श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
विजया दशमीको टिकाको साईत बिहान १० बजेर २ मिनेटमा रहेको छ । यो शुभ साईत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । साईत खोजेर टिका लगाउनेहरुका लागी माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान १० बजेर २ मिनेट रहेको छ । टिका लगाउने क्रम भने दिनभर तथा कोजाग्रत पूर्णिमा सम्म लगाउन सकिन्छ ।
टिका लगाउदा टिका लगाउने मानिस पूर्व फर्कने र लगाईदिने मानिस पश्चिम फर्कनु शुभ हुने बताईएको छ ।
घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई विहान ८ बजेर १९ मिनेटमा विसर्जन गर्ने साईत रहेको छ । विजया दशमीको मुख्य दिन सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
Get real time update about this post categories directly on your device, subscribe now.