध भएर संस्कृतिका रूपमा परिणत भए । अतः समाजलाई शासन, नियमन, निगमन गर्ने विषयमा सामन्तवाद शासकीय मूल स्वरूप र अन्तश्चेतना, चिन्तन र भावनात्मक विकासका पक्षमा ब्राह्मणवाद मानव सभ्यताका दुई समानान्तर शक्तिका रूपमा स्थापित भए ।
सामन्तवादले समाजलाई क्रमशः आफ्ना मुट्ठीमा कस्दै अविनाशी शक्तिका रूपमा शासन गर्नथाल्यो । परिवर्तनशील प्रकृतिका नियमअनुसार कृषियुग र औद्योगिक क्रान्तिका विकाससँगै पुँजीवादले सामन्तवादको जरा काटिदियो । विज्ञान र प्रविधिका विकासले आध्यात्मिकताका जगमा गम्भीर प्रहार ग¥यो । संस्कार र संस्कृतिका अभिन्न अभिव्यक्तिका रूपमा चाडपर्वले सामाजिक जीवनमा विशेष मान्यता प्राप्त गरे तापनि तिनले सामन्तवादी संस्कृतिका सुरक्षाकवचका रूपमा काम गर्दै आएका छन् । सामन्तवादको केन्द्र राजतन्त्र नेपालबाट केही वर्षअघि अस्त भएपनि सामन्ती संस्कार, संस्कृति र प्रवृत्ति यथावत् नेतृत्व पङ्क्तिमा जीवन्त छ ।
नेपालमा सबल सर्वलक्षणयुक्त सामन्तवादको स्थापना लिच्छविकालदेखि नै सुर भएको हो । परन्तु आधुनिक युगमा पश्चिममा विज्ञान, प्रविधि र औद्योगिक विकाससँगै सामन्तवादको मूलाधार मानिने पूर्वजन्म, पुनर्जन्म, स्वर्गनर्क र मानवीय विकासमा दैवीशक्तिको भूमिका बारेका रूढिगत विश्वासका जगमा गम्भीर प्रहार भयो र सास्कृतिक अन्धविश्वास र रूढिमा टिकेको हजारौं वर्षको इतिहास चर्मराउन थाल्यो । द्वन्द्वात्मक भौतिकवादले मानवीय अस्तित्व, सुख र समृद्धिमा ईश्वरीय शक्तिको प्रभावको अन्त्य मात्रै गरेन कि ईश्वरीय अस्तित्वमा नै प्रश्नचिह्न खडा ग¥यो र प्रगतिशील संस्कृतिका निर्माणमा जोड दियो । सामन्तवादी संस्कृतिले पुँजीवादी साम्राज्यवादी संस्कृतिका सुरक्षा परिधिमा रहेर त्यसका विकृतिहरूलाई आत्मसात गर्दै सर्वसाधारण जनतालाई बन्धनभित्र जकडेर जीवनको औचित्य र सार्थकतामाथि बोझका काम गर्नथाल्यो । सामन्ती तथा पुँजीवादी शोषणको पृष्टपोषण गर्दै वर्गीय भेदभाव र थिचोमिचो तथा वर्गीय द्वन्द्व चर्काउँदै लग्यो । माक्र्सवादले एकातिर शोषित उत्पीडित निमुखा वर्गको आर्थिक मुक्तिका निमित्त नयाँ मार्ग प्रसस्त ग¥यो भने अर्कातिर त्यसका निमित्त सामन्ती साम्राज्यवादी संस्कृतिका विरुद्ध नवीन जनवादी संस्कृतिका अपरिहार्यतालाई स्थापित ग¥यो । त्यसैले जनताले मान्दै आएका चाडपर्वहरूलाई जनवादी शैलीमा रूपान्तरण गर्दै समतामूलक उन्नत समाजको निर्माणमा तिनका महत्त्वलाई दर्शायो । संशोधनवादले नवसंशोधनवाद र उत्तरआधुनिक चरण हुँदै अन्त्यतः माक्र्सवादको खोल ओडेर छद्य रूपमा त्यही प्रतिक्रियावादी संस्कृतिकै जगेर्ना गर्नथालेको प्रस्ट नै छ ।
