श्रीन्यूज ओके रिपोर्टर
बुटवल
मिलनचोक बुटवलमा रहेको दियालो फुडल्याण्डमा मध्यराती आगलागि भएको छ । रातको करिब १.३० बजे आगलागि भएको हो । आगलागिले माथिल्लो तला पूर्णरुपमा क्षति भए पनि तल्लो तलामा क्षेति भएको छैन् । आगलागिबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको दियालो फुडल्याण्डका प्रबन्धक मदन भण्डारीले बताए ।आगलागि नियन्त्रणमा लिन करिब ३ घन्टा लागेको थियो । बुटवल उपमहानगरपालिकाको बारुण यन्त्र प्रयोग गरी ३ घन्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जानकारी दिएको छ । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइ रहेको र क्षतिको बारेमा पूर्ण विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
(भिडिओ दृष्य माधब खनालको फेसबुकबाट लिईएको हो)
Get real time update about this post categories directly on your device, subscribe now.