• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भैरहवा र वरपरका दुर्गा मन्दिरहरु

Shree News Ok by Shree News Ok
२८ आश्विन २०७८, बिहीबार १४:४१
1 min read
241 2
234
SHARES
459
VIEWS

मनोरञ्जन शर्मा
भैरहवा ।

रूपन्देही सदरमुकाम सिद्धार्थनगर(भैरहवा)मा विभिन्न देबीदेबताका मन्दिरहरू छन् । विभिन्न धर्मप्रति आस्था राख्नेहरूको मन्दिर रहेको यस नगरमा देबी भवानीका विभिन्न मन्दिरहरू पनि छन्  । दसैंको समयमा घटस्थापना देखि नवमी सम्म दिनहुँ श्रद्धालुहरू शक्तिपीठमा (देबी मन्दिर) जाने गरेको पाइएको छ । बिहानै देखी बालबालिका, युवा,युवती मात्र होईन बृद्धबृद्धा समेत देवी मन्दिरहरुमा पूजाअर्चनाका लागी पुग्ने गरेका छन् । हुन त अन्य समयमा पनि यहाँका देबी मन्दिरश्रद्धाहरुमा श्रद्धालुहरू पुग्ने गरेका छन्  ।देवी मन्दिरहरुमा महाअष्टमी र महानवमीका दिन बिहानै देखी दर्शन र पूजाका लागी श्रद्धालुहरुको घुईचो थियो ।
भैरहवा र वरपरमा रहेका देवी मन्दिरहरु मध्ये केहीमा बलि चढने गरेको छ भने केहीमा बलि निषेध गरीएको छ । बलि चढेपनि नचढे पनि यहाँका देबी मन्दिर सहित अन्य मन्दिरहरुमा पनि अगाढ आस्था, स्नेह रहेको छ ।यहाँ भैरहवा क्षेत्रमा रहेका बिभिन्न दुर्गा मन्दिरहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ ।

दुर्गा मन्दिर (अन्नपूर्ण टोल)


यो मन्दिर सिद्धार्थनगरकोे वडानम्बर–८ अन्नपुर्ण टोलमा दुर्गा मन्दिर अवस्थित छ । अहिलेको बर्तमान मन्दिर केही वर्ष अघि निर्माण सम्पन्न भएको हो  । दसैंको समयमा मात्र नभई अन्य समयमा पनि यहाँ श्रद्धालुहरू पुजाअर्चनाका लागि पुग्ने गर्छन्  । मन्दिरको वर्तमान स्वरूप कलात्मक छ  । मन्दिरमा बलि चढ्दैन्  । तर मन्दिर पछाडी रहेको कालिका मन्दिरमा भने बलि चढछ । त्यहा मन्दिरको तर्फबाट नभई श्रद्धालुहरुको तर्फवाट भाकल गरे अनुसारका बलि दिईने गरेको छ । दुर्गा मन्दिरमा भने नरिवल चढाईने गरिन्छ । कब्रस्थान (चिहानघाट) बनाउने क्रममा पाल्पाबाट आएका एक सन्यासीले पुरानो धर्मशाला रहेको स्थानमा बसी स्थानीय बासिन्दाहरूसँगको सहमतीमा विक्रम् सम्बत २०२१ सालमा शक्तीपीठ स्थापना भएकोे बताइन्छ  । २०२५मा पूर्वाभिमुख भएको शिखर शैलीको मन्दिर बनाई देवीको प्रतिमा प्रतिस्थापन गरिएको थियो  । त्यो पुरानो मन्दिर अहिले पनि छ  । तर त्यस्लाई नभत्काई त्यसै राखी त्यस भित्र निर्माणका बिभिन्न सामग्री राखेको पाईएको छ । ५ वर्ष अघि वर्तमान नयाँ मन्दिर निर्माण सम्पन्न भई देबीको मूर्ति प्रतिस्थापन भएको हो  । यही मन्दिरमा अहिले दैनिक नित्य पुजा हुने गरिएको छ भने अन्य समयमा पनि पुजा हुने गरेको छ  । मन्दिर परिसरमा शिब, गणेश, लगायतका विभिन्न देबीदेबताका मन्दिर समेत छन्  । भैरहवाबासीका लागि यो पुजनियस्थलका रुपमा चिनिन्छ  ।यहाँ बाहिरबाट आउने तिर्थालुहरुका लागी धर्मशालाको पनि व्यवस्था छ ।

 

