श्रीन्यूज ओके रिपोर्टर
- काठमाण्डौ ।
३ महिना पछि प्रंधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा बिघटनको बिपक्षमा फैसला आज गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज बदर गर्ने फैसला गरेको हो ।
सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा पुनह स्थापित भएको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष पेश गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम असंवैधानिक भएकाले बदर हुनुपर्ने मागसहित १३ वटा रिट दायर भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेको संवैधानिक इजलासमा विघटनको मुद्दा २ महिनादेखि विचाराधिन थियो । सो विरुद्द सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो । माघ ४ गतेबाट विघटनको मुद्दामा निरन्तर सुनुवाई भएको थियो । शुक्रबार दुवै पक्षको बहस र एमीकस क्युरीकातर्फबाट राय राख्ने क्रम सकिएको थियो । सोमबारसम्म रिट निवेदक पक्ष र विपक्षीका वकिलहरलाई बहस नोट बुझाउन इजलासले समय दिएको थियो । मंगलबार दिनभर बसेको ५ सदस्यीय इजलासले प्रतिनिधी सभा बिघटनको बिपक्षमा फैसला गरेको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.