- भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २८.८९ क्यूविक फिट काठ र ल्याउँदै गरेको लु १ च ७१६७ नं.को महिन्द्रा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाएको छ । शुक्रबार दिउसो करिब ३ः३० बजे सिनपा १ बेलहियामा भैरहवा तर्फ आउने क्रममा साल जातको जस्तो देखिने काठ लोड गरी ल्याएको अवस्थामा प्रहरीको टोलीले चेकजाँचको क्रममा फेला पारेको थियो ।
उक्त काठ, पिकअप भ्यान र चालक सिनपा १ का अमृत जैसवाललाई आवश्यक कारवाहीको लागि वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता सत्य नारायण थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.