- भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षमा भिष्म न्यौपाने सर्वज्ञ, वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, उद्योग उपाध्यक्षमा दिलिप कान्दु, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयनका निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी महासचिवमा विजय पाण्डे, सचिवमा दिपेन्द्र प्रधान, कोषाध्यक्षमा गोविन्द ज्ञवाली साथै एशोसियट सदस्यमा रोहित कुमार अग्रवाल, विकास कुमार गोयनका, वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे तथा महिला सदस्य वाणिज्य तर्फ यमकला न्यौपाने पनि निर्विरोध निर्वाचित भएकी छिन् ।
वाणिज्य सदस्य खुल्ला तर्फ १० पदका लागि अर्जुन कार्की, गंगासागर अग्रहरी, रामवचन गुप्ता, कमल प्रसाद मरासिनी, प्रमोद रिजाल, विशाल जयसवाल, धर्मविर शर्मा, सञ्जय कुमार वेरीवाल, प्रितम रौनियार, संचित खन्ना, अभिनव मयुर कशौधन, धर्मराज आचार्य, त्रिलोकी प्रसाद तेली, कृष्ण प्रसाद अधिकारी, गोपाल भण्डारी, हरिश सेठिया, दिनेश मान अमात्य, गौरव श्रेष्ठ, जवाहिर अग्रहरी गरी १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक शिव गौडेलले बताए ।
त्यसै गरी उद्योग सदस्य ५ पदका लागि खुल्लामा १ महिला सहित ११ जनाको उम्मेदवारी परेको छ । जसमा रचना क्षेत्री, भुवन कुमार कान्दु, रामचन्द्र उपाध्याय, रमेश घिमिरे, हरि थापा, ओम जैसी, उमाशंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, मंगल भण्डारी, पुरुषोत्तम लम्साल र सन्दिप पौडेलको उम्मेदवारी परेको छ ।
संघको निर्नाचनमा मतदान गर्ने मतदाता व्यवसायी सदस्यहरुमा वाणिज्य सदस्य १३८३ जना, उद्योग सदस्य तर्फ ३७५ जना, एशोसियटस सदस्य १३९ तथा वस्तुगत ७ गरी १ हजार ९ सय ४ जना रहेका छन् । मतदान फागुन २२ गते हुँदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.