ब्रह्मा कुमारी शान्ति
कुनै पनि स्थानमा मनाइने पर्वहरुमा त्यहाँको धर्मदर्शन, रहनसहनको तरिकातथा रितिरिवाज अनि मूल्य र मान्यताका साथै सभ्यताको झलक देख्न पाइन्छ । कुनै पर्वहरु देवीदेवताहरुसँग सम्बन्धित हुन्छन् भने कुनै पर्वहरु धर्म स्थापकहरुको जीवनगाथासँग सम्बन्धित हुन्छन् ।कुनै पर्वहरुले केही विशेष घटनाहरुको स्मृति दिलाउने गर्दछन् भने कुनै पर्वहरुले विशेष जीवनदर्शन तिर आर्कषित गरिरहेका हुन्छन् । कुनै पर्वहरुमा विशेष नाचगान,गीतसंगीत, नाटक, मेला, पूजापाठ साथै सजावटको महत्व हुन्छ भनेकुनै पर्वहरुमा आपसी एकता, सद्भाव र मेलामिलापको महत्व हुने गर्दछ । कुनै पर्व व्यक्तिगतमहत्वका हुन्छन् भने कुनै पर्वहरु राष्ट्रिय,अन्तराष्ट्रिय महत्वका हुन्छन् ।जुनसुकै विधि रमहत्वको साथ मामनाइने पर्व भएता पनि हरेक पर्वले मानवजीवनमा एउटा नवचेतनाप्रदानगर्ने कुरामा भने दुई मतहुन सक्दैन । हरेक चाडपर्वहरु मानवका निम्ति केही न केही विशेष प्रेरणा दिनका निम्ति नै आइपुगेका हुन्छन् ।
कुनै पनि देशको सांस्कृतिक धरोहरा तथा नैतिक सम्पदालाई जोगाई राख्नका लागि पनि पर्वहरु सहयोगी बनीरहेका हुन्छन् । सांस्कृतिक विविधताको देश हाम्रो नेपालमा पनि विभिन्न खालका पर्वहरु मनाइने गरिन्छ । चाहे त्यो दशैं होेस् या तिहार, शिवरात्री होस् या होली अनि जनैपूणिमा या श्रीकृष्णजन्माष्टमी । हरेक पर्वको पछाडि अवश्य केही न केहीआध्यात्मिक रहस्यहरु लुकेको पाइन्छ ।
तर आजभोलीपर्वहरु मात्र परम्परा निर्वाह गर्नका निम्तिमनाउने गरिन्छ अनि ति पर्वहरुले दिन खोजेको मुल प्राप्तिबाट मानव बञ्चीत हुनपुगेको अवस्था छ । हरेक मानवजीवनमा खुशी चाहन्छ, उज्यालो चाहन्छ, अनि सत्यतालाई अङ्गीकार गर्न चाहन्छ । तर मानवको यो मनोकामना आज पुरा हुन सकिरहेको छैन । त्यसैले पर्वहरु मनाउने क्रममा यस भित्रका आध्यात्मिक रहस्यलाई बुझेर त्यसै अनुरुप मनाउन सक्यौ भने मात्रपर्वहरु मनाएको सार्थकता हुनेछ ।
पर्वहरुको श्रृंखलामा दशैं पछिको दोस्रो महत्वपूर्ण पर्व तिहारलाई लिइन्छ । वर्षायामको सीलन(चिसो–ढुसी) तथा फोहोर मैलाको शुद्धिका लागि हाम्रो सामाजिक व्यवस्थामा एउटा अत्यन्त सुन्दर प्रावधानतिहारको रहेको छ भन्दा पनि हुन्छ । तिहारको आगमनसंगै घर आगनको सरसफाई र रंगरोगनको शुरुवात तथा फूलमालाको व्यवस्था गर्दै तिहारलाई भव्यता प्रदान गर्नमा हामी जुटीरहेका हुन्छौं ।
तिहारमा खासगरी दिपावलीको दिनमा अंसख्य दियोहरु बालेर धन्यधान्य परिपूर्ण हुने विश्वासमा लक्ष्मीको आव्हान गर्ने गरिन्छ । व्यापारीहरु यसै दिनमा पुरानो खातालाई बन्द गरी नयाँखाताको थालनी गर्ने गर्दछन् । एक आपसमा शुभकामनाको लेनदेन गर्नुको साथै मिठाई बाड्ने चलनपनि रहि आएको छ । त्यस्तै भाईटीकाको दिनमा दिदीबहिनीहरु आ–आफ्नो दाजुभाईहरुको निधारमा सप्तरंगी टीका लगाउँदै विभिन्न विधि मार्फत सुस्वास्थ्य अनि दिर्घायुको कामना गर्ने गर्दछन् । लक्ष्मीपूजा, दाजुभाइहरुको सुस्वास्थ्यकोकामनाको साथै यस पर्वमाकाग, कुकुर आदि प्राणिहरुको पनि पूजा गरी प्राणी मात्रामा सम्मान गर्ने पनि प्रचलन छ ।
प्रतिवर्ष हामी तिहार त मनाउँदै आइरहेका छौं , त्यस अनुरुप हाम्रो मन कतिको उज्यालो भएको छ ? समाजमा दरीद्रता कति न्यून हँदै गइरहेको छ, अनि हामी कति नैतिकवान बन्दै गईरहेको छौं ? आपसी सद्भावमा कतिको बृद्धि भएको छ ? यो सोचनिय विषय हो । आध्यात्मिक तथा भौतिक दुवै दृष्टिकोणले महत्वपूर्ण यो पर्व तिहारमाहामीले भौतिक सजावट लाई त मुख्य स्थिान दियौं तर आन्तरिक, आध्यात्मिक, आत्मिक सजावट अधुरै रहन गयो । अब खाँचो छ आध्यात्मिक शैलीले यस पर्वलाई मनाउनुको ।
