न्यूज ओके रिपोर्टर
लुम्बिनी प्रदेशमा कहाँ बाघ होला भनेर घोत्लिनु होला । हो लुम्बिनी प्रदेशका बर्दिया, बाँकेमा बाघ रहेका छन् । बर्दिया टाइगर भनेपछि बिश्वमै प्रसिद्ध छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके निकुन्जमा बाघहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गरिएको गणना अनुसार ८७ वटा बाघ रहेका छन् र अहिले थप बढेको अनुमान निकुञ्ज अधिकारीहरुको छ । त्यसै गरी बाँके निकुञ्जमा २१ वटा रहेका छन् । बर्दिया निकुञ्जमा सन् २०१४ मा ५० वटा बाघ रहेकोमा ४ वर्षमा २७ वटा बाघ बढेको अधिकारीहरुको भनाई छ । बाघका लागि आवश्यक खाना तथा आहारा र वासस्थानको राम्रो व्यवस्थापनसंगै चोरी सिकारी नियन्त्रणका कारण बाघको संख्या बढ्दै गएको हो ।
बाघको आहाराको रुपमा रहेका अन्य पशुहरु चित्तल, बदेल लगायतको संख्या समेत निकुञ्ज क्षेत्रमा बढीरहेको छ । लुम्बिनी प्रदेशको बर्दिया र बाहेक अन्य पहाडी क्षेत्रमा समेत बाघ रहेको अनुमान छ । तर निकुञ्ज क्षेत्रमा मात्रै गणना हुने गरेको छ । सन् २००९ मा भएको बाघ गणना हुँदा नेपालमा १२१ वटा बाघ रहेकोे थियो भने सन् २०१८ को बाघ गणनामा नेपालमा २३५ बाघ रहेको पाइएको छ । सन् २०२२ सम्म नेपालमा बाघको संख्या २५० पु¥याउने गरी संरक्षणको काम भैरहेको अधिकारीहरुको भनाई छ । सबैभन्दा बढि चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.