कालिका मन्दिर


आवारोडबाट बैंकरोड तर्फ निस्कनेबाटोमा यो मन्दिर रहेको छ । कालिकास्थानमा कालिका मन्दिर रहेकाले मन्दिरकै नामबाट यहाँको नाम पनि कालिकास्थान राखिएको हो  । यो मन्दिरमा बलि चढ्छ  । यो मन्दिरलाई भैरहवाको पुरानो शक्तिपीठका रूपमा लिने गरिन्छ  । मन्दिरको गर्भगृहमा कालिकाको प्रतिमा स्थापित गरिएको छ  । पुरानो जीर्ण मन्दिरलाई बिक्रम सम्बत् २०५१ सालमा जिर्णोद्वार गरी वर्तमान स्वरूपमा ल्याइएको हो  । कालिका मन्दिरको वर्तमान स्वरूप प्यागोडा शैलीको छ  । मन्दिरको अगाडी पिपलको ठुलो बृक्ष रहेको छ । त्यही पिपलमा भित्र दुर्गामाताको पूजा गरेपश्चात बाहिर आएर पिपलको रुखमा धागो बान्ने, फेदमा धुपवत्ति बाल्ने, त्रिशुल गाडने प्रचलन छ । मन्दिरको दक्षिण, पश्चिम र उत्तर तर्फ द्धिप प्रज्वलन गर्ने ठाउँ बनाईएको छ । मन्दिरमा श्रद्धालुहरूको घुइँचो दशैंको नौरथाका समयमा लाग्ने गर्छ भने अन्य समयमा पनि श्रद्धालुहरू पूजाका लागि पुग्ने गर्छन्  । मन्दिर परिसरमा बाहिर गणेश लगायत अन्य देवीदेवताका मूर्ति समेत छन्  । गणेशको ठुलो मुर्ति त्यहा रहेको छ । भैरहवा क्षेत्रमा गणेशको सबैभन्दा ठुलो मुर्ति त्यही हो । मंगलवार पनि श्रद्धालुहरु पुग्ने गर्छन् ।

 

कारणीमाई मन्दिर

कारणीमाई मन्दिर सिद्धार्थनगर नगरपालिका वडानम्बर–५ हाटबजार क्षेत्रमा छ  । जिल्ला प्रशासन कार्यालयको दक्षिण पट्टी सिँचाई कार्यालय जाने स्थानमा यो मन्दिर छ  । करणीमाई मन्दिर भैरहवाको पुरानो मन्दिर हो । बेथरी बजार बाट भैरहवा सदरमुकाम स्थानान्तरण हुदाको समय अघिनै यो मन्दिरको अस्तित्व रहेको बताईन्छ ।मन्दिरमा ठुलो पिपलको बृक्ष रहेको छ । जस्को पुर्ब तर्फ फेदमा भित्र कारणीमाईको पिन्ड राखीएको छ । त्यही पिन्डको त्यहा पूजा हुन्छ। जसलाई निकै पबित्र मानिन्छ । भारतको बैष्णोदेवीमा पनि दुर्गामाताको पिन्डी रहेको छ । यो मन्दिरलाई पनि आस्थाको केन्द्रका रूपमा लिने गरिन्छ  । मन्दिर परिसरमा विभिन्न देबीदेबताका मूर्तिहरू छन्  । भारत राजस्थानबाट बाबा,पन्डित योगीहरु भैरहवा क्षेत्र हुदै पशुपति नाथ, मुक्तिनाथ जाने क्रममा यसै स्थानमा बासबस्ने गरेको र त्यतिबेला यहाँ घना जंगल रहेको र योगीहरुलाई बास बस्न पनि डर लाग्ने गरेको हुदा पछि राजस्थानबाटै कारणीमाईको पिन्डी ल्याई त्यहा स्थापना गरीएको जस्ता तथ्यहरु रहेको ईतिहासका जानकार एवं साहित्यकार विजय सागर बताउछन् । मन्दिर नजिकै घर रहेका श्रेष्ठले यो मन्दिर पनि शक्तीपिठका रुपमा रहेको बताउछन् । यो भैरहवा क्षेत्रकै सबैभन्दा पुरानो मन्दिर हो, बिभिन्न तथ्य अनुसार ४।५ सय वर्ष पुरानो हुनु पर्छ, श्रेष्ठ भन्छन् ।
कारणीमाई मन्दिर व्यवस्थापन समितीका सचिब बसन्त श्रेष्ठले प्राचिन मन्दिर भए पनि ओझेलमा परेको बताउछन् । ओझेलमा त परयो परयो मन्दिरको भएको जग्गा पनि अतिक्रमणमा परेको छ । मन्दिरको जग्गा ४ कट्ठा बढी भए पनि नजिकैका सरकारी निकायहरुलेनै जग्गा अतिक्रमण गरी तारबार गरेका छन् । मन्दिरको करीब २ कट्ठा बढी जमिन अतिक्रमण भएको छ । मन्दिरबाट दक्षिण तर्फ सिचाई कार्यालय जाने बाटो बनाईएको छ । दक्षिण तर्फनै नजिकै संघिए आयोजना कार्यान्वयन इकाई रुपन्देहीको कार्यालय छ । मन्दिर हुदै सिचाई कार्यालय र संघिय आयोजना कार्यान्वयन कार्यालय जाने बाटो बन्द गर्न स्थानियले माग गरेका छन् । दुबै कार्यालय प्रबेश गर्ने मुल बाटो हाटबजारमै रहेकोले पनि मन्दिर हुदै कार्यालय जानेबाटो बन्द गर्नु पर्छ, साहित्यकार श्रेष्ठले भने । पुर्व तर्फ छेवैमा नगरपालिकाको कार्यालय भवन निर्माणका क्रममा छ । उत्तर तर्फ जिल्ला प्रशासन कार्यालय भवन र जिल्ला समन्वय समिति रहेको छ ।