जनवादी लोकहितकारी संस्कृतिमा रूपान्तरण गर्न प्राकृत विज्ञान अनुकूल संस्कृतिको निर्माण हुनु आवश्यक छ जसले गरीब उत्पीडित जनताको जीवन यथार्थलाई प्रतिबिम्बित गर्छ र जीवनजगतको भौतिक यथार्थ बुझ्न मद्दत गर्छ ।
अहिले नेपाली निम्न तथा मध्यम वर्गमा हाम्रा पूर्वजहरूले मान्दै आएका चाडपर्वहरूलाई हेर्ने दृष्टिकोण र त्यसका आधिकारिकताको समस्या टडकारो देखिएको छ जबकि राज्यसत्ता कथित नामधारी कम्युनिष्टको कब्जामा छ तर सामाजिक सांस्कृतिक रूपान्तरणमा सिन्कोसम्म भाँचेको छैन र त्यसका सम्भावनाको किञ्चित मात्र पनि लक्षण देखापर्दैन ।
परम्परित चाडपर्वहरूलाई हामीले हेर्नेदृष्टिकोणमा द्वन्द्वात्मक भौतिकवादीको वर्गीय दृष्टि हुनुआवश्यक छ । चाडपर्वहरू जनताको आर्थिक, स्वास्थ्य, सामाजिक र सांस्कृतिक जीवनमा कत्तिको लागू हुन्छन् र जीवनोपयोगी छन् भन्ने कुराको निक्र्याेल गरेपछि सामन्तवाद अनुकूलका चाडपर्वहरूको परिमार्जन वा परित्याग गर्ने भन्ने निश्चित हुन्छ । जनताको सांस्कृतिक विश्वास रूढि र अन्धविश्वासमा आधारित छ । त्यसलाई चिर्न माक्र्सवादी विश्वदृष्टिकोणयुक्त चेतनाको विकास आवश्यक छ । अज्ञानता, कुरीति, कुसंस्कार, अशिक्षाका कारण जनताले बुझ्न नसकेका कुरालाई कम्युनिष्ट पार्टीको बौद्धिक वर्गले व्याख्या र विश्लेषण गरेर बुझाउन सक्नुपर्छ । जनताले परम्परित रूढिगत आस्था र विश्वासलाई चेत्न सकेनन् र परम्परित चाडपर्वहरूलाई परिमार्जन गर्न सकेनन् भने सामन्ती पुँजीवादी शोषणमूलक अर्थतन्त्रको समूल अन्त्य हुँदैन र जनताको स्वास्थ्य, वर्गीय आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणमा बाधापर्छ ।
नेपालमा राजतन्त्रको अन्त्य भएको भएपनि पराश्रित सामन्ती प्रतिक्रियावाद र दलाल सत्ताको अन्त्य भएको छैन । जुन जनताको आर्थिक सामाजिक सांस्कृति रूपान्तरणमा हरियो सर्पजस्तो भयानक अवरोध हो । नाम मात्रको सत्ताधारी कम्युनिष्ट पार्टीले त्यस अवरोधको काम गरेको छ । पुरानाको समूल अन्त्यका लागि नयाँको स्पष्ट मार्गचित्र देखाउनुपर्छ । त्यो काम सच्चा क्रान्तिकारीहरूले गर्नुपर्छ । अहिले नाममा क्रान्तिकारी वा माओवादी भनिएपनि झर्ला र खाउँलाका आशामा झुण्डिएका कतिपय विखण्डित झुण्डहरू अस्तित्वमा रहेका कारण क्रान्तिकारी र गैरक्रान्तिकारीका बिच भेद गर्न जनतालाई असाध्य कठिन भएको छ । राजनीतिक परिवेश जनयुद्धले ल्याएका बाढीले नराम्रोसँग धमिलिएको अवस्थामा सत्यासत्यको भेद गर्न जनतालाई कठिन भएको छ । छेपाराले सङ् फेर्न छोडेको छैन । त्यसैले सच्चा क्रान्तिकारीहरूका काँधमा