महाज्योति परमपिता परमात्मा शिवले तिहार मनाउन अत्यन्त सुन्दर आध्यात्मिक दृष्टिकोण प्रदान गर्नु भएको छ । परमात्मा भन्नुहुन्छ “वर्तमान कलियुगी अंध्यारो रातमा अब तिमी स्वयं दीपक बनेर अनेकौ दीपक जगाउँदै जाउ । तिमी स्वयं एक चैतन्य आत्मा दीपक हौं । यो तिम्रो वास्तविक पहिचान हो । हामीले अब यथार्थमा दीपावली र भाईटीका(तिहार)मनाउने हो भने बाह्य सरसफाईको साथै अन्तरमनको सफाई पनि गर्नु पर्दछ । हामीले अब मन भित्रका अशुद्धीहरु काम, क्रोध, लोभ, मोह, अहंकार, कटुपना, कलुषितभावना बदलालिने, एक अर्कामा दोषारोपण गर्ने गलत दृष्टिकोण आदि इत्यादि दुर्गुण रुपी मैलोपनलाई बाहिर निकालेर मनभित्र ज्ञानको दियो बाल्नु पर्दछ । परमात्माले दिएको आत्मज्ञान नै वर्तमान समाज माव्याप्त अज्ञान, अन्धकार, पापाचार, अत्याचार, हत्या, हिंसा आपसीझै–झगडा टुटफुट अनैतिकता कुकृत्यलाई भगाउने, अन्त्य गर्ने अत्यन्त उपयुक्त हतियार हो ।
देह र देहसंग सम्बन्धित विषयवस्तुले मानवलाई आज देवतुल्य अवस्थाबाट असुर समान अवस्थामा पुरयाएको तीतो यर्थाथलाई हृदय गंम गर्दै आत्मिकभावलाई जागृत गरौं । आत्मिकभावलाई सदा–सदा जोगाई राख्न परमात्मा ज्योतिसँग सम्बन्ध स्थापित गरौं । दिनहुँ आत्मालाई शक्तिशाली दीपक बनाउने अभ्यासको शुरुवात गरौं । सुख, शान्ति प्रेम, आनन्द, ज्ञान, शक्ति र पवित्रतायी सातगुणको स्वरुप आत्माहामी अब आफ्नो मुल स्वरुपमा अवस्थित भएर यी गुणको अभ्यास गर्दै भरपुरताको अनुभूति गरांऔं । जीवनलाई रंगीन बनाऔं । निधारमा लगाइने सातरंगी टीकालाई नै गुणहरुको प्रतिकको रुपमालिन सकिन्छ । त्यस्तै, जीवनमा कति गलत कर्म भएक ति असल यसको हिसाबकिताब गरी गलतकर्मको खाता बन्द गर्दै पुण्य कर्म, सत्कर्मको नयाँ खाता खोल्ने कार्य गरौं । पूजामात्र हैन प्राणी मात्रा मा दयाभाव जागृत गरौं । क्षणिक स्वार्थ र स्वादको लागि प्राणिको हत्या नगरौं । दीपावलीको एक दिनमात्र हैन जीवन भरी नै सदा सर्वदा शुभ सोच्ने, शुभ बोल्ने, शुभकार्य गर्ने गरौं । यसका लागि शुभ संगत गरौं । जहां हरेक आत्माले यसरी शुभकार्यको थालनी गर्दछ त्यहा स्वतःवास्तविकदीपावलीहुने छ । जहाँ सत्कर्म र शुभकर्मको उज्यालो हुन्छ त्यहाँनै लक्ष्मीको बास हुन्छ अर्थात जहाँपवित्रता र स्वच्छता हुन्छ त्यहाँ नै सुख, शान्ति, समृद्धि हुन्छ । त्यसैले भौतिक रीतिले मात्र हैन आध्यात्मिक रीतिले पर्वहरुलाईमनाउने विधिलाई अपनाउ भने बल्ल प्रत्येक मानवको चाहना र मनोकामना पुरा हुनेछ ।
वास्तवमा तिहार पर्व अर्थात दीपावली, भाईटीकाले हामीलाई दिनखोजेको सत्प्रेरणा पनि यही हो । अनि यसपर्वसंग सम्बन्धित जति पनि किंवदन्ती, पौराणिक कथा तथा मान्यता, अनिप्रचलन छन् ती सबैको सार या भावार्थ पनि यही नै हो कि दैवीशक्तिको विजय अनि अन्धकार माथि ज्योतिका, उज्यालोको विजय र विजयउत्सवको खुशी प्रकट ।
यही सारलाई बुझेर तिहार अर्थात भाईटीका दीपावलीपर्वको सतप्रेरणालाई मनन गरी आसुरीयता, अन्धकार र असत्यता माथि विजय प्राप्तिका निम्ति आध्यात्मिकतालाई जीवनमाअगाल्न सकौं । अनि मात्र प्रतिकुल परिस्थितिमा पनि हामी खुशी र निश्चिन्त रहन सक्ने छौं । अतः यहाँहरु सम्पूर्णको जीवनमा सत्कर्मको नयाँ खाता खुलोस, सतगुणले जीवन रंगीयोस, आध्यात्मिक जागृतिको दियो बलोस् । यही हार्दिक शुभकामना । ओम शान्ति
(लेखक ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालको क्षेत्रीय प्रमुखको रुपमा भैरहवामा सेवारत हुनुहुन्छ ।)
Get real time update about this post categories directly on your device, subscribe now.