बरदायनी मा दुर्गा मन्दिर

बरदायनी माँ दुर्गा मन्दिरको स्थापना सुब्बा हितमान शेरचनले आफ्ना स्वर्गीय मातापिता सुब्बा हर्षमान शेरचन र उमादेवी शेरचनको नाममा २०२४ सालमा स्थापना गराएका हुन्  । मन्दिरमा बलि नचढाउने गरि हिंसारहित बलि (नरिवल, कुभिन्डो) दिन आग्रह गर्र्दै यो मन्दिर स्थापना भएको हो  । नगरपालिका वडानम्बर–६, मा अवस्थित यो मन्दिर पक्लिहवा रोडबाट पश्चिमतर्फ पुरानो राइसमिल क्षेत्रमा रहेको छ  । अहिले मन्दिर जाने मार्गको नाम सुब्बा हितमान शेरचन मार्ग राखीएको छ  । मन्दिर निकै कलात्मक बनाईएको छ  । श्रद्धालुहरू यहाँ नियमित पुजापाठका लागि जाने गर्छन्  । मन्दिर क्षेत्रमा अहिले सामुदायिक सेवा केन्द्रको कार्यालय पनि छ  । पुरानो मन्दिरलाई केही समय अघि वर्तमान स्वरूपमा ल्याइएको हो  । मन्दिर परीसरमा पूर्व पट्टी गणेश मन्दिर र नागस्थान (नाग मन्दिर) पनि रहेको छ  । पिपलको बुटमै नागस्थान छ  ।

दुर्गा मन्दिर (मेउडिहवा)

पक्लिहवा (मेउडिहवा) वडानम्बर–२, सिद्धार्थनगरमा दुर्गा मन्दिर तथा मौलोपूजा समिति छ  । मन्दिरमा स्थानीयहरू पूजाआजाका लागि जाने गर्छन्  । यहाँ बली पनि चढ्ने गरेको छ भने मौलोपुजा पनि हुने गरेको छ  । यो मन्दिर २०२७ सालमा स्थापना भएको हो  । त्यसैगरी झन्डी बजार क्षेत्रमा पनि दुर्गा मन्दिर रहेको छ  । पक्लिहवाबाट कृषि क्याम्पस हँुदै मेडिकल कलेज जानेबाटोमा यो मन्दिर रहेको छ  ।

गल्लामण्डी दुर्गा मन्दिर

गल्लामण्डीको सुगरमिल क्षेत्रमा रहेको दुर्गा मन्दिर पनि आस्थाको केन्द्रका रूपमा छ  । यो मन्दिरमा पनि बलि चढ्दैन  । मन्दिरमा नियमित पूजा हुने गर्छ  । मन्दिर निकै कलात्मक छ  । त्यसैगरी भैरहवाकै बैंक कलोनी, पड्सरी लगायतका स्थानमा पनि दुर्गा मन्दिर छन्  । सबै मन्दिरहरूमा दशैंको समयमा श्रद्धालुहरूको भिड हुने गर्छ  । मन्दिरको अहिले जिणोद्वार गरी रंगरोगन गरी चिटिक्क बनाइएको छ  ।
बैंक कलोनी र डाँडा गाउँको दुर्गा मन्दिर
सिद्धार्थ नगर नगर पालिका वडा नम्बर ८ बैंक कलोनीमा रहेको दुर्गा मन्दिर पनि धेरै पुरानो मन्दिर हो  । दशैंका बेला मात्र नभई अन्य समयमा पनि यहा श्रद्धालुहरुको  भिड  लाग्छ  । त्यसै गरी सिद्धार्थनगर वडा नम्बर १२ डाडागाउँमा पनि दुर्गा मन्दिर रहेको छ  । त्यहाँ पनि टोलबासीहरु पुजाका लागी पुग्ने गर्छन्  ।

अन्य देवी मन्दिर तथा आस्था केन्द्रहरु

भैरहवा र वरपर पनि अन्य देवी मन्दिर र आस्था केन्द्रहरु रहेका छन्  । भैरहवा आँखा अस्पताल नजिकै दरखसवामा पनि दुर्गा मन्दिर रहेको छ  । उता नजिकै पडसरीको दुर्गा मन्दिर, सिनपा वडा नम्बर ५ मा दुर्गा मन्दिर, गल्लामण्डीमा दुर्गा मन्दिर,नारायण स्थानमा नारायण मन्दिर, मैत्रीपथमा पशुपतिनाथको मन्दिर, बसडिलवामा शिब मन्दिर, लुम्बिनी रोडमा बिश्वकर्मा मन्दिर लगायत, मैत्रीपथमा राधाकृष्ण मन्दिर लगायत विभिन्न मन्दिरहरु भैरहवा क्षेत्रमा रहेका छन्  ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?