श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधीसभामा विश्वासको मत पाउन सफल भएका छन् । आइतबार राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत खस्दा बिपक्षमा ८३ मत गयो ।
२४९ जना सहभागी भएको मतदानमा राप्रपाका सांसद तटस्थ बसेका थिए । देउवालाई नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टीका दुबै समुह नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका थिए । उता नेपाल मजदुर किसान पार्टी भने मतदानमा सहभागी नै भएन ।
Get real time update about this post categories directly on your device, subscribe now.