- भैरहवा ।
बिमा रकम पाउने लोभमा रुपन्देहीमा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ । प्रहरीले अनुसन्धानले बिमाको लोभमा श्रीमतीको हत्या भएको देखिएको आइतवार रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक प्रबिण पोखरेलले पत्रकार सम्मेलनमा बताए ।
प्रहरीका अनुसार घटना गत पुष १५ गतेकोे हो । ईलाका प्रहरी कार्यालय लुम्बिनीको गश्ती टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर १ पतिजिया सिपवा स्थित झुलनीपर देखी मर्चवार जाने कच्चित सडकमा एक महिलालाई सख्त घाईते, बोल्न नसक्ने अवश्थामा फेला पारेको थियो । गस्ती टोलीले तत्काल उद्दार गरि भैरहवा स्थित भिम अस्पतालमा पु¥याएकोमा त्यहा पुरयाउदा मृत्यु भैसकेको थियो । घटना हुदा मृतकका श्रीमान शैलेस कुमार लोध र नीजको २ बर्षको छोरा समेत संगै रहेका थिए । मृतक सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ बस्ने कुशुम लोध थिईन् ।
कुसुमका पतिले घटनाको प्रारम्भिक बयान प्रहरीलाई दिदै सोहि सथानमा लु२च १५१७ नम्बरको पिकअफ गाडीले ठक्कर दिएको र पटक पटक गाडी ब्याक गरि उनलाई मारेको साथै आफनो कञ्चटमा पेस्तोल राखेर कुसुमको मंगलसुत्र समेत लगेको बताएका थिए । पिकअपमा ४ जना मानिस समेत रहेको बयानमा उन्ले बताएका थिए । सो घटना स्थल नजिकै अर्को लु ७० प ५५९० नम्बर प्लेटको मोटरसाईकल समेत थियो ।
मृतकका पतिले गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पिक अप र त्यसमा सवार साचलक र अन्यलाई अनुसन्धानका दायरामा ल्याउदा घटनास्थलमै नपुगेको पुष्टी भएपछि प्रहरीले अनुसन्धान मृतकका पतिको घरवरपरबाट सुरु गर्दा पतिलेनै हत्या गरेको पुष्टी भएको एसपी प्रवीण पोखरेलले पत्रकार सम्मेलनमा बताए ।
पत्निको मृत्यु भए पछि पतिमा जुन पिडाहरु देखिनु पर्दथ्यो त्यो देखिएन, उन्को व्यवहार शंकास्पद थियो । उनि शंकाको घेरमा पर्दै गए । घर नजिकै पार्किंग गरी राखिएको कुशुमका पतिको भारतीय नम्बर प्लेटको कारमा प्रहरीले झिंगा भन्केको देख्यो । चेकजाँचको क्रममा गाडीमा तल रगतका टाटा र रौ देखे पछि प्रहरीलाई अनुसन्धान अघि बढाउन थप मद्धत पुग्यो । प्रहरीले मृतकको भिसेरा परिक्षण, जैविक बिश्लेषण, प्राबिधिक बिश्लेषण र लुम्बिनी बिकास कोषको सिसिटीभि फुटेजको आधारमा कुसुमका पति शैलेश र देवर राजेश कुमार लोधलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा दुवैले आफ्नो अपराध कबुल गरेको एसपी पोखरेलले बताए ।
कुसुमका पति बिमा एजेन्ट समेत रहेको, शैलेशले श्रीमतीको नाममा नेपाल र भारत गरी २ बिमा कम्पनिमा २० । २० लाख रुपैयाको बिमा गर्दिएका थिए ।श्रीमतीको नाममा बैंकबाट कर्जा पनि लिएको अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । बिमा गर्नेको बिमा अबधी नपुग्दै मृत्यु भए बिमा रकममा थप गरी रकम पाईने, कृया खर्च छुट्टै पाईने र बैंकमा रहेको ऋण पनि श्रीमतिको मृत्यु पछि छुट समेत हुने भएकाले पत्निको हत्या गरे लाखौ रकम प्राप्त हुने लोभले शैलेशलाई श्रीमतीकै हत्या गर्ने तर्फ डोरयायो । शैलेशले आफ्नो भाईको सहयोगले श्रीमतिको हत्या गरेको प्रहरीको भनाई छ । शैलेशले आफ्नै गाडीबाट पटक पटक ओहोरदोहोर गरि श्रीमतिलाई किचेर मारेको छ, त्यसैले कारमा रगतका दाग र रौ देखियो, रुपन्देही प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले भने ।
थप अनुसन्धानको लागी दुबै जनालाई अहिले ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.