श्री न्यूज ओके रिपोर्टर
भैरहवा ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउन, निषेधाज्ञा वा अरु कुनै मोडालिटीका विषयमा स्थानिय तह, राजनैतिक दल, व्यवसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसंग छलफल गरिरहेको छ । रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा भोलि १५ गते डिसिसिएमसी रुपन्देही (जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए ।
लकडाउन वा निषेधाज्ञा जे लगाइए पनि कडा किसीमको हुन्छ । बैशाख १६ गते देखि बैशाख २९ गते २ हप्ताका लागि जिल्लामा लकडाउन वा निषेधाज्ञा वा नया किसीमको मोडालिटी लागु हुनेछ, सूचना अधिकारी थापाले भने ।
अहिलेको लकडाउन वा निषेधाज्ञा जे भए पनि कडा रुपमा प्रस्तुत हुने र मुख्य उद्धेश्य भनेकै चेन ब्रेक गर्ने हो, थापाले भने । लकडाउन या निषेधाज्ञामा के के खुल्ने भन्ने मापदण्ड पनि १५ गते नै सार्वजनिक हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.