आत्मपरिष्कारसहितको अग्रगामी भूमिकाको महत्त्व अझ बढ्न गएको छ । सांस्कृतिक रूपान्तरण न दुईचार जनाले बहिष्कार गर्दैमा न विधर्मीहरूका निन्दाबाट हुनसम्भव छ । सचेतनपूर्वक वैज्ञानिक विधिद्वारा एकएक केलाएर विश्लेषण नगरेसम्म परिमार्जन पनि सम्भव छैन । त्यसमा उपयोगितावादी दृष्टिकोण सार्थक हुनसक्छ र त्यसको थालनी आधारभूत तहबाट अहितकर तत्त्व पन्छाउँदै हितकर तत्त्वको विकास गर्दै समानान्तर रूपमा हुर्काउनु आवश्यक छ । सतहमा परिमार्जन गरेमा अन्त्यतः त्यसको पतन प्रतिक्रियावादी सामन्ती संस्कृतिकै तहमा वा अझ तल अराजक तहमा खस्किन पनि सक्छ । अतः राजनीतिक रूपान्तरणबिना सांस्कृतिक परिवर्तन सम्भव हुँदैन । सामन्तवादी अनुगामी संस्कृतिका अन्त्य गर्दै नयाँ अग्रगामी जनवादी संस्कृतिको स्तम्भ पनि खडा गर्दै जानुपर्छ ।
राजनीतिक आधार उपरिसंरचना हो जसले सबै नीतिको संरक्षण गर्छभने सांस्कृतिक आधार सामाजिक रूपान्तरणको मूलाधार हो जसले राजनीतिक रूपान्तरणको पृष्ठाधारको काम गर्छ । अतः राजनीतिक परिवर्तनले नेतृत्व गरेको सामाजिक परिवर्तनलाई सांस्कृतिक रूपान्तरणले मात्र पूर्णता दिन्छ । त्यसैले राजनीतिक परिवर्तनसँगै समानान्तरमा सांस्कृतिक परिवर्तन अनिवार्य हुन्छ । राजनीति विचार चिन्तन दर्शनमा केन्द्रित हुन्छ । निश्चित दर्शन, विचार चिन्तनबिनाको राजनीति अस्थिर र अस्थायी हुन्छ, स्थिर र स्थायी हुनसक्दैन । चाडपर्व संस्कृतिका अभ्यास र फूलझडी वा प्रस्तुतिका विषय हुन् ।
सांस्कृतिक रूपान्तरणका ठुल्ठुला भाषण गर्ने कार्यकर्तालाई प्रशिक्षण पनि दिने तर आत्मगत रूपान्तरणमा कत्ति चासो नराख्ने नेताहरू नै पुजीस्वादी साम्राज्यवादीहरूका पिट्ठु भएका र जनतालाई धोका दिएका समग्र उदाहरण छन् । विजयका निकट पुगेको जनयुद्धको विसर्जन नेता कार्यकर्ताका जीवनचर्यामा समग्र परिवर्तन नभएका कारण भएको हो । परोपदेशे पाण्डित्यम् का शैलीमा अरुलाई शिक्षा मात्रदिने आपूm परिवर्तन हुन नचाहने, आफै नबदलिई समाज संसार बदल्ने कुरा सपनामा दूधले नुहाएझैं हो । सामाजिक क्रान्ति सांस्कृतिक र राजनीतिक क्रान्तिबिना असम्भव छ भन्ने कुरा विगतको १० वर्षे जनयुद्धका विसर्जनबाट हामीले स्पष्ट बुझेका छौं । जनताको आर्थिक सांस्कृतिक रूपान्तरण गर्न नसक्नु जनयुद्धको असफलता हो । यो पाठ हामी दुनियाँलाई बुझाउन सक्छौं ।
