- भैरहवा ।
रुपन्देही प्रहरीले दिनहुँ जसो भन्सार छलेर ल्याइएका लाखौ मूल्यका खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, चिनी, दाल, विद्युतिय सामान, खसी, कुखुरा बरामद गर्दै भन्सार चलान गर्ने गरेता पनि तस्करी रोकिएको छैन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटले दिनहँु तस्करी गरी ल्याइएका सामान नियन्त्रणमा लिने गरेका छन् । तर पनि तस्करी हुन छाडेको छैन् ।
खुल्ला सिमानाकाका कारण सानासाना तस्करीहरु धेरै हुने गरेको छ । त्यसो त मूल नाकाबाट पनि तस्करी नहुने गरेको होइन । भन्सारकै कर्मचारीको मिलोमतोमा पुरानो प्रज्ञापनपत्रबाटै सामान लगेको धेरै उदाहरण छन् ।
पोके तस्करहरुले ल्याएका सामान व्यवसायीहरुले खरिद नगर्ने हो भने तस्करी न्यूनिकरण हुन धेरै मद्धत पुग्छ, यस्ता साना तिना र खुद्रा पसलेहरुलेनै बढी किन्ने गरेका छन् र यस्ता सामान भैरहवा, बुटवल हँुदै पहाडी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँचीसम्म पुग्ने गरेको छ । यस्ता सामानहरु व्यवसायीले खरिद नै नगर्ने हो भने तस्करी कम हुने प्रहरीहरु बताउछन् ।
सिद्धार्थनगरका बिभिन्न नाकाहरु जो भारतसंग जोडिएका छन्, त्यहाँबाट चिनी लगायत खाद्यान्न तथा कपडाका सामानहरु भन्सार छलेर आउने गरेका छन् । मंगलबार मात्रै रुपन्देही प्रहरीले ११ लाख ९ हजार ७ सय ३० रुपैयाँ बराबरको भन्सार छलेर ल्याएका बिभिन्न सामानहरु बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.