डा. हेमन्त कुमार हलवाई
दशैं पछिको ठूलो पर्व तिहार सुरु भइकेको छ । तिहारको झिलिमिली जताततै देखिएको छ । तर यसपालि दशैंमा जस्तै तिहारपनि भौतिक दुरी कायम गरी मनाउनु पर्नेछ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई दशैं त मनाइयो अब तिहार, नेपा सम्बत, छठ पूजा मनाउनु पर्नेछ ।
कोरोनाको यो महामारीको समयमा सामाजिक तथा भौतिक दुरी कायम गर्नुपर्ने छ र बाहिर नगई परिवारसंगै बढी समय बिताउनु आवश्यकता हो तिहार भन्ने बित्तिकै दिपबत्ति, मखमली तथा सपयपत्रि फुल, रोटी, मिठाई र खाद्यवस्तु बढी प्रयोग हुने उत्सव भनेर पनि बुझिन्छ ।तिहारमा गुलिया मिठाई, बिभिन्न प्रकारका रोटी र तेलमा तारेका दातमा चप्किन (टासिन)सक्ने खानेकुराहरु बढी प्रयोग हुन्छ ।
हामीले हाम्रो शारीरिक स्वस्थको ख्यालगरि चिनी अलि कमगर्नुपर्ने हुन्छ यो बेलामा र हाम्रो दात तथा मुख स्वस्थको पनि ख्याल राख्नुपर्ने हुन्छ किनभने बढी चिनी भएको मिठाई खाद्य बस्तु खादा दातमा किरा लाग्ने समस्या हुनसक्छ ।साथीभाईसंग रातिरातिको भेटघाट र हानिकारक खानेकुराहरुको सेवनले हाम्रो स्वास्थमा गम्भीर असर पु¥याउन सक्छ । चाडबाडको समयमा धेरैले आफ्नो नियमित व्यायाम, पोषिला खानेकुरा, राति ब्रस तथा आफ्नो मुख स्वास्थको ख्याल राख्ने गर्दैनन् । हाम्रो मुख स्वस्थमा असर पर्न नदिन केहि पाइलाहरु हामीले चाल्न सक्छौं ।
हामीले दिनमा दुइचोटी ब्रश गर्नेपर्ने हुन्छ । जतिनै ढिला भएपनि राति ब्रश नगरि सुत्नु हुदैन् । हरेकचोटी खान खाएपछि राम्रोसंग मुख कुल्ला गर्नुपर्ने हुन्छ । मिठाईहरुको सेवन गरेपछि मजाले कुल्ला गर्नु पर्छ । कुल्ला गर्ने औसधि किनेपनि हुन्छ नभए घरमै मिन्ट, अलोएवेरा, तथा नुन पानी प्रयोग गर्न पनि सकिन्छ र यसका साथै राती सुत्नुअगाडी जिब्रो पनि मजाले सफा गर्नुपर्ने हुन्छ ।
मिठाईलाइ हामीले फलफुलसंग साट्नपनि सक्छौ । मिठाई प्रयोग कम गरी फलफुलको प्रयोग बढी गर्दा स्वास्थय राम्रो हुन्छ । ड्राई फ्रुडको प्रयोग पनि राम्रो हुन्छ । खासगरी स्याउ र अन्य फाईबरयुक्त पदार्थहरु सेवन गर्न सकिन्छ जसले हाम्रो दातलाइ पनि सफा राख्छ र हाम्रो मुखलाई पनि स्वस्थ बनाउछ। फ्रेस जूसको पनि सेवन गर्न सकिन्छ जसले हाम्रो शरीर भित्र तरल पदार्थको मात्रा बढाउनका साथै साना साना कड़हरु जुन चै हाम्रा दातमा अड्केका हुन्छन, उनीहरुलाई निकाल्ने काम पनि गर्दछ । बच्चाहरुको लागि भिटामिनयुक्त चकलेट पनि पाउने गरेको छ । तारेको, घिउ तेल मसाला बढी हालेको खाद्य बस्तुको प्रयोग बढी गर्दा दात मात्रै होईन पुरै शरिरलाई हानिकरक हुन्छ ।
पानीको धेरै सेवन गर्नु भनेकै स्वस्थको लागि निकै महत्वपूर्ण कुरा हो । यस तिहारमा आफुलाई स्वस्थ्य बनाउन पानी पर्याप्त मात्रामा खाने गर्नु पर्दछ । मिठाईको सेवन अगाडी तथा पछाडी पानी खानुपर्ने हुन्छ जसले गर्दा दातमा खानेकुराहरु टासीदैन । एसले हाम्रो ¥यालको क्वालिटी पनि राम्रो बनाउछ र सुक्खा मुखबाट हुनसक्ने विभिन्न रोगहरुबाट बचाउछ ।
सकेसम्म सोडा, कफी, सुगर इत्यादिको सेवन कम गरौं । स्वाद लिनलाई मात्र सेवन गरे शरिरलाइ हानी गर्दैन र कुनैपनि कुरा धेरै खाए हानिकारक हुन्छ भनेर त जगजाहेर नै छ ।
(डां हलवाई युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज(डेन्टल कलेज)का उप प्राचार्य तथा स्माइकल एन्ड प्रोफाईल डेण्टल क्लिनिक भैरहवाका निर्देशक हुन्)
Get real time update about this post categories directly on your device, subscribe now.