संस्कृतिको व्यावहारिक पक्ष चाडपर्वहरू हुन् र जनताका दैनिक जीवनसँग चाडपर्वको घनिष्ट सम्बन्ध छ । व्यावहारिक जीवनका दैनिक क्रियाकलापमा परिवर्तनले समग्र संस्कृतिका रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेताहरू सांस्कृतिक पथभ्रष्ट भएमा पार्टीको समग्र संरचना भ्रष्ट हुन्छ । नेपाली कम्युनिष्टहरूमा पाखण्डी, व्यर्थ गुड्डी हाँक्ने, अरुलाई उपदेश दिनमा पाण्डित्य प्रदर्शन गर्ने प्रवृत्ति प्रबल रहेका कारण आन्तरिक रूपमा पार्टी र त्यसका कार्यकर्ता भ्रष्ट हुँदै गएको देखिन्छ । वर्तमान सत्तासीन कम्युनिष्ट नामधारी पार्टीको चरम पथभ्रष्टता त्यसैको परिणाम हो । पाखण्ड पार्टी नेता र कार्यकर्तामा यति हाबी भयो कि दर्शन, कार्यदिशा र लक्ष्य नै समाप्त भएर लुट र मोज गर भन्ने प्रवृत्ति प्रबल भयो । सांस्कृतिक रूपान्तरणको अभाव मुलुकको वर्तमान राजनीतिमा टड्कारो झल्किन्छ । सर्वहारा संस्कृतिको मूलाधार सामन्तवादी संस्कृति नै हो तर त्यसलाई माक्र्सले भौतिकवादी दर्शनलाई झैं खुट्टामा उभ्याउन सक्नुपर्छ । हामी टाउकाले टेकेर उभिएको शोषणमा आधारित पाखण्डी अवैज्ञानिक संस्कृतिमा रमाइरहेका छौं । सच्चा कम्युनिष्टले त्यसै संस्कृतिको रूपान्तरण गर्नुपर्छ जसमा आर्थिक अवस्था, राष्ट्रियता र जातीय सहिष्णुता समाविष्ट हुन्छ वर्गीय सहिष्णुताको अन्त्य हुनुपर्छ अर्थात् जसरी सामन्ती प्रतिक्रियावादी शक्ति र पुँजीवादी साम्राज्यवादी संस्कृति जनसाधारणका विरुद्ध हुन्छ र सर्वहशारा वर्गको विनाश गर्छ त्यसरी नै शोषित पीडित श्रमिक वर्गले पनि आफ्नो वर्गीय शत्रुका विरुद्ध जीवनमरणको सङ्घर्ष गर्नुपर्छ र सामन्तवा प्रतिक्रियावाद, पुँजीवाद, साम्राज्यवाद र दलालपुँजीवादको अन्त्य गर्दै समतामूलक समाजवादी समाजको निर्माणमा लाग्नुपर्छ ।
यतिबेला श्रमिक सर्वहारावर्गीय चेत देशमा नुन खाएको कुखुरोजस्तै शिथिल झोक्राएर आत्मबल गुमाएर निष्क्रिय बसेको छ । हामीले विद्यमान कुरीति, कुसंस्कार, अवैज्ञानिक आधारमा टिकेका चाडपर्वहरूलाई विज्ञानसम्मत र माक्र्सवाद अनुकूल परिमार्जन र परिष्कार गर्दै सामुदायिक र सामूहिक कार्यसम्पादन तथा मित्रतापूर्ण समाजव्यवस्थापनको एक चरणका रूपमा प्रयोग गर्नसक्नुपर्छ । विज्ञानसम्मत लोकसंस्कृतिको शासकले हौइन जनताले निर्माण गर्छ । संस्कृति र चाडपर्वहरूमा विद्यमान मानवीय तथा जनअनुकूल कुराहरूको रक्षा गर्दै विसङ्गत विकृत तत्त्वहरूको विनाश र तिनका स्थानमा नवीन मानवतावादी तत्त्व समावेश गर्दै जनताका हितमा नयाँ संस्कृतिको निर्माण तथा सामाजिक राजनीतिक रूपान्तरण गर्दै जानुपर्छ । पुरानाको अन्त्य नभई नयाँले स्थान पाउँदैन यो प्रकृतिको नियम हो । प्रकृतिमा निषेधको निषेध विधिद्वारा पुरानाको अन्त्य र नयाँको स्थापना हुन्छ । संस्कृति सारपक्ष हो र राजनीति बाह्यावरण वा वस्तुपक्ष हो । तिनमका पारस्परिक रूपान्तरणको