- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
नेपाल भारतको सबैभन्दा ठुलो स्थलनाका भैरहवा(बेलहिया–सुनौली) नाका २४ घन्टाका लागि पुर्ण रुपमा बन्द भएको छ ।
रुपन्देही संग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि आज मतदान भएकोले नाका हिजो देखिनै बन्द भएको हो ।
नाका आज राती मात्र खुल्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले नाका पुर्ण रुपमा बन्द भएको बताए ।
उन्ले नाकाबाट आवत जावत गर्न नपाईने तर बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुको समन्वयमा व्यवस्था मिलाईने बताए । नाका मंगलवार बिहान मात्रै खुल्ने जनाईएको छ ।
निर्वाचनका कारणले आईतबार देखिनै सुनौली बजार सुनसान थियो। औषधी पसलहरु मात्र खुलेका थिए । अति आवश्यक काम रहेकालाई सोधपुछ गरी वारीपारी गर्न दिईएको थियो ।
भारतमा कोरोना भाईरस संक्रमण बढदै जादा भारतिय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ति भारतिय गाउँ पञ्चायतमा निर्वाचन भए पछि सिमावर्ति क्षेत्रमा सुरक्षा गस्ती समेत बढाईएको जनाईएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.