आन्तरिक तत्त्व क्रियाशील हुन्छ । युगसन्दर्भमा स्थापित र विकसित चाडपर्वहरूलाई युगानुकूल गर्दै लैजानु वास्तविक रूपान्तरणको विधि हो । सामन्ती आडम्बरलाई यथावत् राखेर नयाँ संस्कृतिको निर्माण हुँदैन । चाडपर्वहरूका बहिष्कारले एकातिर सर्वसाधारण जनतासँग द्वन्द्व सिर्जना गर्छ भने अर्कातिर तथ्यसत्य बुझ्न र रूपान्तरणको वास्तविक बाटो पहिल्याउन समस्या पर्छ । अतः तिनका जगमा निहित कारण र कार्य रूप चाडपर्वहरूलाई क्रमिक वैज्ञानिक विश्लेषण र चिन्तन मननद्वारा परिमार्जन गर्नतिर लाग्नुपर्छ । जनतालाई तिनका कारणबारे बुझाउनु र परिमार्जनको बाटो देखाउनु सचेत माक्र्सवादी राजनीतिक नेता कार्यकर्ताको दायित्व हुन्छ तर मालिकका रूपमा होइन जनताका सेवकका रूपमा । समाजका आधार तहमा जनता प्रधान र उपरि तहमा कम्युनिष्ट नेता कार्यकर्ता प्रधान हुन्छन् । जनताबिना कसका लागि कसले किन क्रान्ति गर्ने ?
सामन्तवाद, पुँजीवाद प्रतिक्रियावादको समूल अन्त्य समाजवाद हुँदै साम्यवादमा नपुगेसम्म सम्भव छैन । अतः समानान्तर अस्तित्वशील प्रतिक्रियावादलाई सधै आफ्ना मुट्ठीमा राख्ने प्रयास गर्नुपर्छ । त्यसका आधार जनता हुन् । त्यसैले लेनिनले जनतालाई पानी र कम्युनिष्ट कार्यकर्ता माछाका रूपमा दाँज्नुभएको छ । सामन्ती संस्कृति पनि राजनीतिजस्तै शोषणमा आधारित हुन्छ । सामन्त र पुँजीपति व्यापारीहरू ‘सधै जनतालाई शोषण गर्ने ताकमा हुन्छन् । त्यही कुरा हाम्रो वर्तमान राज्यव्यवस्थामा देख्न सकिन्छ जुन जनताको करमा आश्रित परजीवीजस्तै भएर जनताकै दमन उत्पीडन र शोषणमा क्रियाशील रहेको छ । त्यो कुरा उसका आचरणबाट प्रस्ट बुझ्नसकिन्छ । त्यसको अन्त्यका लागि त्यसले अपनाएको विकृत संस्कृतिमाथि प्रहा् गर्नु आवश्यक छ ।
सत्तासीन वर्ग÷शासक वर्ग कोविड–१९ भाइरसझैं छद्यरूपमा जनघातमा क्रियाशील छ त्ष्यसैले कम्युनिष्ट खोल ओढेर वास्तवमा चौतर्फी रूपमा जनताको शोषण गर्नमा उद्यत छ । नत्र १२ वर्षे जनयुद्धबाट प्राप्त गणतन्त्रलाई बीभत्स र विकृत रूपमा प्रयोग गर्ने थिएन । कैøयौं अपाङ्ग, कैøयौ अभिभावकविहीन, कैøयौ आर्थिक रूपले तन्नम पिएलए योद्धाहरूको घोर अपमान गर्ने थिएन । उसप्रति अविश्वास नै उसका विरुद्धको पहिलो पाइलो हो । अहिजे सम्पूर्ण जनताका मनमा उसप्रति अविश्वास पलाएको छ । यहीबाट वर्तमान राज्यव्यवस्थाका अन्त्यको पहल हुनु आवश्यक छ । अतः चाडपर्वहरूलाई दलाल पुँजीवादी नोकरशाही राज्यव्यवस्थाको जगमा प्रहार गर्दै मनाउनु अहिलेको आवश्यकता हो । अस्तु ।

bhchgnyawali@gmail.com

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?